
१शंकरपोखरीमा ५० हजार राशीको भलिवल प्रतियोगिता हुँदै
२प्रदेश अस्पताल पर्वतको वार्षिक समीक्षा सम्पन्न, सेवा प्रवाह सुधारलाई प्राथमिकता
३जलजलाका बाढी पहिरो प्रभावित ५६ परिवारलाई राहत सामग्री वितरण
४ऐतिहासिक कथामा आधारित चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न
५आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
६असोज २५ को बूढीगण्डकी बाढीमा फसेको कुकुर भोकै, उद्धारका लागि स्थानीयको अपिल
७मोदी गाउँपालिकामा मंगलबारदेखि राज्य सुविधा परिचय पत्र वितरण सुरु
८ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने
९घाँस काट्दा देब्रे हात नै गुमाउनुपरेपछि सहयोगको अनुरोध
११पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
१२कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
१पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
२पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
३बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
४कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
६पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
७आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
८ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने
९घाँस काट्दा देब्रे हात नै गुमाउनुपरेपछि सहयोगको अनुरोध
१०मोदी गाउँपालिकामा मंगलबारदेखि राज्य सुविधा परिचय पत्र वितरण सुरु
११असोज २५ को बूढीगण्डकी बाढीमा फसेको कुकुर भोकै, उद्धारका लागि स्थानीयको अपिल
१२जलजलाका बाढी पहिरो प्रभावित ५६ परिवारलाई राहत सामग्री वितरण
पोखरा। नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गर्ने आठौँ संस्करणको पोखरा स्पोर्ट्स अवार्डको सन्दर्भमा बिहीबार छलफल कार्यक्रमको आयोजना गरिएको छ । छलफल कार्यक्रमका सहभागीले पोखरा स्पोर्ट्स अवार्डको ओज बेग्लै रहेको भन्दै यसलाई अझै भव्य बनाउन सहयोग गर्ने प्रतिवद्धता जनाउदै महत्वपूर्ण सुझाब समेत दिएका छन् ।
छलफल कार्यक्रममा बोल्दै सहारा क्लबका मानार्थ सदस्य एवं खेलकुदकर्मी तथा समाजसेवी महेश गुरुङले निरन्तर रुपमा आयोजना भैरहेको यो कार्यक्रमलाई भव्य बनाउन आफ्नो ठाउँबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाए । निरन्तर अवार्ड कार्यक्रमलाई सहयोग गरिरहेका उनले यो कार्यक्रमले खेलाडी तथा खेल क्षेत्रमा अगाडि बढेका संस्था तथा क्लबलाई काम गर्न उर्जा थप्ने गरेको बताए । कठिन परिस्थितीमा आयोजना हुन लागेको कार्यक्रममा सहयोग जुटाउन आफ्नो ठाउँबाट पहल गर्ने उनको भनाई थियो । सहयोग जुटाउनका लागि गर्नुपर्ने केही कार्यक्रमको बारेमा समेत उनले सुझाब दिए ।
सहारा क्लबका मानार्थ सदस्य एवं खेलकुदकर्मी ताथ समाजसेवी लोकबहादुर गुरुङले अवार्ड कार्यक्रमको रौनकता बेग्लै हुने गरेको बताए । यो कार्यक्रम खेलाडी प्रशिक्षक र खेलकर्मीलाई अगाडि बढ्न कोशेढुंगा सावित हुँदै गएको सुनाए । कार्यक्रमलाई थप आर्कषक बनाउन र सहयोग उठाउनको लागि समेत अवार्ड कार्यक्रम भन्दा अगाडि च्यारिटी डिनर साँझको आयोजना गर्न सुझाब दिए ।
राम बजार सोसाइटी युकेका पूर्व अध्यक्ष एवं पूर्व राष्ट्रिय फुटबल खेलाडी रुपक गुरुङले कार्यक्रमको महत्वका कारण धेरैं व्यक्ति तथा संस्थाले सहयोग गर्न खोज्ने भएकोले त्यसलाई ध्यान दिँदै क्रियाशिलता बढाउन मञ्चलाई सुझाब दिए । निरन्तर रुपमा अवार्ड कार्यक्रम आयोजना गर्नको लागि कोष खडा गर्न सके अझै सजिलो हुने उनको भनाई थियो । अनावश्यक खर्च नगरी कम खर्चमा उत्कृष्ट कार्यक्रम पस्कनुपर्नेमा उनको जोड थियो ।
सहारा युकेका अध्यक्ष भोजबहादुर गुरुङले आफ्नो ठाउँबाट सकेको सहयोग गर्ने बताए । तमुधि युकेका सल्लाहकार एवं घोताने समाज युकेका संस्थापक अध्यक्ष तथा दुर्लुङ समाज युकेका संस्थापक अध्यक्ष समेत रहेका नरजंग गुरुङले समेत अवार्ड कार्यक्रमलाई सफल बनाउन सघाउने प्रतिवद्धता जनाए । सहारा क्लब पोखराका सचिव टंक पौडेलले क्लबले अवार्ड कार्यक्रममा आवश्यक सहयोग गर्ने बताए ।
नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दीननाथ बरालको अध्यक्षतामा भएको छलफल कार्यक्रममा, खेलकुद पत्रकार मञ्च गण्डकीका पूर्व सल्लाहकार सुदर्शन रञ्जित, मञ्चका उपाध्यक्ष सुरज श्रेष्ठ, महासचिव राजाराम पौडेल र सचिव शशीकुमार पौडेलले समेत अवार्ड कार्यक्रमको तयारी लगायतका विषयमा बोलेका थिए ।
मञ्चले आगामी बैशाख २१ गते शुक्रबार अवार्ड कार्यक्रम गर्दैछ । अवार्ड कार्यक्रमलाई भव्य बनाउन तयारीमा तीव्रता दिइएको महासचिव राजाराम पौडेलले जनाए ।
अवार्ड कार्यक्रम मार्फत वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उदीयमान खेलाडी, लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब र वर्ष उत्कृष्ट खेल पत्रकारलाई अवार्ड प्रदान गरिने महासचिव पौडेलले जनाए ।
अवार्ड कार्यक्रममा गण्डकी प्रदेश सरकारको विशेष सहयोग रहनेछ भने पोखरा महानगरपालिकाले प्रवद्र्धन गर्नेछ । राष्ट्रिय खेलकुद परिषदले समेत अवार्ड कार्यक्रममा सघाउनेछ । अफिसियल रिसोर्टको रुपमा पोखरा लेकसाइडमा रहेको मझेरी रिर्सोट एण्ड स्पा रहेको छ । थप सहयोगी व्यक्ति तथा संस्था जोडिने क्रम जारी रहेको मञ्चले जनाएको छ । खेलाडी तथा खेल क्षेत्रमा क्रियाशिललाई उर्जा थप्न मञ्च गण्डकीले २०७२ सालदेखि हरेक वर्ष पोखरा स्पोर्ट्स अवार्ड गर्दै आएको हो ।


१पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
२पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
३बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
४कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा

प्रतिक्रिया