
१शंकरपोखरीमा ५० हजार राशीको भलिवल प्रतियोगिता हुँदै
२प्रदेश अस्पताल पर्वतको वार्षिक समीक्षा सम्पन्न, सेवा प्रवाह सुधारलाई प्राथमिकता
३जलजलाका बाढी पहिरो प्रभावित ५६ परिवारलाई राहत सामग्री वितरण
४ऐतिहासिक कथामा आधारित चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न
५आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
६असोज २५ को बूढीगण्डकी बाढीमा फसेको कुकुर भोकै, उद्धारका लागि स्थानीयको अपिल
७मोदी गाउँपालिकामा मंगलबारदेखि राज्य सुविधा परिचय पत्र वितरण सुरु
८ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने
९घाँस काट्दा देब्रे हात नै गुमाउनुपरेपछि सहयोगको अनुरोध
११पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
१२कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
१पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
२पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
३बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
४कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
६पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
७आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
८ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने
९घाँस काट्दा देब्रे हात नै गुमाउनुपरेपछि सहयोगको अनुरोध
१०मोदी गाउँपालिकामा मंगलबारदेखि राज्य सुविधा परिचय पत्र वितरण सुरु
११असोज २५ को बूढीगण्डकी बाढीमा फसेको कुकुर भोकै, उद्धारका लागि स्थानीयको अपिल
१२ऐतिहासिक कथामा आधारित चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न
रौतहट । रौतहटको परोहा नगरपालिका–९ खापचोकस्थित शिव मनी ट्रान्सफरमा सञ्चालकलाई गोली हानेर रकम लुट्नेहरु शनिबार पक्राउ परे ।
पक्राउ परेका तीनैजना नेपालको सीमावर्ती क्षेत्रका भारतीय नागरिक हुन् र उनीहरु हतियारसहित मोटरसाइकल चढेर नेपाल आएको पाइएको प्रहरीले जनाएको छ ।
१९ बर्षका मुनिष भन्ने मुनिफकुमार यादव, १८ बर्षका राधा भन्ने राजकुमार पासवान र २० बर्षका चुनुकुमार सिंह भन्ने चन्द्रभान सिंहले तीन महिनादेखि उक्त मनी ट्रान्सफर वरपरको क्षेत्रको निगरानी गरेको पाइएको प्रहरीको भनाइ छ । उनीहरुले शुक्रबार मनी ट्रान्सफर सञ्चालक २६ वर्षका नितेश साहलाई गोली हानेर १ लाख २५ हजार रुपैयाँ लुटेका थिए ।
उनीहरु बिहारको चैनपुरबाट बीआर ०६ सीएल ९७९६ मोटरसाइकल चढेर हतियारसहित नेपाल आएका थिए । प्रहरीका अनुसार मुनिफकुमार यादव र चन्द्रभान सिंह पेस्तोल लिएर मनी ट्रान्सफर रहेको भवनमा पुगेका थिए भने राजकुमार खाली हात प्रवेश गरेका थिए ।
उनीहरुले काउन्टरमा बसेका सञ्चालक साहलाई कब्जामा लिएर कार्यालयमा भएको रकम लिएर निस्कन लाग्दा साहले प्रतिकार गरेका थिए ।त्यसपछि साहलाई गोली हानेर मोटरसाइकलमा भागेको पाइएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी महेन्द्र श्रेष्ठले बताए ।
घटनामा घाइते भएका नितेश साहको बाराको परबानीपुरस्थित एलएस न्यूरो अस्पतालमा उपचार गरिएको थियो ।आँखामा समस्या देखिएकाले थप उपचारका लागि काठमाडौंको तिलगंगा आँखा अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
वित्तीय कारोबार गर्नेहरु त्रासमा
दिनदहाडै भारतबाट हतियार सहित नेपाल प्रवेश गरेर गोली हानेर लुटपाट गरेको घटनाले सीमा क्षेत्रका सहकारी, मनी ट्रान्सफर सञ्चालक र व्यापारीहरु त्रासमा छन् ।खुला सिमानाका कारण आपराधिक मनोवृत्तिका मानिसहरुले एउटा देशमा घटना घटाएर अर्को देशमा लुक्ले जोखिम रहेको छ । ‘खुला सिमानाका कारण कुन व्यक्ति कहाँबाट नेपाल प्रवेश गर्छ भन्न गाह्रो छ’, एसपी श्रेष्ठले भने, ‘भौगोलिक अवस्थाका कारण र सुरक्षा युनिट नभएको ठाउँबाट छलेर यस्ता अपराधीहरु नेपाल तर्फ प्रवेश गरेको देखिन्छ ।’
नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले सीमा क्षेत्रमा निगरानी तथा सुरक्षा सतर्कता बढाएको उनले बताए । ‘हिजोको घटना दुःखद थियो तर हामीले तत्कालै प्रहरी परिचालन गरेर घटनामा संलग्न सबैलाई पक्राउ गरेका छौं’, एसपी श्रेष्ठले भने, ‘उपरीक्षक श्रेष्ठले भने ‘स्थानीय जनता तथा सुरक्षाकर्मी दुवैको सहयोगमा लुटपाटमा संलग्नलाई पक्राउ गरेर कानुनी कारवाही अगाडि बढाएका छौं ।’


१पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
२पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
३बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
४कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा

प्रतिक्रिया