SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/१२/२७ गते
    ८८० &#२३४६;&#२३३५;&#२३२५;

    श्रीभद्र पौडेल ,पोखरा ।१२ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सवको दोस्रो दिन सोमवारसम्म करिव रु।३ लाखको आलुको कारोवार भएको छ ।

    त्यहाँ प्रतिकेजी रु।४० मा आलु बिक्रीवितरण भइरहेकोमा आलु किन्नकै लागि पोखरा महानगरपालिका लगायत अन्नपूर्ण गाउँपालिका, माछापुच्छे« गाउँपालिका सहित छिमेकी जिल्लाहरुबाट समेत मानिसहरु महोत्सव स्थल पुगेका छन् । कतिपयले हेमजाको आलु मिठो हुने भन्दै चाख्नकै लागि भएपनि आलु किन्न पुगेको प्रतिक्रिया दिएका छन् ।हेमजाको आलु छिटो पाक्छ, अन्यको तुलनामा बढी स्वास्थ्यकर पनि छ, त्यसैले यसपटक घरमा चाहिने ३० किलो आलु किनी लगेको सोमवार आलु खरिद गर्दै गरेकी माछापुच्छे« ५ रिभानकी माया विकले बताइन् ।

    कार्यक्रमका बीच खाध्य सुरक्षाका लागि आलु महत्वपूर्ण रहेको चर्चा गरिएको छ ।कार्यक्रममा धारणा राख्दै नेपाल कृषि अनुसन्धान परिषद्९नार्क०का कार्यकारी निर्देशक डा। सुरेन्द्रलाल श्रेष्ठले आलुले खाध्य सुरक्षामा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको औँल्याउँदै पोषणा सुरक्षाका हिसावले पनि आलु सर्वोत्कृष्ट वाली भएको बताए।

    महोत्सव अन्तर्गत सोमवार कलाकारहरु जीवन दाहाल, शिवहरी ढुङगाना, परशुराम अधिकारी, रवी कार्की, कृष्ण सुवेदी, इन्द्रा गुरुङ, तुलसा क्षत्री, सुमन खड्का, कमला सुनार तथा गुड लक मन्टेश्वरीका प्रस्तुति रहे । त्यस्तै मंगलवार जीवन दाहाल, शिवहरी ढुङगाना, परशुराम अधिकारी, बविता जेरी, चोलेन्द्र पौडेल, अमर धिताल, सन्तोष सुवेदी, पुजा तामाङ र नविता सुवेदीका प्रस्तुतिहरु रहने जनाइएको छ ।

    महोत्सवमा दर्शक सहभागिता पनि दिनप्रतिदिन बढ्दै गइरहेको छ ।जसअन्तर्गत सोमवारसम्ममा ५ हजार दर्शकले महोत्सव अवलोकन गरेका छन् ।महोत्सवकै अवसरमा कृषि अनुसन्धान निर्देशनालय लुम्लेले प्रदेश स्तरीय कृषि प्रविधि प्रदर्शनी तथा मेला पनि आयोजना गरिरहेको छ ।

    महोत्सवको आकर्षणका रुपमा आलु तथा ताजा तरकारीको प्रदर्शनी, आलुको पहाड निर्माण, आलुका विभिन्न परिकार प्रदर्शन, माटो र बोटबिरुवाको परीक्षण तथा रोगको निदान, कृषि सम्बन्धी विविध सांस्कृतिक कार्यक्रम, कृषि झाँकी प्रदर्शनी, कृषि विज्ञ र किसानबीच अन्तक्र्रिया, विभिन्न कृषि उपज, बिउबिजन तथा अन्य कृषि यन्त्रको प्रदर्शनी, कृषक सम्मान तथा पुरस्कार, रत्यौली गीत प्रतियोगिता, हास्य व्यङग्य एवम् लाइभ पप कन्सर्ट लगायत रहेका छन्।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरामा पौष ९ देखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप हुँदै

    पोखरा । पोखरामा आगामी पौष ९ गतेदेखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप...

    नेपाल कम्युनिष्ट पार्टीको पार्टी एकता प्रशिक्षण कुश्मामा सम्पन्न

    पर्वत। नेपाली कम्युनिष्ट पार्टी कुश्मा नगरपालिका स्तरीय प्रशिक्षण एवं पार्टी एकता सन्देश कार्यक्रम कुश्मा बजारमा...

    १४ औं पोखरा महोत्सवका उपसमितिहरुद्धारा महोत्सवलाई सफल बनाउने प्रतिवद्धता

    पोखरा ।१४ औं पोखरा महोत्सवलाई सभ्य र भब्य बनाउनका लागि गठिन विभिन्न उपसमितिहरुको बैठक सम्पन्न...

    पर्वतमा लैंङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी समापन

    पर्वत । पर्वतमा लैंङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी बुधवार समापन गरिएको...

    पर्वत साहित्य संगमद्वारा ९ वटा साहित्यिक पुरस्कार घोषणा–२७ गते स्रष्टालाई समर्पण गरिने

    पर्वत । धौलागिरि क्षेत्रकै अग्रणी साहित्यिक संस्था पर्वत साहित्य संगमले वर्ष २०८२ का लागि आफ्नो...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं