
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
५विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
६कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
७पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
८दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
९फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
१०दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
११कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१२नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
पर्वत । नेपाल पत्रकार महासङ्घ पर्वत शाखाको आयोजना तथा सामाजिक विकास कार्यालयको सहयोगमा भएको कार्यक्रममा कार्यालयले चालु आर्थिक वर्षमा कार्यालयले सम्पादन गरेका कामहरू सार्वजनिक गरेको छ ।
कार्यालयले हालसम्मको प्रगति ३७ प्रतिशत रहेको जानकारी दिँदै विभिन्न समस्याका कारण सोचेजस्तो कार्य प्रगति हुन नसकेको कार्यक्रममा बोल्दै कार्यालय प्रमुख टङ्कनाथ ढकालले कार्यालयको बताए । कार्यालयमा चार करोड आठ लाख ९५ हजार रुपैयाँ कुल बजेट प्राप्त भएको भए पनि चैतसम्मको अवस्था सबै बजेट कार्यान्वयन हुन नसकेको बताए । विभिन्न योजनाका लागि आएका बजेट कार्यान्वयनको लागि उपभोक्ता समिति निर्माण हुन नसक्दा समस्या देखिएको उनको भनाई छ ।
राजनीतिक दलहरूबिच हुने खिचातानी र योजनाको अपनत्व आफूले लिने नाउँमा विवाद देखिँदा समितिहरू निर्माण हुन नसकेका ढकालले जानकारी दिए । कार्यालयमा आवश्यकता अनुसारको जनशक्ति नहुने लगायतका समस्याका कारण पनि तत्काल नै कार्य प्रगति देखाउन नसकिएको पनि कार्यालय प्रमुख ढकालले उल्लेख गरे । कार्यालयले एकल महिला, अपाङ्गता भएका व्यक्तिहरू, दलित, लगायत राज्यको मूल धारमा समाहित हुने नसकेको समूहका लागि लक्षित कार्यक्रमहरू सञ्चालन गरिरहेको उनको भनाई छ ।
कार्यक्रममा बोल्दै पर्वतका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद आचार्यले सरकार एक्लैले शासन गर्न नसक्ने भएकाले नै राज्यका हरेक अङ्गहरूको प्रयोग गरेर मुलुकलाई समृद्ध बनाउन सकिने बताए । सेवा प्रदायकमा रूपमा रहने कार्यालयहरूले आफूले सम्पादन गरेका कामहरू सार्वजनिक गरेर जनताका माझमा लैजानुपर्ने उनको भनाई छ । कार्यालयमा आएका योजनाहरूको बारेमा जानकारी नपाउँदा योजनाको पर्खाइमा बसेकाहरू बेखबर हुने र योजनाहरू कार्यालयबाट फिर्ता हुने अवस्था आउन नदिनका लागि प्रगति सार्वजनिक गर्ने अभ्यास गरिनुपर्ने प्रमुख जिल्ला अधिकारी आचार्यले बताए ।
कार्यक्रममा बोल्दै शिक्षा विकास तथा समन्वय इकाई पर्वतका प्रमुख उद्धीमराज पौडेलले पत्रकारिताका माध्यमबाट सेवा प्रदायकहरूलाई खबरदारी गर्ने काम भइरहेकोमा खुसी व्यक्त गरे । कार्य सम्पादनका क्रममा कहिलेकाहीँ नजानेरै तलमाथि भएका विषयलाई सुधार गर्ने अवसर खबरदारीले दिने उनको भनाइ छ ।
नेपाल पत्रकार महासङ्घ पर्वत शाखाका अध्यक्ष सन्तोष थापाले जिल्लामा क्रियाशील सञ्चारकर्मीहरूले सेवा प्रदायकले प्रदान गरिरहेका सेवाहरूको बारेमा खबरदारी गर्दै बाहिर ल्याउने काम गरिरहेको बताए । जिल्लामा रहेका सरकारी कार्यालयहरूसँगको सहकार्यमा जनतालाई सुसूचित बनाउने कर्ममा आफूहरू थप सक्रियताका साथ लाग्ने उनको भनाई छ ।
हार्नेस जीपलाईनको रिसोर्ट साउनेबगरमा भएको कार्यक्रममा जिल्लामा क्रियाशील सञ्चारकर्मीहरू सहित सामाजिक विकास कार्यालयका कर्मचारीहरू सहित यसका सरोकारवालाहरूको सहभागिता रहेको थियो । नेपाल पत्रकार महासङ्घ पर्वतका शाखाका अध्यक्ष सन्तोष थापाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव राजबाबु पि.सी.ले गरेका थिए ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
५विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी

प्रतिक्रिया