News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    मुख्य समाचार राष्ट्रिय समाचार

    भाइको कुटपिटबाट दाइको मृत्यु,घरायसी विवाद

    काठमाडौं । संखुवासभामा घरायसी विवादमा भाइले कुटपिट गर्दा दाइको मृत्यु भएको छ । सभापोखरी गाउँपालिका-३ इथुम्बुमा ४० वर्यका सनमान राईलाई उनकै भाइ ३५ वर्षका प्रवीण राईले कुटपिट गरेर धकेल्दा ढुंगामा ठोक्किएर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक अशोककुमार जबेगुले जानकारी दिए ।

    मृतक सनमान राई कान नसुन्ने र बोलीसमेत नआउने अपांगता भएका व्यक्ति हुन् । प्रहरीका अनुसार दाजुभाइबीच आँगनमा राखेको दाउराको विषयमा विवाद भएको थियो ।

    घटनापछि प्रहरी चौकी बाह्रबिसेबाट खटिएको टोलीले कुटपिटमा संलग्न प्रवीण राईलाई पक्राउ गरेको र घटनाको अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक राईले जानकारी दिए ।

    प्रतिक्रिया

    ट्रेन्डिङ