News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    मुख्य समाचार राष्ट्रिय समाचार

    प्रधानमन्त्रीसँग विपिन जोशीका परिवारको भेट, उद्धारको पहल गरिदिन आग्रह

    काठमाडौं । हमासको आक्रमणपछि इजरायलमा बेपत्ता विपिन जोशीको परिवारले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर सकुशल उद्धारको पहल गरिदिन आग्रह गरेको छ ।

    शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा जोशीका बुवा–आमासहितको टोलीले भेटेर विपिनको रिहाइका लागि थप पहल गरिदिन प्रधानमन्त्रीलाई आग्रह गरेको हो ।

    सो क्रममा प्रधानमन्त्री प्रचण्डले आफू विपिनको रिहाइका लागि चिन्तित रहेको र रिहाइका लागि निरन्तर पहल गरिरहेको बताउँदै छिटै सकारात्मक परिणाम आउनेमा आशावादी रहेको बताएका थिए ।

    गत असोज २० गते किबुजस्थित कृषि फार्ममा हमासले गरेको आक्रमणमा परी १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो । कञ्चनपुरको भीमदत्त नगरपालिका-३ का जोशी भने सम्पर्कविहीन भएका थिए ।

    हमासले इजरायली क्षेत्रबाट कब्जामा लिएर बन्धक बनाएका करिब २०० मध्ये ५० जनालाई रिहा गर्ने सहमति गरेको थियो । तर त्योभन्दा बढी संख्यामा रिहाइ गरे पनि विपिनको अवस्था अज्ञात छ ।

    प्रतिक्रिया

    ट्रेन्डिङ