
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
६विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
७पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
८दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
९फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
१०दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
११कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१२नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
पोखरा । यूनाइटेड क्लब पोखराले १४ औं वार्षिकोत्सवको अवसर पारी शनिवार देखी साताब्यापी कार्यक्रम शुरु गरेको छ । साताब्यापी कार्यक्रम अन्तर्गत पहिलो दिन शनिवार एक कार्यक्रमका बिच पोखरा २५ हेम्जामा रहेको मानव सेवा आश्रममा आश्रितहरुलाई भोजन सेवा प्रदान गरेको छ ।
सो अवसरमा वोल्दै पोखरा महानगरपालिका वडा नं २५ का वडा अध्यक्ष तथा महानगरका प्रवक्ता मोतीराज तिमिल्सिनाले यूनाइटेड क्लबले महोत्सवको आयोजना गरी सामाजिक काम गर्दै आइरहदा १४ औं वार्षिकोत्सव सम्म आइपुग्दा अतिनै श्रहानिय र उदारहणीय काम गरेको वताए । क्लबले महोत्सवको आयोजना गरी महानगर भित्र आर्थिक चलायमान गर्ने काम गरेको वताउदै युनाइटेड क्लबले गर्ने हरेक गतिविधीलाई महानगरले साथ र सहयोग गर्ने समेत प्रतिवद्धता ब्यक्त गरे ।
यूनाइटेड क्लबले यसअघि पनि मानव सेवा आश्रममा आयोजित महायज्ञ र अन्य अवसरमा पनि सहयोग गरेको आफुलाई अवगत भएको वताउदै तिमिल्सिनाले मानवसेवा जस्ता क्षेत्रमा यूनाइटेड क्लबले गरेको कामको प्रशंसा गरे ।
सो अवसरमा वोल्दै मानव सेवा आश्रम कास्की जिल्ला संयोजक सदिस पुनले मानव सेवा आश्रममा आश्रितहरुलाई लक्षित गरी यूनाइटेड क्लबले भोजन दान गरेकोमा धन्यवाद ब्यक्त गरे । क्लका पूर्व अध्यक्ष सुक बहादुर गुरुङले यूनाइटेड क्लबले स्थापना कालदेखीनै शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवद्र्धनमा काम गर्दै आइरहेको र हरेक वर्ष स्थापना दिवसको अवसर पारी साताब्यापी कार्यक्रमहरु गर्दै आइरहेकोमा यो पटक मानवहरुको सेवा गरी साताब्यापी कार्यक्रम सुरु गर्न पाउदा खुसी लागेको वताए ।
क्लबका कोषाध्यक्ष तथा भोजन सेवा कार्यक्रमका संयोजक सूर्य बहादुर बानियाँले यूनाइटेड क्लबले पोखरा महोत्सव सञ्चालन गरी विभिन्न विद्याका सामाजिक क्षेत्रहरुमा कार्यहरु गर्दै आइरहदा मानव सेवा आश्रममा समेत यूनाइटेड क्लबले भोजन सेवा कार्यक्रमको आयोजना गर्न पाउदा आफ्नो संस्था गौरवान्वित भएको वताउदै अन्य संघ संस्थाहरुलाई पनि साताब्यापी कार्यक्रममा सहयोग गर्ने वताए ।
यूनाइटेड क्लबका अध्यक्ष राजु श्रेष्ठले युनाइटेड क्लबले हरेक वर्ष आयोजना गर्ने साताब्यापी कार्यक्रमको शुरुवात पोखरामा रहेका वृद्धाश्रमहरुबाट शुरु गर्दै आइरहेको र यस पटक मानव सेवा आश्रमबाट साताब्यापी कार्यक्रम शुरु गर्न पाउदा साच्चैनै मानवकै लागि सेवा गरेको आभाष भएको वताए । क्लवले यस पटक मात्र नभइ मानव सेवा आश्रमको भवन निर्माणका लागि आयोजित महायज्ञमा समेत १ लाख ११ हजार १ सय ११ रुपैया सहयोग गरेको र त्यसभन्दा अगाडि पनि पोखराको छोरेपाटनमा रहेको मानव सेवा आश्रममा भाँडाकुँडा र खाद्यान्न सामाग्री वितरण गरेको वताए ।
क्लवका वरिष्ठ उपाध्यक्ष लोक बहादुर थापाले स्वागत मन्तब्य राखेका थिएभने कार्यक्रमको सञ्चालन क्लबका महासचिव दिनेश सुनारले गरेका थिए ।
यसैबिच क्लबले शनिवारनै पोखरा १५ मा रहेको राष्ट्रिय परोपकार महासंघ नेपाल वडा इकाई समिति द्धारा सञ्चालित परोपकार जेष्ठ नागरिक मिलन केन्द्र शिद्धेश्वर शिव मन्दिर भजन मण्डलीमा आवद्ध महिला सदस्यहरुलाई पोषक वितरणका साथै केन्द्रमा आवद्धहरुलाई भोजन सेवा प्रदान गरिएको महासचिव सुनारले जानकारी दिए ।
साताब्यापी कार्यक्रम अन्तर्गत आइतबार दोश्रो दिन पोखरा १४ छिनेडाँडा स्थित शुक्रराज वलभद्र माविमा खेलकुद सामाग्री वितरण कार्यक्रम रहेको क्लबले जनाएको छ ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप

प्रतिक्रिया