
१अमर टिका स्मृति दिवसमा पञ्च दिवसीय कार्यक्रम
२EPS-TOPIK 2026 का लागि आवेदन खुला, ७ हजार २०० उम्मेदवार छनोट गरिने
३जन्मदिनलाई समाजसेवामा रूपान्तरण , राहले प्रहरी चौकीलाई प्रिन्टरसहित फोटोकपी मेसिन सहयोग
४भु– तथा जलाधार व्यवस्थापन कार्यालयका योजनाहरुको अनुगमन, ९० प्रतिशत प्रगति
५पर्वतमा ट्याक्टर दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु
६नयाँ नेतृत्वसँगै गुप्तेश्वर गुफाको संरक्षण र प्रवर्द्धनमा तीव्रता
७महाशिला–५ काे वडा कार्यालयकाे निर्णय : जिल्ला प्रशासन कार्यालयबाटै प्रशासनिक सेवा दिनुपर्ने
८मोदी गाउँपालिकाले असार ३२ गते सार्वजनिक सुनुवाइ गर्दै
९शुक्ला साहित्य प्रतिष्ठानमा भानु जयन्ति
१०चालु बर्षमा बिहादीको कुल खर्च ८० प्रतिशत
११मोदी गाउँपालिकाले कोटकालिका बाजा समूहलाई परम्परागत बाजा हस्तान्तरण
१२संसद्मा गृहमन्त्रीको प्रष्टीकरण – गणेशलाई बचाउन अथक प्रयास गरेकै हो, ढाँट्न आउँदैन
१कुश्मा–२ खुर्कोटमा वडा सदस्य क्षेत्रबहादुर क्षेत्रीको पहलमा १.३ किलोमिटर ग्रामीण सडक निर्माण सम्पन्न
२प्रदेश अस्पताल कुश्मामा EWARS अभिमुखीकरण कार्यक्रम सम्पन्न
३मोदी गाउँपालिकाे पार्वती मन्दिर–मोदीघाट गोरेटो बाटो निर्माण अन्तिम चरणमा
४पर्वतका सातै स्थानीय तहको बजेट सार्वजनिक, विकास र रोजगारी मुख्य प्राथमिकतामा
५महाशिला गाउँपालिकाको ४६ करोड ४७ लाख रुपैयाँको बजेट, शिक्षा, कृषि र पूर्वाधारलाई प्राथमिकता
६सार्वजनिक बिदाको दिन पनि खुल्ने भयो मोदी गाउँपालिकाको कार्यालय
७जलजलाले ल्यायो ५३ करोडको बजेट, रोजगारी र पूर्वाधारमा जोड
८५२ वटा स्मार्ट बोर्ड हस्तान्तरण : मोदी गाउँपालिकाको शिक्षामा प्रविधिमैत्री फड्को
९विहादी गाउँपालिकाले ल्यायो ४६ करोड ४५ लाखको बजेट, कृषि र स्वास्थ्य मुख्य प्राथमिकतामा
१०गण्डकी प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिता : तनहुँ प्रथम, आयोजक पर्वत तेस्रो
११मोदी गाउँपालिकाले असार ३२ गते सार्वजनिक सुनुवाइ गर्दै
१२चालु बर्षमा बिहादीको कुल खर्च ८० प्रतिशत
काठमाडाैँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८० को तयारी अन्तिम चरणमा पुगेको जनाएकाे छ। बोर्डले चैत्र १५ गतेदेखि सुरु हुने परीक्षाको तयारी अन्तिम चरणमा पुगेको जनाएको हो।
चैत १५ गतेबाट सुरु हुने परीक्षा चैत २७ गते समापन हुनेछ। यो वर्ष देशभरबाट ५ लाख ३ हजार भन्दा बढी विद्यार्थीले एसईई दिन परीक्षा फाराम भरेका छन्। बोर्डले परीक्षाको लागि प्रश्नपत्र देशभरका ७४ जिल्लामा पठाइसकेको जनाएकाे छ। काठमाडौँ उपत्यकाका तीन वटै जिल्लामा केही दिनमा पठाउने तयारी भइरहेको राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी दिए।
७४ वटै जिल्लाका जिल्ला प्रहरी कार्यालयमा प्रश्नपत्र पठाइएको हो। काठमाडौँ उपत्यकाको हकमा २२/२३ वटा प्रहरी कार्यालयमा पठाउनुपर्ने भएकाले केही समय लागेको पौडेलले बताए। ‘प्रश्नपत्र काठमाडौँ बाहेकका जिल्ला पुर्याइसकियो। काठमाडौँका प्रहरी चौकी चौकी पुर्याउनुपर्छ। यहाँ १/२ दिनमा जान्छ। यहाँ २२/२३ ठाउँमा पठाउनुपर्छ। भित्र ट्रकमा पठाउन मिल्दैन। सानो गाडीमा पठाउनुपर्ने हुन्छ। त्यो बाहेक प्रश्नपत्रबाहेकको प्रदेश र जिल्लाले गर्ने काम पनि भइरहेको छ’ पौडेलले भने।
जिल्ला प्रहरी कार्यालयमा पठाइएका प्रश्नपत्रहरू परीक्षा सुरु हुनुभन्दा केही समय अगाडि मात्रै सुरक्षासहित सम्बन्धित परीक्षा केन्द्रमा पठाइनेछन्। त्यस्तै उत्तरपुस्तिका समेत सातै प्रदेशबाट पठाउने काम भइसकेको छ। प्रश्नपत्र बोर्डले पठाउने गरेको छ भने उत्तरपुस्तिका प्रदेश सरकारले पठाउने गरेको छ। त्यस्तै परीक्षा सञ्चालन गर्न आवश्यक पर्ने खर्च समेत प्रदेश सरकारबाटै हुने परीक्षा नियन्त्रण पौडेलले बताए।
उत्तरपुस्तिका पठाउने, परीक्षा केन्द्रहरूमा परीक्षा सञ्चालन गर्न खर्च पठाउने काम पनि प्रदेश सरकारले गर्ने हो। यो वर्ष ५ लाख प्रश्नपत्र छापिएका छन्। परीक्षा फाराम भरेका सबै विद्यार्थीले परीक्षा दिन नआउने भन्दै बोर्डले ५ लाख मात्रै प्रश्नपत्र छापेको हो।
प्रदेश सरकार अन्तर्गत रहेको सामाजिक सुरक्षा मन्त्रालयले परीक्षा सञ्चालनको लागि आवश्यक पर्ने खर्चको व्यवस्थापन गर्दै आएको हो। केन्द्राध्यक्ष, निरीक्षक, सुरक्षा व्यवस्था लगायतको कार्य प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको जिल्ला परीक्षा समन्वय समितिले गर्नेछ। केन्द्राध्यक्ष, निरीक्षकहरू नियुक्त गरेपछि उनीहरूले तालिम समेत प्रदान गर्ने गरिन्छ। त्यसका लागि परीक्षा हुनुभन्दा केही दिन अगाडि मात्रै तालिम दिने गरिन्छ।
नेपाल बाहिर जापानमा एउटा परीक्षा केन्द्र तोकिएको छ। जहाँ २१ जना विद्यार्थीले एसईई दिनेछन्। जापानमा परीक्षा सञ्चालनका लागि बोर्डबाट दुई जना जाने भन्ने नीतिगत व्यवस्था थियो। तर, अहिलेसम्म नगएको उनको भनाइ छ बोर्डबाट कोही नगएपछि त्यही स्कुलको प्रिन्सिपललाई केन्द्राध्यक्ष तोकेर परीक्षा गर्न लागिएको पौडेलले बताए। परीक्षा सञ्चालन भइसकेपछि उत्तरपुस्तिकाहरू नेपाल पठाइने र नेपालबाटै परीक्षण हुने उनको भनाइ छ।
बोर्डले ‘लेटर ग्रेडिङ निर्देशिका २०७८’ अनुसार एसईई गर्न लागेको जनाएकाे छ। बोर्डका अध्यक्ष डा. महाश्रम शर्माका अनुसार लेटर ग्रेड निर्देशिका पहिलो पटक लागू गर्न लागिएको हाे।
न्यूनतम ‘बी’ ग्रेड ल्याउनको लागि सैद्धान्तिकमा ३५ प्रतिशत अनिवार्य ल्याउनुपर्ने अध्यक्ष शर्माले बताए। यस पटक नयाँ लेटर ग्रेडिङ निर्देशिका अनुसार न्यूनतम बी ग्रेड ल्याउनको लागि सैद्धान्तिकमा ३५ प्रतिशत र प्रयोगात्मकमा ४० प्रतिशत अनिवार्य गरिएको बताए।
२ वटाको छुट्टा छुट्टै रूपमा ल्याउनुपर्ने व्यवस्था गरिएको हो। विगतमा सैद्धान्तिक र प्रयोगात्मक दुवै जोडेर ३५ प्रतिशत ल्याउनुपर्ने व्यवस्था थियो। यो पटक भने दुवै छुट्टा छुट्टै अङ्क ल्याउनुपर्ने व्यवस्था गरिएको हो।
कक्षा ११ र १२ को हकमा भने उक्त निर्देशिका कार्यान्वयन भएको २ वर्ष भयो। कक्षा १० को हकमा पहिलो पटक कार्यान्वयनमा आउन लागेको हो। राष्ट्रिय पाठ्यक्रम परिषद्ले नयाँ पाठ्यक्रम लागू भएपछि कक्षा १० मा नयाँ ग्रेडिङ निर्देशका लागू गर्ने निर्णय भएको थियो । सोही आधारमा यो वर्ष नयाँ पाठ्यक्रम अनुसार पठनपाठन भएको र परीक्षा पनि सोही अनुसार हुन लागेको बताए।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मन्त्रीस्तरीय निर्णयबाट ७ पुस २०७८ मा निर्देशिका जारी गरेको थियो। विद्यार्थीको सिकाई क्षमतालाई यथारूपमा प्रमाणीकरण गर्ने, सिकाई उपलब्धिको मापनबाट प्राप्त अङ्कगत स्तरलाई आठवटा अक्षरगत स्तरमा सूचित गर्ने निर्देशिका उद्देश्य रहेको छ।
शैक्षिक क्षतिलाई न्यूनीकरण गर्दै शैक्षिक गुणस्तर प्रवर्धन गर्ने, एकल विषय प्रमाणीकरणका माध्यमबाट विद्यार्थीको बहु बौद्धिकताका आधारमा सिकाई अवसर प्रदान गर्ने समेत निर्देशिकाको उद्देश्य रहेको छ।
उक्त निर्देशिका विद्यालय शिक्षा (कक्षा १-१२) मा लागू भएको हो। कक्षा १० को एसईई, कक्षा ११ को वार्षिक परीक्षा र कक्षा १२ को बोर्ड परीक्षाका अतिरिक्त अन्य कक्षाहरूको हकमा समेत उक्त निर्देशिका अनुसार नै मूल्याङ्कन हुने गरेको हो। निर्देशिका अनुसार ३५ प्रतिशत भन्दा कम अङ्क ल्याएको खण्डमा उक्त विद्यार्थीले प्रमाणपत्र नपाउने बोर्डले जनाएको छ। त्यसका लागि विद्यार्थीले पुन परीक्षा दिनुपर्ने हुन्छ।
त्यस्तै ३५ देखि ४० प्रतिशतभन्दा कम अङ्क ल्याउने विद्यार्थीलाई स्तरीकृत अंकमा १.६ दिइनेछ भने अक्षरमा डी ग्रेड दिइनेछ। जुन उपलब्धिको स्तरमा आधारभूत (बेसिक) मानिनेछ। ९० प्रतिशत र शो भन्दा माथि प्रतिशत आएको खण्डमा सर्वोत्तम (आउटस्ट्याण्डिङ) मानिने निर्देशिकामा उल्लेख छ।


१कुश्मा–२ खुर्कोटमा वडा सदस्य क्षेत्रबहादुर क्षेत्रीको पहलमा १.३ किलोमिटर ग्रामीण सडक निर्माण सम्पन्न
२प्रदेश अस्पताल कुश्मामा EWARS अभिमुखीकरण कार्यक्रम सम्पन्न
३मोदी गाउँपालिकाे पार्वती मन्दिर–मोदीघाट गोरेटो बाटो निर्माण अन्तिम चरणमा
४पर्वतका सातै स्थानीय तहको बजेट सार्वजनिक, विकास र रोजगारी मुख्य प्राथमिकतामा
५महाशिला गाउँपालिकाको ४६ करोड ४७ लाख रुपैयाँको बजेट, शिक्षा, कृषि र पूर्वाधारलाई प्राथमिकता

प्रतिक्रिया