
१डिल्लीराम स्मृति प्रतिष्ठानले मोदिबेणी दिब्यधाममा ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण
२जनता माबिमा विद्यार्थीलाई न्यानो कपडा वितरण र जेष्ठ नागरिकलाई सम्मान
३“विहादी गाउँपालिकाको १८ औँ गाउँसभा सम्पन्न, झण्डै दुई करोड बजेट रकमान्तर”
४आठौं पर्वत महोत्सव दोस्रो दिन: चर्चित गायक अर्जुन सापकोटाको प्रस्तुति रहने
५आठौ पर्वत महोत्सव आज देखी शुरु
६पर्वतमा अहिलेसम्मकै सवैभन्दा बढि पुरस्कार राशीको खुल्ला दोहोरी गीत प्रतियोगिता हुदै
७हिमालय क्षेत्रीय छायाँकला परिक्रमाले युवा सिर्जनात्मक ऊर्जा जागृत गर्यो
८गोल्डेन ट्र्यांगल बाइक टूर टोली पोखरामा, टेवानले ग¥यो स्वागत
९“पर्वत महोत्सवको मुख्य प्रायोजक कुश्मा–बलेवा यान्त्रिक पुल – महोत्सवको तयारी अन्तिम चरणमा”
१०जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड पर्वतमा पुस ८ गतेदेखि शुरु
११एकता आवासीय माविद्वारा ‘वृहत शैक्षिक प्रदर्शनी’ सम्पन्न
१२पर्वत कारागार प्रमुखसहित ५ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता
१इनरह्वील क्लब अफ बालाजु काठमाडौंका अध्यक्ष श्रेष्ठले निजी लगानीमा पर्वतमा यात्रु प्रतिक्षालय निमाण
२चितवन राष्ट्रिय निकुञ्जको सीमामा राप्ती खोलामा डुङ्गाबाट चरा अवलोकन कार्यक्रम सम्पन्न
३पर्वत साहित्य सङ्गमद्वारा स्रष्टा सम्मान : मेयर तिवारीद्वरा ५१ हजार राशीको अक्षयकोष घोषणा
४पर्वत साहित्य संगमद्वारा ९ वटा साहित्यिक पुरस्कार घोषणा–२७ गते स्रष्टालाई समर्पण गरिने
५‘पर्वत कुस्मा नारी समूह’द्वारा क्यान्सर पीडित बालकको उपचारका लागि सहयोग
६वेस्टर्न मेगा कलेजद्वारा MBA अभिमुखीकरण कार्यक्रम सम्पन्न
७सुन्तला पारखीका लागि पर्वत महोत्सवमा सुन्तला खाने प्रतियोगिता हुँदै
८कृष्णनगरमा राष्ट्रीय प्रजातंत्र पार्टीको नगर अध्यक्षमा जय प्रकाश गुप्ता
९एकता आवासीय माविद्वारा ‘वृहत शैक्षिक प्रदर्शनी’ सम्पन्न
१०मोदी गाउँपालिकाका ३ औपचारिक कार्यक्रम एउटै मञ्चमा,खर्च मितब्ययीताको प्रयास
११मोदी गाउँपालिकाले खेलकुदसंगै संस्कृति जोगाउँदै
१२बर्ड एजुकेसन सोसाइटीको साप्ताहिक चरा अवलोकन, विदेशी पर्यटक समेतकाे सहभागिता
श्रीभद्र पौडेल,पोखरा।१२ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव पोखरा क्षेत्रका अग्रज कृषकलाई सम्मान गर्दै बुधवार सकिएको छ । त्यस अवसरमा आलुको प्रदर्शनीमा उत्कृष्ठता हासिल गर्ने कृषक भीममाया नेपाली, एकबहादुर कार्की, पार्वती बाँनियाँ, हरीमाया रोका तथा कृषि अधिकृत चन्द्रकान्त तिमिल्सीनालाई नगद सहित सम्मान गरिएको हो ।
कृषक सम्मान गर्दै पोखरा महानगरपालिका प्रवक्ता समेत रहेका पोखरा २५ का वडाध्यक्ष मोतिलाल तिमिल्सीनाले महोत्सवमा महानगरको साथ रहेको स्पष्ट पार्दै नगर परिषद्ले महोत्सव व्यवस्थानका लागि रु.१० लाख सहयोग गर्ने निर्णय गरेको जानकारी दिए।उनले आलु महोत्सव किसानको चाड भएको उल्लेख गर्दै सबै हेमजावासी खटेर महोत्सव सफल पारेकोमा प्रशम्सा गरे।
महोत्सवकै अवसरमा क्लवको बहुउद्देश्यीय भवन शिलान्यास हुनु अर्को खुशीको कुरा हो भन्दै प्रवक्ता तिमिल्सीनाले महोत्सवमा कृषिका गतिविधिलाई प्राथमिकता दिनुपर्ने औँल्याए ।
विष्णुपादुका माविका प्रधानाध्यापक दिपकराज पौडेलले छोटो समयको तयारीमा सबैको सहयोगबाट महोत्सव सफल भएको जनाउर्दै हेमजाको उत्पादनको बजारीकरण व्यवस्थाका लागि महानगरको ध्यानाकर्षण गराए ।उनले हेमजाको जमिन तथा नहरको क्षयिकरण हुँदै जानु दुःखद् भएको सुनाउँदै त्यसतर्फ सरोकारवाला सबै सचेत बन्नुपर्ने स्पष्ट पारे ।
क्लवका पूर्व अध्यक्ष महेन्द्रसिंह थापाले आलु महोत्सव मार्फत कृषिलाई सम्मानित पेशाका रुपमा अगाडि सार्न खोजिएको धारणा राख्दै यसलाई आगामि वर्षमा थप परिष्कृत गर्दै लैजानुपर्ने भनाई राखे।
यहि चैत २५ गतेबाट सुरु महोत्सवका बीच त्यहाँ प्रतिकिलो ४० रुपैयाँमा आलु बिक्री गरिएकोमा महोत्सव अवधिभर कुल रु.३० लाख ६५ हजार ७ सय २० रुपैयाँको आलु कारोवार भएको छ ।
त्यहाँ ७५ हजार दर्शक बढीले महोत्सव अवलोकन गरेकोमा कुल ३ हजार ४ सय ४५ घरपरिवारले आलु खरिद गरी लगेको कृषि उपज व्यवस्थापन उपसमितिका संयोजक जयराम तिम्सिनाले जानकारी दिए । उनले कास्की, गोरखा, म्याग्दी, मुस्ताङ, स्याङजा, चितवन, बुटबल, बाग्लुङ, तनहुँ, लगायत काठमाण्डौबाट समेत मानिसहरु आलु खरिद गर्न आएको पनि सुनाए।जसअनुसार प्रति घरपरिवारले न्यूनत्तम ५ किलोग्रामदेखि अधिकत्तम ३ सय किलोग्रामसम्म आलु खरिद गरी लगेका छन् ।ग्राहकले हेमजामा फलेको आलु स्वादिलो, छिटो पाक्ने तथा स्वास्थ्यकर मानि बढी खरिद गर्ने गरेको उनको भनाई छ।
वुधवार महोत्सवमा कलाकारहरु शंकर विरही गुरुङ, तारापति सुवेदी, प्रेमराज अधिकारी, लक्ष्मी नेपाली, पार्वती गुरुङ, सरस्वती लामिछाने तथा सुभद्रा श्रेष्ठका प्रस्तुतिहरु रहे । त्यस्तै महोत्सव अवधिभर आलु लगायत अन्य सामग्री समेत गरी रु. ३ करोड ७० लाखको कारोवार भएको मूल आयोजक समितिका महासचिव वसन्तकुमार श्रेष्ठले जानकारी दिए।
महोत्सवको आकर्षणका रुपमा आलु तथा ताजा तरकारीको प्रदर्शनी, आलुको पहाड निर्माण, आलुका विभिन्न परिकार प्रदर्शन, माटो र बोटबिरुवाको परीक्षण तथा रोगको निदान, कृषि सम्बन्धी विविध सांस्कृतिक कार्यक्रम, कृषि झाँकी प्रदर्शनी, कृषि विज्ञ र किसानबीच अन्तक्र्रिया, विभिन्न कृषि उपज, बिउबिजन तथा अन्य कृषि यन्त्रको प्रदर्शनी, कृषक तथा विज्ञ सम्मान एवम् पुरस्कार, रत्यौली गीत प्रतियोगिता, हास्य व्यङग्य एवम् लाइभ पप कन्सर्ट लगायतका कार्यक्रम भएका छन्। मूल आयोजक समितिका संयोजक सुविन श्रेष्ठले महोत्सवका सहयोगकर्ता प्रति आभार प्रकट गर्दै महोत्सव हेमजाको व्याण्ड बनेको धारणा राखे।
‘सुन्दर ठाउँ हेमजा जाऔं, आलुका स्वादिष्ट परिकार खाउँ, आलु एक परिकार अनेक’ भन्ने नाराका साथ विष्णुपादुका क्लवको आयोजनामा महोत्सव भएको हो। हेमजाको कुल १२ हजार पाँच सय हेक्टर क्षेत्रफल मध्ये ५ सय हेक्टरमा यो खेती गरिंदै आइएको छ । जसअन्तर्गत पाँच सय ४० घरपरिवार किसान व्यवसायिक रुपमा आलुखेतीमा आवद्ध छन्।
१इनरह्वील क्लब अफ बालाजु काठमाडौंका अध्यक्ष श्रेष्ठले निजी लगानीमा पर्वतमा यात्रु प्रतिक्षालय निमाण
२चितवन राष्ट्रिय निकुञ्जको सीमामा राप्ती खोलामा डुङ्गाबाट चरा अवलोकन कार्यक्रम सम्पन्न
३पर्वत साहित्य सङ्गमद्वारा स्रष्टा सम्मान : मेयर तिवारीद्वरा ५१ हजार राशीको अक्षयकोष घोषणा
४पर्वत साहित्य संगमद्वारा ९ वटा साहित्यिक पुरस्कार घोषणा–२७ गते स्रष्टालाई समर्पण गरिने
५‘पर्वत कुस्मा नारी समूह’द्वारा क्यान्सर पीडित बालकको उपचारका लागि सहयोग
प्रतिक्रिया