
१शंकरपोखरीमा ५० हजार राशीको भलिवल प्रतियोगिता हुँदै
२प्रदेश अस्पताल पर्वतको वार्षिक समीक्षा सम्पन्न, सेवा प्रवाह सुधारलाई प्राथमिकता
३जलजलाका बाढी पहिरो प्रभावित ५६ परिवारलाई राहत सामग्री वितरण
४ऐतिहासिक कथामा आधारित चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न
५आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
६असोज २५ को बूढीगण्डकी बाढीमा फसेको कुकुर भोकै, उद्धारका लागि स्थानीयको अपिल
७मोदी गाउँपालिकामा मंगलबारदेखि राज्य सुविधा परिचय पत्र वितरण सुरु
८ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने
९घाँस काट्दा देब्रे हात नै गुमाउनुपरेपछि सहयोगको अनुरोध
११पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
१२कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
१पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
२पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
३बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
४कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
६पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
७आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
८ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने
९घाँस काट्दा देब्रे हात नै गुमाउनुपरेपछि सहयोगको अनुरोध
१०मोदी गाउँपालिकामा मंगलबारदेखि राज्य सुविधा परिचय पत्र वितरण सुरु
११असोज २५ को बूढीगण्डकी बाढीमा फसेको कुकुर भोकै, उद्धारका लागि स्थानीयको अपिल
१२जलजलाका बाढी पहिरो प्रभावित ५६ परिवारलाई राहत सामग्री वितरण
पोखरा । रंगहरुको पर्व होलीको अवसरमा पोखरामा ‘दोश्रो होली म्यूजिक फेष्टिवल–२०८०’ हुने भएको छ । पोखरा सांगीतिक कलाकार संघले रंगहरुको पर्व होलीको अवसरमा यहि चैत ११ गते आईतबार पोखराको लेकसाईड हल्लनचोकस्थित क्याम्पिङचौरमा होली म्यूजिक फेष्टिवल गर्न लागेको विहीबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । २०७५ सालमा पहिलो पटक आयोजना गरेको संघको यो दोश्रो होली म्यूजिक फेष्टिवल हो ।
कलाकार कोष अभिवृद्धि तथा कलाकार उपचार अक्षयकोषको स्थापनार्थ हुने कार्यक्रम होलीको दिन पूर्वाह्न ११ बजेदेखि अपराह्न ५ बजेसम्म जारी रहने जनाइएको छ । प्रवेश निःशुल्क रहेको ‘पोखरा होली म्यूजिक फेष्टिवलमा ‘जोमसोमै बजार, बाह्र बजे हावा सरर’ बोलको गीतका ओरिजिनल सिंगर तथा नेपथ्य व्याण्डका पूर्व भोकलिष्ट गौतम गुरुङसहित आधा दर्जन चर्चित कलाकारहरुले प्रस्तुती दिने संघका अध्यक्ष हर्कराज गुरुङ (भाई)ले जानकारी दिए । कार्यक्रममा देउराली व्याण्डका आनन्द बज्राचार्य, विनोद बानिया, पखेरी व्याण्डका ईन्द्र गुरुङ, उषा गुरुङ, मीलन गुरुङ, प्रिया गुरुङ, ब्रोसिस व्याण्डका प्रकाश राना र रोहनजंग कार्कीले प्रस्तुती दिने उनले बताए ।
कार्यक्रमको अन्त्यमा डिजे भिटिजे बिजयले डिजेईङको मज्जा चखाउँदै समापन गर्ने कार्यक्रम संयोजक तथा संघका सचिव भाष्करध्वज श्रेष्ठले जानकारी दिए ।टुबोर्गको मुख्य प्रायोजक र सिग्नेचर सहप्रायोजक रहेको कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको आयोजक पोखरा सांगीतिक कलाकार संघ नेपालले जनाएको छ ।
राष्ट्रको गहना मानिने कलाकार आर्थिक अभावका कारण अकालमै मृत्यूको मुखमा पुग्ने अवस्था अहिलेपनि रहेकाले उनीहरुको उपचारमा सघाउनका लागि कलाकार उपचार अक्षयकोष तथा कलाकार कोष अभिबृद्धि गर्ने उद्धेश्यले कार्यक्रम गर्न लागिएको अध्यक्ष गुरुङले बताए । उनले कला संगीतको विकास अनि संस्कृति संरक्षणसँगै पर्यटन प्रवद्र्धन गर्न कार्यक्रमले सघाउने बताए ।
संघका सचिव तथा कार्यक्रम संयोजक भाष्करध्वज श्रेष्ठले फागु पूर्णिमाको दिन रंगसँग संगीत जोडेर होलीलाई विशेष बनाउने प्रयास गरिएको बताए । उनले भने,‘पर्वलाई विशेष रुपमा मनाएर रमाइलोसँगै संस्कृति संरक्षण र पर्यटन प्रवद्र्धनमा सघाउनु कार्यक्रमको उद्देश्य हो । कलाकारहरु माग्न जान्दैनन् । अवस्था जतिसुकै दयनीय भएपनि सहयोगका लागि हात फैलाउँदैनन् । तर अवस्था नाजुक भने हुन्छ त्यसैले ती सबै कलाकारको उपचारका लागि अक्षय कोष र कलाकार कोषको अभिबृद्धि गर्ने कार्यक्रमको उद्देश्य छ ।’


१पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
२पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
३बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
४कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा

प्रतिक्रिया