
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
५विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
६कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
७पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
८दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
९फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
१०दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
११कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१२नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
श्रीभद्र पौडेल, पोखरा।१२ औं राष्ट्रिय हेमजा आलु महोत्सवमा मंगलवारसम्म रु.३० लाखको आलु बिक्री भएको छ ।यही चैत २५ गतेदेखि सुरु महोत्सवमा प्रतिकेजी रु.४० मा आलुको कारोवार भइरहेको छ । मंगलवार सम्म ७० हजार दर्शक बढीले महोत्सव अवलोकन गरेकोमा कुल ३ हजार २ सय १५ घरपरिवारले आलु खरिद गरी लगेको कृषि उपज व्यवस्थापन उपसमितिका संयोजक जयराम तिम्सिनाले जानकारी दिए ।
उनले कास्की, स्याङजा, चितवन, बुटबल, बाग्लुङ, तनहुँ लगायत काठमाण्डौबाट समेत मानिसहरु आलु खरिद गर्न आएको पनि सुनाए।जसअनुसार हालसम्म प्रति घरपरिवारले न्यूनत्तम ५ किलोग्रामदेखि अधिकत्तम ३ सय किलोग्रामसम्म आलु खरिद गरी लगेका छन् ।ग्राहकले हेमजामा फलेको आलु स्वादिलो, छिटो पाक्ने तथा स्वास्थ्यकर मानि बढी खरिद गर्ने गरेको उनको भनाई छ । महोत्सवमा मंगलवार, उद्घाटनको दिन चैत २५ गते आयोजित झाँकी ¥यालीको नजिता पनि सुनाइएको छ ।जसअनुसार माछापुच्छे« सेवा समाज पहिलो हुँदै रु.१० हजार र प्रमाणपत्र पुरस्कार पाएको छ ।
उक्त ¥यालीमा हेमजा नेवा खलको समूह दोस्रो, पोखरा महानगरपालिका स्थित सामुदायिक महिला स्वास्थ्य स्वयमको समूह तेस्रो तथा नवजागर बाल समूह तथा धौलागिरी हेमजा मगर समाज सान्त्वना भए ।द्वितीय, तृतीय र सान्त्वना भएसँगै ति समूहहरुले क्रमश ७ हजार, ५ हजार तथा ३ हजार साथै प्रमाणपत्रमा चित्त बुझाए।
पुरस्कार वितरण गर्दै गण्डकी प्रदेशका मन्त्री राविज गुरुङले कृषि उपजका नाममा महोत्सव गरिनु आफैमा महत्वपूर्ण रहेको बताउँदै त्यसलाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।म मनाङको मान्छेः आलु खाँदै हुर्केको हो, आज यहाँ पनि आलुका परिकार खान पाए, खुशी छु ।आगामि दिनमा हुने यस किसिमका महोत्सवमा प्रदेश सरकारको पनि साथ रहन्छ मन्त्री गुरुङले भने । मंगलवार महोत्सवमा कलाकारहरु कुलेन्द्र विश्वकर्मा, सुरेशरमण अधिकारी, कृष्ण गुरुङ, सरिता सारु, गगन गुरुङ, सुभद्रा श्रेष्ठ, परशुराम अधिकारी लगायत लक्ष्य व्याण्डका प्रस्तुतिहरु रहे।
त्यस्तै महोत्सवमा आलु लगायत अन्य सामग्री समेत गरी हालसम्म साढे ३ करोडको कारोवार भएको मूल आयोजक समितिका महासचिव वसन्तकुमार श्रेष्ठको भनाई छ ।महोत्सवको आकर्षणका रुपमा आलु तथा ताजा तरकारीको प्रदर्शनी, आलुको पहाड निर्माण, आलुका विभिन्न परिकार प्रदर्शन, माटो र बोटबिरुवाको परीक्षण तथा रोगको निदान, कृषि सम्बन्धी विविध सांस्कृतिक कार्यक्रम, कृषि झाँकी प्रदर्शनी, कृषि विज्ञ र किसानबीच अन्तक्र्रिया, विभिन्न कृषि उपज, बिउबिजन तथा अन्य कृषि यन्त्रको प्रदर्शनी, कृषक सम्मान तथा पुरस्कार, रत्यौली गीत प्रतियोगिता, हास्य व्यङग्य एवम् लाइभ पप कन्सर्ट लगायत रहेका छन्।
महोत्सव एक समारोहका बीच बुधवार सकिदैछ ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
५विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी

प्रतिक्रिया