
१डिल्लीराम स्मृति प्रतिष्ठानले मोदिबेणी दिब्यधाममा ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण
२जनता माबिमा विद्यार्थीलाई न्यानो कपडा वितरण र जेष्ठ नागरिकलाई सम्मान
३“विहादी गाउँपालिकाको १८ औँ गाउँसभा सम्पन्न, झण्डै दुई करोड बजेट रकमान्तर”
४आठौं पर्वत महोत्सव दोस्रो दिन: चर्चित गायक अर्जुन सापकोटाको प्रस्तुति रहने
५आठौ पर्वत महोत्सव आज देखी शुरु
६पर्वतमा अहिलेसम्मकै सवैभन्दा बढि पुरस्कार राशीको खुल्ला दोहोरी गीत प्रतियोगिता हुदै
७हिमालय क्षेत्रीय छायाँकला परिक्रमाले युवा सिर्जनात्मक ऊर्जा जागृत गर्यो
८गोल्डेन ट्र्यांगल बाइक टूर टोली पोखरामा, टेवानले ग¥यो स्वागत
९“पर्वत महोत्सवको मुख्य प्रायोजक कुश्मा–बलेवा यान्त्रिक पुल – महोत्सवको तयारी अन्तिम चरणमा”
१०जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड पर्वतमा पुस ८ गतेदेखि शुरु
११एकता आवासीय माविद्वारा ‘वृहत शैक्षिक प्रदर्शनी’ सम्पन्न
१२पर्वत कारागार प्रमुखसहित ५ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता
१इनरह्वील क्लब अफ बालाजु काठमाडौंका अध्यक्ष श्रेष्ठले निजी लगानीमा पर्वतमा यात्रु प्रतिक्षालय निमाण
२चितवन राष्ट्रिय निकुञ्जको सीमामा राप्ती खोलामा डुङ्गाबाट चरा अवलोकन कार्यक्रम सम्पन्न
३पर्वत साहित्य सङ्गमद्वारा स्रष्टा सम्मान : मेयर तिवारीद्वरा ५१ हजार राशीको अक्षयकोष घोषणा
४पर्वत साहित्य संगमद्वारा ९ वटा साहित्यिक पुरस्कार घोषणा–२७ गते स्रष्टालाई समर्पण गरिने
५‘पर्वत कुस्मा नारी समूह’द्वारा क्यान्सर पीडित बालकको उपचारका लागि सहयोग
६सुन्तला पारखीका लागि पर्वत महोत्सवमा सुन्तला खाने प्रतियोगिता हुँदै
७वेस्टर्न मेगा कलेजद्वारा MBA अभिमुखीकरण कार्यक्रम सम्पन्न
८कृष्णनगरमा राष्ट्रीय प्रजातंत्र पार्टीको नगर अध्यक्षमा जय प्रकाश गुप्ता
९एकता आवासीय माविद्वारा ‘वृहत शैक्षिक प्रदर्शनी’ सम्पन्न
१०मोदी गाउँपालिकाका ३ औपचारिक कार्यक्रम एउटै मञ्चमा,खर्च मितब्ययीताको प्रयास
११मोदी गाउँपालिकाले खेलकुदसंगै संस्कृति जोगाउँदै
१२बर्ड एजुकेसन सोसाइटीको साप्ताहिक चरा अवलोकन, विदेशी पर्यटक समेतकाे सहभागिता
पोखरा ।यूनाइटेड क्लबले आफ्नो १४ औं वार्षिकोत्सवको अवसर पारि क्लबका परिकल्पनाकार हरुलाई सम्मान गरेको छ । २०६७ साल बैशाख ७ गते स्थापना भएको यूनाइटेड क्लबका परिकल्पनाकारहरु आनन्द थापा, दिनेश सुनार, लोक बहादुर थापा, सुक बहादुर गुरुङ, गणेश तिमिल्सिना, लोक बहादुर थापा, सुक बहादुर गुरुङ, उमेश थापा मगर, प्रतिक थापा मगर, सन्तोष कार्की, सागर हमाल, अनिल गुरुङ, रावत तामाङ गोम्जा, सन्दिप विश्वकर्मा, आयूष गुरुङ, साइमन परियार, बिनोद बसेल, कृष्ण थापा मगरलाई सम्मान गरेको हो ।
सम्मानित हरुलाई प्रमुख अतिथि गण्डकी प्रदेश सभा सदस्य बेद बहादुर गुरुङ, संस्थापक अध्यक्ष हिमालय बख्रेल, निवर्तमान अध्यक्ष लालकाजी गुरुङ, अध्यक्ष राजु श्रेष्ठ लगायतले सम्मानपत्र, दोसल्ला, माला लगाइ सम्मान गरेको हो ।
सो अवसरमा वोल्दै गण्डकी प्रदेशका पूर्व मन्त्री समेत रहेका बेद बहादुर गुरुङले आफ्नो निर्वाचन क्षेत्रमा रहेको एकमात्र अब्बल क्लब यूनाइटेड क्लव रहेको वताउदै आफु सरकारमा रहे या नरहेपनि आफ्नो तर्फबाट क्लबको हरेक अभियानलाई सहयोग गर्ने वताए ।
अमरसिंह माविका प्रध्यानाध्यापक शेर बहादुर थापाले यूनाइटेड क्लबले अमरसिंह खेलमैदानमा महोत्सवको आयोजना गरी सामाजिक काम गर्दै आइरहेको वताउदै हिउदको छुट्टीमा पोखरा महोत्सव गर्दै आइरहेकोमा आगामी दिनमा दशै तिहारको विचको समयमा हुने विदाको वेलामा पनि सानो भएतापनि महोत्सव गर्न सुझाव दिए ।
यूनाइटेड क्लवका निवर्तमान अध्यक्ष लालकाजी गुरुङले यूनाइटेड क्लबले आगामी दिनमा सामाजिक कामको दायरालाई फराकिलो बनाउदै लैजानुपर्ने र त्यसका लागि सम्पूर्ण सदस्यहरु लाग्नुपर्नेमा जोड दिए ।
क्लबका पूर्व अध्यक्ष सुक बहादुर गुरुङले स्थापनाकालदेखी हाल सम्म आइपुग्दा क्लवले विभिन्न आरोह अवरोहहरु झेल्दै आएको र सम्पूर्ण एकजुट भएको खण्डमा जस्तोसुकै परिस्थितीको सामना गर्न सकिने वताए ।
त्यस्तै क्लवका सल्लाहकार द्धय मुक्षेत्र गुरुङ र लिलाधर अधिकारीले यूनाइटेड क्लबमा आवद्ध युवाहरुको ऐक्यवद्धता, विश्वास र भरोसाकै कारण क्लबले आजको दिन सम्म आइपुग्दा पोखरामा मात्र नभइ नेपालमानै अब्बल सावित हुने काम गर्न सफल भएको वताउदै नाम अनुसारनै सम्पूर्ण सदस्यहरु एकजुट भएर आगामी आयोजनाहरु सफल बनाउन तर्फ लाग्न सुझाव दिए ।
त्यस्तै क्लबका संस्थापक अध्यक्ष हिमालय बख्रेलले यूनाइटेड क्लबले आगामी दिनमा ड्रीम प्राजेक्टको रुपमा लेखनाथको अर्चलेमा जेहेन्दार विद्यार्थीहरुको छात्राबास निर्माण र सेती नदीमा साहसिक पर्यटकीय गन्तब्य निर्माणका लागी महत्व दिने वताए । क्लबले स्थापना कालदेखीनै पोखरामा खुल्ला चिडियाखाना निर्माण हुनुपर्छ भन्ने अवाज उठाउदै रकम सञ्चालन गरी सरकारलाई प्रदान गर्दै आइरहदा हाल गण्डकी प्रदेश सरकारको ड्रीम प्रोजेक्टको रुपमा चिडियाखाना निर्माणको काम भइरहेको समेत उनको भनाइ रहेको थियो ।
बाह्रौं पोखरा महोत्सवबाट ३८ लाख ९५ हजार बचत
यसैविच गत पुषको २६ देखी माघको ८ गते सम्म आयोजना गरेको बाह्रौं संस्करणको पोखरा महोत्सवबाट ३८ लाख ९५ हजार बचत भएको क्लबका कोषाध्यक्ष सूर्य बहादुर बानियाले उक्त अवसरमा जानकारी दिए । महोत्सवमा कुल आम्दानी १ करोड ७४ लाख ३० हजार र खर्च १ करोड ३५ लाख ३५ हजार गरी कुल ३८ लाख ९५ हजार बचत भएको बानियाँले जानकारी दिए । महोत्सवबाट बचत रकमले शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवद्र्धन र सेती नदी एक साहसिक पर्यटकीय गन्तब्य निर्माणमा खर्च गरिने उनको भनाइ रहेको थियो ।
यूनाइटेड क्लबका अध्यक्ष राजु श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्लबका वरिष्ठ उपाध्यक्ष लोक बहादुर थापाले स्वागत मन्तब्य राखेका थिएभने क्लबका महासचिव दिनेस सुनारले कार्यक्रमको सञ्चालन गरेका थिए । कार्यक्रममा यूनाइटेड क्लबको जिंगलका रचनाकार प्रकट पंगेनी शिवको असामहिक निधन प्रति शोक ब्यक्त गर्दै मोहनधारण समेत गरिएको थियो ।
१इनरह्वील क्लब अफ बालाजु काठमाडौंका अध्यक्ष श्रेष्ठले निजी लगानीमा पर्वतमा यात्रु प्रतिक्षालय निमाण
२चितवन राष्ट्रिय निकुञ्जको सीमामा राप्ती खोलामा डुङ्गाबाट चरा अवलोकन कार्यक्रम सम्पन्न
३पर्वत साहित्य सङ्गमद्वारा स्रष्टा सम्मान : मेयर तिवारीद्वरा ५१ हजार राशीको अक्षयकोष घोषणा
४पर्वत साहित्य संगमद्वारा ९ वटा साहित्यिक पुरस्कार घोषणा–२७ गते स्रष्टालाई समर्पण गरिने
५‘पर्वत कुस्मा नारी समूह’द्वारा क्यान्सर पीडित बालकको उपचारका लागि सहयोग
प्रतिक्रिया