
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
५विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
६कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
७पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
८दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
९फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
१०दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
११कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१२नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
पोखरा । पोखरा राइडर्स क्लब आयोजनामा पहिलोपल्ट भएको पोखरा मोटो–इन्डूरो क्रस च्याम्पियनसिप अभूतपूर्व सफलरुपमा सम्पन्न भएको छ ।
पोखरा २३, वाम्दीमा २ दिनसम्म चलेको प्रतियोगितामा पुरुषतर्फ ओेपन इलाइटमा काठमाडौंका राजेश मगर र महिलातर्फ ललितपुरकी वर्षा बस्नेतले उपाधि जिते । पुरुषमा अन्जित बुढाथोकी दोस्रो र आशुतोष धोन्जु तेस्रो भए । महिलातर्फ मन्दिरा भण्डारी दोस्रो र सुरक्षा केसी तेस्रो भए ।
पुरुष र महिलातर्फ प्रथमले जनही १ लाख ५० हजार प्राप्त गरे । पुरुषमा दोस्रो र तेस्रोले क्रमशः १ लाख र ५० प्राप्त गरे । ओपन मास्टर्सतर्फको उपाधि राज शाहीले जिते । दोस्रो विकास श्रेष्ठ र तेस्रो अजीत बराल भए । मास्टर्सतर्फ भाग लिएका सातै जना तथा पुरुष र महिलातर्प पाँचौसम्मलाई हाइग्राउण्ड एड्भेन्चरले गिफ्ट ह्याम्पर प्रदान गरेको थियो ।
विजयीलाई प्रमुख अतिथि प्रतिनिधिसभा उपसभामुख इन्दिरा राना लगायतले पुरस्कृत गरिन् । प्रतियोगितामा कुल ५६ खेलाडीले भाग लिएका थिए । पहिलो दिन पुरुषतर्फ २५ राइडर छनोट भइ फाइनल भिडेका हुन् । महिला र मास्टर्सतर्फ ७÷७ जना राइडरलाई फाइनल खेलाइएको थियो । अन्तर्राष्ट्रिय खेलकुद दिवस अवसरमा भएको प्रतियोगितामा वनजंगल, खोलानाला, बाँसघारी, गोरेटो बाटो, बगर, बालुवा उडाउने गुडाउने सबैखालको मिश्रित करिब ५ किमीको ट्रयाक निर्माण गरिएको थियो ।
आयोजक संस्थाका निर्देशक जगत धौलीले सबैको साथ र सहयोगले पहिलो पल्ट आयोजित प्रतियोगिता सफल भएको र आगामी वर्ष पनि निरन्तरता दिने बताए । साहसिक उक्त प्रतियोगिता हेर्न विदेशीसहित करिब ७ हजार दर्शक वाम्दी ओइरिएका थिए ।
उपसभामुखले यस्ताखालका साहसिक खेलले नेपाललाई विश्वसामु चिनाउन धेरै मद्दत गर्ने बताइन् । नेपाल अटो मोबाइलस एसोसिएसन (नासा), अन्तर्राष्ट्रिय नियामक संस्था फिम, प्रदेश खेलकुद परिषद् गण्डकीमा अनुबन्धित उक्त पोखरा क्षेत्रमा पहिलो हो । विश्वकपमा खेलाइने डर्ट बाइक इन्डूरोलाई पोखरा राइडर्स क्लबले नेपालमै पहिलोपल्ट भित्राएको क्लब अध्यक्ष सोनिक क्षेत्रीले बताए ।
आउटडोर स्पोर्ट्सले भर्खरै पर्यटनको राजधानी घोषित पोखरा र समग्र गण्डकी प्रदेशको पर्यटनमा टेवा पुग्ने नेपाल अटोमोबाइल एसोसिएसन गण्डकी अध्यक्ष शिव श्रेष्ठले बताए । नेपाल अटोमोबाइल्स एसोसिएसन उपाध्यक्ष अनिल के. बरालले खेलाडीलाई अनुशासनको सपथ ग्रहण गराई सुरुआत गराएका थिए । विभिन्न संघसंस्थाले सहयोग गरेको प्रतियोगिताको प्रवद्र्धन नेपाल पर्यटन बोर्डले गरेको थियो । सो अवसरमा एटिभी डेमोस्ट्रेसन रेस भएको थियो । यस वर्ष खुलेको पोखरा राइडर्स क्लब साइक्लिष्टहरुको संस्था हो ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
५विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी

प्रतिक्रिया