
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
५विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
६कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
७पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
८दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
९फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
१०दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
११कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१२नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
पोखरा ।यूनाइटेड क्लबले आफ्नो १४ औं वार्षिकोत्सवको अवसर पारि क्लबका परिकल्पनाकार हरुलाई सम्मान गरेको छ । २०६७ साल बैशाख ७ गते स्थापना भएको यूनाइटेड क्लबका परिकल्पनाकारहरु आनन्द थापा, दिनेश सुनार, लोक बहादुर थापा, सुक बहादुर गुरुङ, गणेश तिमिल्सिना, लोक बहादुर थापा, सुक बहादुर गुरुङ, उमेश थापा मगर, प्रतिक थापा मगर, सन्तोष कार्की, सागर हमाल, अनिल गुरुङ, रावत तामाङ गोम्जा, सन्दिप विश्वकर्मा, आयूष गुरुङ, साइमन परियार, बिनोद बसेल, कृष्ण थापा मगरलाई सम्मान गरेको हो ।
सम्मानित हरुलाई प्रमुख अतिथि गण्डकी प्रदेश सभा सदस्य बेद बहादुर गुरुङ, संस्थापक अध्यक्ष हिमालय बख्रेल, निवर्तमान अध्यक्ष लालकाजी गुरुङ, अध्यक्ष राजु श्रेष्ठ लगायतले सम्मानपत्र, दोसल्ला, माला लगाइ सम्मान गरेको हो ।
सो अवसरमा वोल्दै गण्डकी प्रदेशका पूर्व मन्त्री समेत रहेका बेद बहादुर गुरुङले आफ्नो निर्वाचन क्षेत्रमा रहेको एकमात्र अब्बल क्लब यूनाइटेड क्लव रहेको वताउदै आफु सरकारमा रहे या नरहेपनि आफ्नो तर्फबाट क्लबको हरेक अभियानलाई सहयोग गर्ने वताए ।
अमरसिंह माविका प्रध्यानाध्यापक शेर बहादुर थापाले यूनाइटेड क्लबले अमरसिंह खेलमैदानमा महोत्सवको आयोजना गरी सामाजिक काम गर्दै आइरहेको वताउदै हिउदको छुट्टीमा पोखरा महोत्सव गर्दै आइरहेकोमा आगामी दिनमा दशै तिहारको विचको समयमा हुने विदाको वेलामा पनि सानो भएतापनि महोत्सव गर्न सुझाव दिए ।
यूनाइटेड क्लवका निवर्तमान अध्यक्ष लालकाजी गुरुङले यूनाइटेड क्लबले आगामी दिनमा सामाजिक कामको दायरालाई फराकिलो बनाउदै लैजानुपर्ने र त्यसका लागि सम्पूर्ण सदस्यहरु लाग्नुपर्नेमा जोड दिए ।
क्लबका पूर्व अध्यक्ष सुक बहादुर गुरुङले स्थापनाकालदेखी हाल सम्म आइपुग्दा क्लवले विभिन्न आरोह अवरोहहरु झेल्दै आएको र सम्पूर्ण एकजुट भएको खण्डमा जस्तोसुकै परिस्थितीको सामना गर्न सकिने वताए ।
त्यस्तै क्लवका सल्लाहकार द्धय मुक्षेत्र गुरुङ र लिलाधर अधिकारीले यूनाइटेड क्लबमा आवद्ध युवाहरुको ऐक्यवद्धता, विश्वास र भरोसाकै कारण क्लबले आजको दिन सम्म आइपुग्दा पोखरामा मात्र नभइ नेपालमानै अब्बल सावित हुने काम गर्न सफल भएको वताउदै नाम अनुसारनै सम्पूर्ण सदस्यहरु एकजुट भएर आगामी आयोजनाहरु सफल बनाउन तर्फ लाग्न सुझाव दिए ।
त्यस्तै क्लबका संस्थापक अध्यक्ष हिमालय बख्रेलले यूनाइटेड क्लबले आगामी दिनमा ड्रीम प्राजेक्टको रुपमा लेखनाथको अर्चलेमा जेहेन्दार विद्यार्थीहरुको छात्राबास निर्माण र सेती नदीमा साहसिक पर्यटकीय गन्तब्य निर्माणका लागी महत्व दिने वताए । क्लबले स्थापना कालदेखीनै पोखरामा खुल्ला चिडियाखाना निर्माण हुनुपर्छ भन्ने अवाज उठाउदै रकम सञ्चालन गरी सरकारलाई प्रदान गर्दै आइरहदा हाल गण्डकी प्रदेश सरकारको ड्रीम प्रोजेक्टको रुपमा चिडियाखाना निर्माणको काम भइरहेको समेत उनको भनाइ रहेको थियो ।
बाह्रौं पोखरा महोत्सवबाट ३८ लाख ९५ हजार बचत
यसैविच गत पुषको २६ देखी माघको ८ गते सम्म आयोजना गरेको बाह्रौं संस्करणको पोखरा महोत्सवबाट ३८ लाख ९५ हजार बचत भएको क्लबका कोषाध्यक्ष सूर्य बहादुर बानियाले उक्त अवसरमा जानकारी दिए । महोत्सवमा कुल आम्दानी १ करोड ७४ लाख ३० हजार र खर्च १ करोड ३५ लाख ३५ हजार गरी कुल ३८ लाख ९५ हजार बचत भएको बानियाँले जानकारी दिए । महोत्सवबाट बचत रकमले शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवद्र्धन र सेती नदी एक साहसिक पर्यटकीय गन्तब्य निर्माणमा खर्च गरिने उनको भनाइ रहेको थियो ।
यूनाइटेड क्लबका अध्यक्ष राजु श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्लबका वरिष्ठ उपाध्यक्ष लोक बहादुर थापाले स्वागत मन्तब्य राखेका थिएभने क्लबका महासचिव दिनेस सुनारले कार्यक्रमको सञ्चालन गरेका थिए । कार्यक्रममा यूनाइटेड क्लबको जिंगलका रचनाकार प्रकट पंगेनी शिवको असामहिक निधन प्रति शोक ब्यक्त गर्दै मोहनधारण समेत गरिएको थियो ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
५विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी

प्रतिक्रिया