
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
६पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
७दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
८फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
९दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१०कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
११नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
रौतहट । रौतहटको परोहा नगरपालिका–९ खापचोकस्थित शिव मनी ट्रान्सफरमा सञ्चालकलाई गोली हानेर रकम लुट्नेहरु शनिबार पक्राउ परे ।
पक्राउ परेका तीनैजना नेपालको सीमावर्ती क्षेत्रका भारतीय नागरिक हुन् र उनीहरु हतियारसहित मोटरसाइकल चढेर नेपाल आएको पाइएको प्रहरीले जनाएको छ ।
१९ बर्षका मुनिष भन्ने मुनिफकुमार यादव, १८ बर्षका राधा भन्ने राजकुमार पासवान र २० बर्षका चुनुकुमार सिंह भन्ने चन्द्रभान सिंहले तीन महिनादेखि उक्त मनी ट्रान्सफर वरपरको क्षेत्रको निगरानी गरेको पाइएको प्रहरीको भनाइ छ । उनीहरुले शुक्रबार मनी ट्रान्सफर सञ्चालक २६ वर्षका नितेश साहलाई गोली हानेर १ लाख २५ हजार रुपैयाँ लुटेका थिए ।
उनीहरु बिहारको चैनपुरबाट बीआर ०६ सीएल ९७९६ मोटरसाइकल चढेर हतियारसहित नेपाल आएका थिए । प्रहरीका अनुसार मुनिफकुमार यादव र चन्द्रभान सिंह पेस्तोल लिएर मनी ट्रान्सफर रहेको भवनमा पुगेका थिए भने राजकुमार खाली हात प्रवेश गरेका थिए ।
उनीहरुले काउन्टरमा बसेका सञ्चालक साहलाई कब्जामा लिएर कार्यालयमा भएको रकम लिएर निस्कन लाग्दा साहले प्रतिकार गरेका थिए ।त्यसपछि साहलाई गोली हानेर मोटरसाइकलमा भागेको पाइएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी महेन्द्र श्रेष्ठले बताए ।
घटनामा घाइते भएका नितेश साहको बाराको परबानीपुरस्थित एलएस न्यूरो अस्पतालमा उपचार गरिएको थियो ।आँखामा समस्या देखिएकाले थप उपचारका लागि काठमाडौंको तिलगंगा आँखा अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
वित्तीय कारोबार गर्नेहरु त्रासमा
दिनदहाडै भारतबाट हतियार सहित नेपाल प्रवेश गरेर गोली हानेर लुटपाट गरेको घटनाले सीमा क्षेत्रका सहकारी, मनी ट्रान्सफर सञ्चालक र व्यापारीहरु त्रासमा छन् ।खुला सिमानाका कारण आपराधिक मनोवृत्तिका मानिसहरुले एउटा देशमा घटना घटाएर अर्को देशमा लुक्ले जोखिम रहेको छ । ‘खुला सिमानाका कारण कुन व्यक्ति कहाँबाट नेपाल प्रवेश गर्छ भन्न गाह्रो छ’, एसपी श्रेष्ठले भने, ‘भौगोलिक अवस्थाका कारण र सुरक्षा युनिट नभएको ठाउँबाट छलेर यस्ता अपराधीहरु नेपाल तर्फ प्रवेश गरेको देखिन्छ ।’
नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले सीमा क्षेत्रमा निगरानी तथा सुरक्षा सतर्कता बढाएको उनले बताए । ‘हिजोको घटना दुःखद थियो तर हामीले तत्कालै प्रहरी परिचालन गरेर घटनामा संलग्न सबैलाई पक्राउ गरेका छौं’, एसपी श्रेष्ठले भने, ‘उपरीक्षक श्रेष्ठले भने ‘स्थानीय जनता तथा सुरक्षाकर्मी दुवैको सहयोगमा लुटपाटमा संलग्नलाई पक्राउ गरेर कानुनी कारवाही अगाडि बढाएका छौं ।’


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप

प्रतिक्रिया