
१खुर्कोटमा मन्दिर–सडक जग्गा विवाद टुंगियो, सहमतिमै सडक निर्माण अघि बढ्यो
२५२ वटा स्मार्ट बोर्ड हस्तान्तरण : मोदी गाउँपालिकाको शिक्षामा प्रविधिमैत्री फड्को
३शिक्षक नेतालाई काजमा खटाउन रोक, पढाउनै पर्ने
४पर्यटन गुरुयोजनामार्फत पर्वतलाई प्रमुख पर्यटकीय गन्तव्य बनाइने
५शिवालय गुठीको ऐतिहासिक इनार संरक्षणमा जुट्यो कुश्मा नगरपालिका–६
६गण्डकी प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिता : तनहुँ प्रथम, आयोजक पर्वत तेस्रो
७विहादीमा दलित सशक्तीकरण कार्यक्रम, जातीय विभेद अन्त्य गर्न अध्यक्ष गुरुङको आग्रह
८मोदीको सफलता : तिलाहार बोरिङ खानेपानी आयोजना सफल, १६० घरधुरीमा सुरक्षित खानेपानी पुग्ने
९प्रदेश अस्पताल कुश्मामा EWARS अभिमुखीकरण कार्यक्रम सम्पन्न
१०गुप्तेश्वर धार्मिक तथा पर्यटकीय संस्थाको अध्यक्षमा सन्तु गिरी
११पर्वत पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा
१२मोदी गाउँपालिकाको १८ वर्षदेखि बन्द माटे लेकको स्लेट खानी सञ्चालन गर्ने तयारी
१कुश्मा–२ खुर्कोटमा वडा सदस्य क्षेत्रबहादुर क्षेत्रीको पहलमा १.३ किलोमिटर ग्रामीण सडक निर्माण सम्पन्न
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
४सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
५फलेवास–७ मा ११ केभी विद्युत लाइन विस्तार विवाद
६महिलाको हत्या गरी गहना लुट्ने र खरिद गर्ने २ जना पक्राउ
७बिमा दाबी गर्न बुटवलमा आफ्नै सुनचाँदी पसलमा चोरीको नाटक, सञ्चालकसहित दुई पक्राउ
८मानवीय अभियानको सफलता : अपाङ्ग वैषलालले पाए आफ्नै भूमि
९मुस्ताङमा नियन्त्रणमा लिइएका बिवाइडी गाडी फुकुवा
१०फुटबलको महाकुम्भ विश्वकप आज मध्यरातमा सुरु हुँदै
११श्री सर्वेश्वर महादेव मन्दिरमा MRR टीम पर्वतद्वारा भजन–कीर्तन सम्पन्न
१२सरकारी विज्ञापनसम्बन्धी निर्णयविरुद्ध पर्वतमा धर्ना, सरकारलाई हस्ताक्षर बुझाइयो
काठमाडौं । नेकपा एमाले र नेकपा एकीकृत समाजवादीका सांसदहरुले क्रसर खोल्नुअघि अनिवार्य रुपमा सार्वजनिक सुनुवाई गर्नुपर्ने प्रस्ताव गरेका छन् । सरकारले हालै प्रतिनिधि सभामा दर्ता गरेको ‘निर्माणमुखी सामाग्री (व्यवस्थापन तथा नियमन) सम्बन्धी विधेयक’मा संशोधन राख्दै यस्तो प्रस्ताव गरेका हुन् ।
‘निर्माणमुखी खनिज क्षेत्र पहिचान गर्नुपूर्व र क्रसर उद्योगलगायतका निर्माणमुखी खनिज पदार्थ प्रशोधन उद्योग स्थापना गर्नुपूर्व प्रभावित क्षेत्रका समुदाय समक्ष तोकिए बमोजिम सार्वजनिक सुनुवाई कार्यक्रम आयोजा गरी परामर्श र सहमति लिनु पर्नेछ’ एकीकृत समाजवादीका उपाध्यक्ष एवं प्रतिनिधिसभा सदस्य राजेन्द्र पाण्डेसहित ६ जना सांसदको छुट्टाछुट्टै रुपमा संशोधन प्रस्ताव छ ।
यस्तो एकै बेहोराको संशोधन प्रस्ताव गर्नेहरुमा एकीकृत समाजवादीकै सांसदहरु मेटमणी चौधरी, शेरबहादुर कुँवर, अम्मरबहादुर थापा, नेकपा एमालेका सांसदद्धय नारायणप्रसाद आचार्य र सुर्यप्रसाद ढकाल रहेका छन् ।
प्रस्तावित विधेयकको परिच्छेद २ मा निर्माणमुखी खनिज क्षेत्रको पहिचान, संरक्षण तथा उत्खनन सम्बन्धी व्यवस्था छ । विधेयकको दफा ३ मा निर्माणमुखी खनिज क्षेधको पहिचान गर्नुपर्ने व्यवस्था छ ।
प्रस्तावित विधेयक जस्ताको तस्तै पारित भए नेपाल सरकारले सरकारी वा सार्वजनिक जग्गामा निर्माणमुखी खनिज पदार्थको उत्खनन, संकलन र प्रशोधन गर्ने प्रयोजनका लागि त्यस्तो क्षेत्रको पहिचान गर्नुपर्ने हुन्छ । यसका लागि त्यस्तो क्षेत्रको भौगभिक अध्ययन र सर्भेक्षण गर्नुपर्ने लगायतका प्रावधान राखिएको छ ।
यसमा संशोधन प्रस्ताव दर्ता गर्दै नेकपा एमाले र नेकपा एकीकृत समाजवादीका ६ जना सांसदले निर्माणमुखी खनिज क्षेत्र पहिचान गर्नुपूर्व नै प्रभावित क्षेत्रका समुदाय समक्ष सार्वजनिक सुनुवाई गरी परामर्श र सहमति लिनु पर्ने प्रस्ताव गरेका छन् । साथै, क्रसर उद्योग खोल्नुअघि पनि सार्वजनिक सुनुवाई गर्नुपर्ने उनीहरुको प्रस्ताव छ ।


१कुश्मा–२ खुर्कोटमा वडा सदस्य क्षेत्रबहादुर क्षेत्रीको पहलमा १.३ किलोमिटर ग्रामीण सडक निर्माण सम्पन्न
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
४सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
५फलेवास–७ मा ११ केभी विद्युत लाइन विस्तार विवाद

प्रतिक्रिया