
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
५विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
६कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
७पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
८दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
९फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
१०दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
११कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१२नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
श्रीभद्र पौडेल, पोखरा।माटोलाई स्वास्थ्य राखे त्यसबाट बढी उत्पादन लिन सकिने चर्चा गरिएको छ । १२ औं राष्ट्रिय हेमजा आलु महोत्सव अन्तर्गत बिहीवार भएको माटो तथा बाली संरक्षण विषयक अन्तरक्रियाका बीच उक्त कुरामा विज्ञहरुले जोड दिएका हुन्।
कृषि अनुसन्धान निर्देशनालय लुम्लेको आयोजनामा भएको उक्त अन्तरक्रियामा धारणा राख्दै राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्रका प्रमुख, वरिष्ठ वैज्ञानिक डा.श्रीप्रसाद विष्टले माटोलाई जीवित राख्न त्यसमा रासायनिक नभई जैविक मलको उचित प्रयोग गर्नुपर्ने औँल्याए ।
साच्चै सफल रुपमा कृषि कर्म गर्ने हो भने माटोलाई बचाउनुको विकल्प हामीसँग छैन, त्यसका लागि प्राङगारिक चिजवस्तुहरु माटोसँगै कुहाउनु पर्दछ, जलाउदाँ माटोको माथिल्लो सतहका जीवाणुहरु पनि मर्दछन्, त्यो भनेको माटो मर्नु सरह भएको उनले स्पष्ट पारे।
माटोमा अम्लिय पन बढी भयो भने सिचाईको प्रबन्ध मिलाउनु पर्दछ, समयसमयमा माटोको भौतिक, जैविक एवम् रासायनिक जाँच पनि गर्नुपर्दछ, त्यसका साथै माटोको बनोट तथा त्यसमा रहेको सुक्ष्म खाध्य तत्वबारे पनि बेलाबेलामा ख्याल गर्नुपर्ने भन्दै प्रमुख डा.विष्ट माटोसँग प्रत्येक प्राणीको जीवन जोडिएको स्पष्ट पारे ।
राष्ट्रिय गहुँबाली अनुसन्धान कार्यक्रम रुपन्देहीका संयोजक वरिष्ठ वैज्ञानिक डा. रोशन बस्नेतले गहुँमा सिन्दुरे तथा कालो पोके रोगको समस्या बढी रहेको सुनाउँदै नेपाल कृषि अनुसन्धान परिषद्ले सिफारिस गरेका बिउहरु मात्रै खेती गर्न किसानलाई सुझाव दिए ।विभिन्न रोगहरुका कारण हाल उत्पादनमा ह्रास आइरहेको छ, त्यसका लागि कतिपय अवस्थामा बीउको उपचार गरेर पनि छर्नुपर्ने हुन्छ उनले भने ।
कार्यक्रममा वागवानी अनुसन्धान केन्द्र मालेपाटन प्रमुख वरिष्ठ वैज्ञानिक डा. सुनिल अर्यालले पनि कृषिको महत्वमाथि प्रकाश पारे ।उनले फल कुहाउने औशाका कारण अमिलोजन्य कृषि उपजको उत्पादनमा आजकल कमी आइहेको स्पष्ट पार्दै त्यसका लागि उक्त फललाई नै व्यवस्थित ढङगले नष्ट गरे करिव ७० प्रतिशत समस्या समाधान हुने बताए । उनले खेतवारीमा काँचो मलको प्रयोग नगर्न किसानलाई सुझाव दिर्दै माटोमा हुने शत्रुजीव तथा मित्रजीवलाई चिन्नुपर्ने स्पष्ट पारे ।
त्यस अवसरमा किसानले आलुबालीमा हुने अगौटे तथा पछौटे डडुवा, आलुमा प्वाल पर्ने समस्या, एजेरु रोग, रातो कमिला व्यवस्थापन, फौजी किरा, गोलभेडाँमा गवारो, पराग सेचन लगायतका विषयमा जिज्ञासा राखे ।
कार्यक्रममा कृषि अनुसन्धान निर्देशनालय लुम्लेका प्रमुख डा.प्रेनिल केसी, वैज्ञानिक रमेश आचार्य, प्राविधिक अधिकृत चन्द्रकान्त तिमिल्सीना लगायतले सहजीकरण गरे ।
बिहीवारसम्म २५ हजार दर्शक बढीले महोत्सव अवलोकन गरेकोमा १ हजार ४ सय १० घरपरिवारले आलु किनी लगेको कृषि उपज व्यवस्थापन उपसमितिका संयोजक जयराम तिम्सिनाले जानकारी दिए ।उनले हालसम्म १४ लाख बढीको आलु कारोवार भएको पनि बताए।
महोत्सव अन्तर्गत बिहीवार कलाकारहरु तारापति सुवेदी, प्रेमराज अधिकारी, शिवहरी ढुङगाना, परशुराम अधिकारी, नेत्र खड्का, सुनिता नेपाली, नवराज अधिकारी, दुर्गा क्षत्री, राजेश बर्देवा(पप आधुनिक), हास्य कलाकारद्वय राजेन्द्र नेपाली र युवराज भण्डारी साथमा स्थानीय कलाकारहरुका प्रस्तुति रहे ।त्यस्तै शुक्रवार विष्णु खत्री, ज्योति लोहोनी, माधव चापागाई, जीवन सिग्देल, माया केसी, छ्यवाङ लामा, ओम गुरुङ तथा अंकित एण्ड कुशल व्याण्डका प्रस्तुतिहरु रहने जनाइएको छ ।
त्यस्तै रत्यौली गीत प्रतियोगिता पनि जारी छ ।रत्यौलीतर्फ बिहीवार दहरे देउराली आमा समूह तथा इन्द्रेणी आमा समूहले प्रस्तुति राखे।
महोत्सव अन्तर्गत शुक्रवार बाली तथा पशु स्वास्थ्य उपचार शिविर हुनेछ । यही बैशाख ५ गतेसम्म महोत्सव चल्नेछ ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
५विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी

प्रतिक्रिया