
१डिल्लीराम स्मृति प्रतिष्ठानले मोदिबेणी दिब्यधाममा ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण
२जनता माबिमा विद्यार्थीलाई न्यानो कपडा वितरण र जेष्ठ नागरिकलाई सम्मान
३“विहादी गाउँपालिकाको १८ औँ गाउँसभा सम्पन्न, झण्डै दुई करोड बजेट रकमान्तर”
४आठौं पर्वत महोत्सव दोस्रो दिन: चर्चित गायक अर्जुन सापकोटाको प्रस्तुति रहने
५आठौ पर्वत महोत्सव आज देखी शुरु
६पर्वतमा अहिलेसम्मकै सवैभन्दा बढि पुरस्कार राशीको खुल्ला दोहोरी गीत प्रतियोगिता हुदै
७हिमालय क्षेत्रीय छायाँकला परिक्रमाले युवा सिर्जनात्मक ऊर्जा जागृत गर्यो
८गोल्डेन ट्र्यांगल बाइक टूर टोली पोखरामा, टेवानले ग¥यो स्वागत
९“पर्वत महोत्सवको मुख्य प्रायोजक कुश्मा–बलेवा यान्त्रिक पुल – महोत्सवको तयारी अन्तिम चरणमा”
१०जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड पर्वतमा पुस ८ गतेदेखि शुरु
११एकता आवासीय माविद्वारा ‘वृहत शैक्षिक प्रदर्शनी’ सम्पन्न
१२पर्वत कारागार प्रमुखसहित ५ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता
१इनरह्वील क्लब अफ बालाजु काठमाडौंका अध्यक्ष श्रेष्ठले निजी लगानीमा पर्वतमा यात्रु प्रतिक्षालय निमाण
२चितवन राष्ट्रिय निकुञ्जको सीमामा राप्ती खोलामा डुङ्गाबाट चरा अवलोकन कार्यक्रम सम्पन्न
३पर्वत साहित्य सङ्गमद्वारा स्रष्टा सम्मान : मेयर तिवारीद्वरा ५१ हजार राशीको अक्षयकोष घोषणा
४पर्वत साहित्य संगमद्वारा ९ वटा साहित्यिक पुरस्कार घोषणा–२७ गते स्रष्टालाई समर्पण गरिने
५‘पर्वत कुस्मा नारी समूह’द्वारा क्यान्सर पीडित बालकको उपचारका लागि सहयोग
६वेस्टर्न मेगा कलेजद्वारा MBA अभिमुखीकरण कार्यक्रम सम्पन्न
७सुन्तला पारखीका लागि पर्वत महोत्सवमा सुन्तला खाने प्रतियोगिता हुँदै
८कृष्णनगरमा राष्ट्रीय प्रजातंत्र पार्टीको नगर अध्यक्षमा जय प्रकाश गुप्ता
९एकता आवासीय माविद्वारा ‘वृहत शैक्षिक प्रदर्शनी’ सम्पन्न
१०मोदी गाउँपालिकाका ३ औपचारिक कार्यक्रम एउटै मञ्चमा,खर्च मितब्ययीताको प्रयास
११मोदी गाउँपालिकाले खेलकुदसंगै संस्कृति जोगाउँदै
१२बर्ड एजुकेसन सोसाइटीको साप्ताहिक चरा अवलोकन, विदेशी पर्यटक समेतकाे सहभागिता
श्रीभद्र पौडेल, पोखरा।माटोलाई स्वास्थ्य राखे त्यसबाट बढी उत्पादन लिन सकिने चर्चा गरिएको छ । १२ औं राष्ट्रिय हेमजा आलु महोत्सव अन्तर्गत बिहीवार भएको माटो तथा बाली संरक्षण विषयक अन्तरक्रियाका बीच उक्त कुरामा विज्ञहरुले जोड दिएका हुन्।
कृषि अनुसन्धान निर्देशनालय लुम्लेको आयोजनामा भएको उक्त अन्तरक्रियामा धारणा राख्दै राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्रका प्रमुख, वरिष्ठ वैज्ञानिक डा.श्रीप्रसाद विष्टले माटोलाई जीवित राख्न त्यसमा रासायनिक नभई जैविक मलको उचित प्रयोग गर्नुपर्ने औँल्याए ।
साच्चै सफल रुपमा कृषि कर्म गर्ने हो भने माटोलाई बचाउनुको विकल्प हामीसँग छैन, त्यसका लागि प्राङगारिक चिजवस्तुहरु माटोसँगै कुहाउनु पर्दछ, जलाउदाँ माटोको माथिल्लो सतहका जीवाणुहरु पनि मर्दछन्, त्यो भनेको माटो मर्नु सरह भएको उनले स्पष्ट पारे।
माटोमा अम्लिय पन बढी भयो भने सिचाईको प्रबन्ध मिलाउनु पर्दछ, समयसमयमा माटोको भौतिक, जैविक एवम् रासायनिक जाँच पनि गर्नुपर्दछ, त्यसका साथै माटोको बनोट तथा त्यसमा रहेको सुक्ष्म खाध्य तत्वबारे पनि बेलाबेलामा ख्याल गर्नुपर्ने भन्दै प्रमुख डा.विष्ट माटोसँग प्रत्येक प्राणीको जीवन जोडिएको स्पष्ट पारे ।
राष्ट्रिय गहुँबाली अनुसन्धान कार्यक्रम रुपन्देहीका संयोजक वरिष्ठ वैज्ञानिक डा. रोशन बस्नेतले गहुँमा सिन्दुरे तथा कालो पोके रोगको समस्या बढी रहेको सुनाउँदै नेपाल कृषि अनुसन्धान परिषद्ले सिफारिस गरेका बिउहरु मात्रै खेती गर्न किसानलाई सुझाव दिए ।विभिन्न रोगहरुका कारण हाल उत्पादनमा ह्रास आइरहेको छ, त्यसका लागि कतिपय अवस्थामा बीउको उपचार गरेर पनि छर्नुपर्ने हुन्छ उनले भने ।
कार्यक्रममा वागवानी अनुसन्धान केन्द्र मालेपाटन प्रमुख वरिष्ठ वैज्ञानिक डा. सुनिल अर्यालले पनि कृषिको महत्वमाथि प्रकाश पारे ।उनले फल कुहाउने औशाका कारण अमिलोजन्य कृषि उपजको उत्पादनमा आजकल कमी आइहेको स्पष्ट पार्दै त्यसका लागि उक्त फललाई नै व्यवस्थित ढङगले नष्ट गरे करिव ७० प्रतिशत समस्या समाधान हुने बताए । उनले खेतवारीमा काँचो मलको प्रयोग नगर्न किसानलाई सुझाव दिर्दै माटोमा हुने शत्रुजीव तथा मित्रजीवलाई चिन्नुपर्ने स्पष्ट पारे ।
त्यस अवसरमा किसानले आलुबालीमा हुने अगौटे तथा पछौटे डडुवा, आलुमा प्वाल पर्ने समस्या, एजेरु रोग, रातो कमिला व्यवस्थापन, फौजी किरा, गोलभेडाँमा गवारो, पराग सेचन लगायतका विषयमा जिज्ञासा राखे ।
कार्यक्रममा कृषि अनुसन्धान निर्देशनालय लुम्लेका प्रमुख डा.प्रेनिल केसी, वैज्ञानिक रमेश आचार्य, प्राविधिक अधिकृत चन्द्रकान्त तिमिल्सीना लगायतले सहजीकरण गरे ।
बिहीवारसम्म २५ हजार दर्शक बढीले महोत्सव अवलोकन गरेकोमा १ हजार ४ सय १० घरपरिवारले आलु किनी लगेको कृषि उपज व्यवस्थापन उपसमितिका संयोजक जयराम तिम्सिनाले जानकारी दिए ।उनले हालसम्म १४ लाख बढीको आलु कारोवार भएको पनि बताए।
महोत्सव अन्तर्गत बिहीवार कलाकारहरु तारापति सुवेदी, प्रेमराज अधिकारी, शिवहरी ढुङगाना, परशुराम अधिकारी, नेत्र खड्का, सुनिता नेपाली, नवराज अधिकारी, दुर्गा क्षत्री, राजेश बर्देवा(पप आधुनिक), हास्य कलाकारद्वय राजेन्द्र नेपाली र युवराज भण्डारी साथमा स्थानीय कलाकारहरुका प्रस्तुति रहे ।त्यस्तै शुक्रवार विष्णु खत्री, ज्योति लोहोनी, माधव चापागाई, जीवन सिग्देल, माया केसी, छ्यवाङ लामा, ओम गुरुङ तथा अंकित एण्ड कुशल व्याण्डका प्रस्तुतिहरु रहने जनाइएको छ ।
त्यस्तै रत्यौली गीत प्रतियोगिता पनि जारी छ ।रत्यौलीतर्फ बिहीवार दहरे देउराली आमा समूह तथा इन्द्रेणी आमा समूहले प्रस्तुति राखे।
महोत्सव अन्तर्गत शुक्रवार बाली तथा पशु स्वास्थ्य उपचार शिविर हुनेछ । यही बैशाख ५ गतेसम्म महोत्सव चल्नेछ ।
१इनरह्वील क्लब अफ बालाजु काठमाडौंका अध्यक्ष श्रेष्ठले निजी लगानीमा पर्वतमा यात्रु प्रतिक्षालय निमाण
२चितवन राष्ट्रिय निकुञ्जको सीमामा राप्ती खोलामा डुङ्गाबाट चरा अवलोकन कार्यक्रम सम्पन्न
३पर्वत साहित्य सङ्गमद्वारा स्रष्टा सम्मान : मेयर तिवारीद्वरा ५१ हजार राशीको अक्षयकोष घोषणा
४पर्वत साहित्य संगमद्वारा ९ वटा साहित्यिक पुरस्कार घोषणा–२७ गते स्रष्टालाई समर्पण गरिने
५‘पर्वत कुस्मा नारी समूह’द्वारा क्यान्सर पीडित बालकको उपचारका लागि सहयोग
प्रतिक्रिया