
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
५विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
६कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
७पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
८दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
९फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
१०दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
११कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१२नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
पोखरा । पोखराको पुरानो टुँडिखेलमा रहेको राष्ट्रिय माध्यामिक विद्यालयले स्थापनको ७५ वर्ष प्रवेशको अवसर पारी आयोजित हीरक महोत्सव तथा वृहत पुनर्मिलन कार्यक्रममा विद्यालयका १५ जना पूर्व विद्यार्थीहरुलाई सम्मान गरिएको छ ।
विद्यालयले पूर्व विद्यार्थी कृषि विज्ञ डा. अनिल सुवेदी, महिला शसक्तिकरण अभियन्ता तथा समाजसेवी कर्मा गुरुङ, नेपाल सरकारका पूर्व मुख्य सचिव एवं प्रमुख निर्वाचन आयुक्त केशवलाल राजभण्डारी, उद्योगपति तथा विद्यालय ब्यवस्थापन समितिका पूर्व अध्यक्ष गणेश बहादुर श्रेष्ठ, वरिष्ठ चिकित्सक डा. जगदिशलाल बैद्य, वरिष्ठ पत्रकार तिलकमान गुभाजू, नेपाल ओलम्पिक कमिटीक उपाध्यक्ष तेज बहादुर गुरुङ, २०३१ सालको एसएलसी परीक्षामा बोर्ड फस्ट दानकुमार प्रधान, ललितकलाकर्मी एवम वरिष्ठ व्यङ्ग्य चित्रकार दुर्गा बराल, नेपाल सरकारका पूर्व उद्योग वाणिज्य सहायक मन्त्री प्रकाश बहादुर गुरुङ, पोखरा विश्वविद्यालयका संस्थापक रजिष्ट्रार प्रकाशमान गुभाजू, गायीका बाबा राणा, न्यायिक प्रतिष्ठानका पूर्व कार्यकारी निर्देशक राघवलाल बैद्य, विद्यालयका पूर्व विद्यार्थी, शिक्षक एवम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामराज रेग्मी र नेपाल संगीत तथा नाट्य प्रतिष्ठानका पूर्व कुलपति सरुभक्त श्रेष्ठलाई सम्मान गरेको हो ।
सम्मानित ब्याक्तिहरुलाई पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य, विद्यालयका प्रध्यानाध्यापक इश्वरी प्रसाद सापकोटा, पुनर्मिलन समारोहका संयोजक वसन्तराज अधिकारी, विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष तथा हीरक महोत्सव मूल आयोजक समितिका अध्यक्ष रामविक्रम राणा लगायतले माला, अभिवर र सम्मानपत्रले सम्मान गरेका थिए ।
सो अवसरमा वोल्दै पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले तत्कालिन राणा सासनको अन्त्य हुने वेलामा स्थापना भएको राष्ट्रिय माविले नेपालमा ख्याति प्राप्त ब्याक्तित्वहरु उत्पादन गर्ने केन्द्रको रुपमा स्थापित भएको र त्यसको गरिमालाई कायम राख्न महानगरको तर्फबाट सहयोग गर्ने वताए । तत्कालिन समयमा निर्माण भएका भवनहरु जीर्ण हुदै गएको आफुले थाहा पाएको वताउदै त्यसको संरक्षणका लागी आफ्नो तर्फबाट सहयोग गर्ने वताउदै मेयर आचार्यले राष्ट्रिय माविलाई पुरानै उचाइमा पु¥याउने गरी काम गर्न विद्यालयका शिक्षक, अभिभावक, पूर्व विद्यार्थी र विद्यार्थीहरुलाई समेत आग्रह गरे ।
सो अवसरमाविद्यालयका पूर्व विद्यार्थी तथा पोखरा महानगरपालिका वडा नम्बर १ का अध्यक्ष साहरा प्रधान, वडा नम्बर २ का अध्यक्ष दिवशमान पूधानाङ, सम्मानित ब्याक्तिहरु प्रकाश बहादुर गुरुङ र रामराज रेग्मी, विद्यालयका प्रध्यानाध्यापक इश्वरी प्रसाद सापकोटा लगायतले वोलेका थिए ।
वि स. २००६ साल मंसिर २० गते स्थापना भएको विद्यालयले २०८० मंसिर २० गते ७४ वर्ष पुरा गरि ७५ औं वर्ष प्रवेशको अवसर पारी हीरक महोत्सवका विविध कार्यक्रम गर्दै आइहरकोमा ११ औं कार्यक्रम अन्तर्गत वृहत पुनर्मिलन कार्यक्रमको आयोजना गरेको हो । महोत्सव अवधिभर २०८१ मंसिर २० सम्म २२ वटा कार्यक्रम गरी हीरक महोत्सव आयोजना गर्ने कार्यक्रम रहेको विद्यालय परिवारले जनाएको छ ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
५विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी

प्रतिक्रिया