
१डिल्लीराम स्मृति प्रतिष्ठानले मोदिबेणी दिब्यधाममा ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण
२जनता माबिमा विद्यार्थीलाई न्यानो कपडा वितरण र जेष्ठ नागरिकलाई सम्मान
३“विहादी गाउँपालिकाको १८ औँ गाउँसभा सम्पन्न, झण्डै दुई करोड बजेट रकमान्तर”
४आठौं पर्वत महोत्सव दोस्रो दिन: चर्चित गायक अर्जुन सापकोटाको प्रस्तुति रहने
५आठौ पर्वत महोत्सव आज देखी शुरु
६पर्वतमा अहिलेसम्मकै सवैभन्दा बढि पुरस्कार राशीको खुल्ला दोहोरी गीत प्रतियोगिता हुदै
७हिमालय क्षेत्रीय छायाँकला परिक्रमाले युवा सिर्जनात्मक ऊर्जा जागृत गर्यो
८गोल्डेन ट्र्यांगल बाइक टूर टोली पोखरामा, टेवानले ग¥यो स्वागत
९“पर्वत महोत्सवको मुख्य प्रायोजक कुश्मा–बलेवा यान्त्रिक पुल – महोत्सवको तयारी अन्तिम चरणमा”
१०जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड पर्वतमा पुस ८ गतेदेखि शुरु
११एकता आवासीय माविद्वारा ‘वृहत शैक्षिक प्रदर्शनी’ सम्पन्न
१२पर्वत कारागार प्रमुखसहित ५ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता
१इनरह्वील क्लब अफ बालाजु काठमाडौंका अध्यक्ष श्रेष्ठले निजी लगानीमा पर्वतमा यात्रु प्रतिक्षालय निमाण
२चितवन राष्ट्रिय निकुञ्जको सीमामा राप्ती खोलामा डुङ्गाबाट चरा अवलोकन कार्यक्रम सम्पन्न
३पर्वत साहित्य सङ्गमद्वारा स्रष्टा सम्मान : मेयर तिवारीद्वरा ५१ हजार राशीको अक्षयकोष घोषणा
४पर्वत साहित्य संगमद्वारा ९ वटा साहित्यिक पुरस्कार घोषणा–२७ गते स्रष्टालाई समर्पण गरिने
५‘पर्वत कुस्मा नारी समूह’द्वारा क्यान्सर पीडित बालकको उपचारका लागि सहयोग
६वेस्टर्न मेगा कलेजद्वारा MBA अभिमुखीकरण कार्यक्रम सम्पन्न
७सुन्तला पारखीका लागि पर्वत महोत्सवमा सुन्तला खाने प्रतियोगिता हुँदै
८कृष्णनगरमा राष्ट्रीय प्रजातंत्र पार्टीको नगर अध्यक्षमा जय प्रकाश गुप्ता
९एकता आवासीय माविद्वारा ‘वृहत शैक्षिक प्रदर्शनी’ सम्पन्न
१०मोदी गाउँपालिकाका ३ औपचारिक कार्यक्रम एउटै मञ्चमा,खर्च मितब्ययीताको प्रयास
११मोदी गाउँपालिकाले खेलकुदसंगै संस्कृति जोगाउँदै
१२बर्ड एजुकेसन सोसाइटीको साप्ताहिक चरा अवलोकन, विदेशी पर्यटक समेतकाे सहभागिता
श्रीभद्र पौडेल,पोखरा ।१२ औं राष्ट्रिय हेमजा आलु महोत्सव मध्येतिर आइरहदाँ आलु किन्नेहरुको सख्यामा हवात्तै बृद्धि भएको छ । बुधवारसम्म करिव २० हजारले महोत्सव अवलोकन गरेकोमा ९ सय १० घरपरिवारले आलु किनी लगेको कृषि उपज व्यवस्थापन उपसमितिका संयोजक जयराम तिम्सिनाले जानकारी दिए ।जसमध्ये प्रति घरपरिवारले सबैभन्दा कम १० देखि बढीमा ३ सय केजीसम्म आलु किनी लगेको तिम्सिनाको भनाई छ।
हेमजाको आलु बढी स्वास्थ्यकर मानिने, छिटो पाक्ने तथा खानमा पनि मिठो हुने भएकाले अधिकाशं उपभोक्ताको रोजाईमा पर्दै आएको बुधवार महोत्सव स्थलमा आलु खरिद गर्दै गरेकी पर्वत मोदी गाउँपालिकाकी इन्दिरा शर्माको भनाई छ ।
आलु खरिद गर्नकै लागि त्यहाँ पोखरा लगायत छिमेकी अन्नपूर्ण एवम् माछापुच्छे« गाउँपालिका, बाग्लुङ, पर्वत, म्याग्दी, चितवन, तनहुँ, स्याङजा लगायतका जिल्लाबाट समेत मानिसहरु महोत्सव स्थल विष्णुपादुका खेल मैदान पुगेका छन् ।आयोजकलाई त्यहाँ आलु बिक्री गर्न भ्याइनभ्याई भइरहेको छ भने बुधवार साँझसम्म रु.९ लाख बढीको आलु कारोवार भएको छ । प्रतिकेजी रु.४० मा आलु बिक्री गरिएको छ ।
महोत्सव मध्येतिर आइरहदाँ दर्शक सहभागिता पनि बढ्दै गएको हो । महोत्सवको चौथो दिन बुधवार मात्रै ५ हजार बढी दर्शकले महोत्सव अवलोकन गरेका छन् । दर्शक सहभागिता बढ्दै जाँदा आयोजक समेत हैसिएको छ।
महोत्सव अन्तर्गत बुधवार कलाकारहरु सम्झना लामिछाने मगर, जीवन दाहाल, पार्वती जिसी, शिवहरी ढुङगाना, रामजी पौडेल, मधु थापा मगर, यम नेपाली, यलिना रायमाझी तथा ओएआउट व्याण्डका प्रस्तुतिहरु रहे ।त्यस्तै बिहीवार प्रकाश दुतराज, जीवन दाहाल, तारापति सुवेदी, प्रेमराज अधिकारी, शिवहरी ढुङगाना, परशुराम अधिकारी, नेत्र खड्का, सुनिता नेपाली, नवराज अधिकारी, दुर्गा क्षत्री, राजेश बर्देवा(पप आधुनिक), हास्य कलाकारद्वय राजेन्द्र नेपाली र युवराज भण्डारी साथमा स्थानीय कलाकारहरुका प्रस्तुति रहनेछन् । त्यस्तै रत्यौली गीत प्रतियोगिता पनि जारी छ ।रत्यौलीतर्फ बुधवार देवीस्थान आमा समूह र कमलजौसी आमा समूहले प्रस्तुति राखे। त्यस्तै बिहीवार प्रदेश स्तरीय कृषि प्रविधि प्रदर्शनी तथा मेला अन्तर्गत माटो तथा बाली संरक्षण विषयक विज्ञसँग अन्तरक्रिया कार्यक्रम पनि हुनेछ ।
महोत्सवको आकर्षणका रुपमा आलु तथा ताजा तरकारीको प्रदर्शनी, आलुको पहाड निर्माण, आलुका विभिन्न परिकार प्रदर्शन, माटो र बोटबिरुवाको परीक्षण तथा रोगको निदान, कृषि सम्बन्धी विविध सांस्कृतिक कार्यक्रम, कृषि झाँकी प्रदर्शनी, कृषि विज्ञ र किसानबीच अन्तक्र्रिया, विभिन्न कृषि उपज, बिउबिजन तथा अन्य कृषि यन्त्रको प्रदर्शनी, कृषक सम्मान तथा पुरस्कार, रत्यौली गीत प्रतियोगिता, हास्य व्यङग्य एवम् लाइभ पप कन्सर्ट लगायत छन्।महोत्सव यही बैशाख ५ गतेसम्म चल्नेछ ।
१इनरह्वील क्लब अफ बालाजु काठमाडौंका अध्यक्ष श्रेष्ठले निजी लगानीमा पर्वतमा यात्रु प्रतिक्षालय निमाण
२चितवन राष्ट्रिय निकुञ्जको सीमामा राप्ती खोलामा डुङ्गाबाट चरा अवलोकन कार्यक्रम सम्पन्न
३पर्वत साहित्य सङ्गमद्वारा स्रष्टा सम्मान : मेयर तिवारीद्वरा ५१ हजार राशीको अक्षयकोष घोषणा
४पर्वत साहित्य संगमद्वारा ९ वटा साहित्यिक पुरस्कार घोषणा–२७ गते स्रष्टालाई समर्पण गरिने
५‘पर्वत कुस्मा नारी समूह’द्वारा क्यान्सर पीडित बालकको उपचारका लागि सहयोग
प्रतिक्रिया