
१खुर्कोटमा मन्दिर–सडक जग्गा विवाद टुंगियो, सहमतिमै सडक निर्माण अघि बढ्यो
२५२ वटा स्मार्ट बोर्ड हस्तान्तरण : मोदी गाउँपालिकाको शिक्षामा प्रविधिमैत्री फड्को
३शिक्षक नेतालाई काजमा खटाउन रोक, पढाउनै पर्ने
४पर्यटन गुरुयोजनामार्फत पर्वतलाई प्रमुख पर्यटकीय गन्तव्य बनाइने
५शिवालय गुठीको ऐतिहासिक इनार संरक्षणमा जुट्यो कुश्मा नगरपालिका–६
६गण्डकी प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिता : तनहुँ प्रथम, आयोजक पर्वत तेस्रो
७विहादीमा दलित सशक्तीकरण कार्यक्रम, जातीय विभेद अन्त्य गर्न अध्यक्ष गुरुङको आग्रह
८मोदीको सफलता : तिलाहार बोरिङ खानेपानी आयोजना सफल, १६० घरधुरीमा सुरक्षित खानेपानी पुग्ने
९प्रदेश अस्पताल कुश्मामा EWARS अभिमुखीकरण कार्यक्रम सम्पन्न
१०गुप्तेश्वर धार्मिक तथा पर्यटकीय संस्थाको अध्यक्षमा सन्तु गिरी
११पर्वत पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा
१२मोदी गाउँपालिकाको १८ वर्षदेखि बन्द माटे लेकको स्लेट खानी सञ्चालन गर्ने तयारी
१कुश्मा–२ खुर्कोटमा वडा सदस्य क्षेत्रबहादुर क्षेत्रीको पहलमा १.३ किलोमिटर ग्रामीण सडक निर्माण सम्पन्न
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
४फलेवास–७ मा ११ केभी विद्युत लाइन विस्तार विवाद
५महिलाको हत्या गरी गहना लुट्ने र खरिद गर्ने २ जना पक्राउ
६बिमा दाबी गर्न बुटवलमा आफ्नै सुनचाँदी पसलमा चोरीको नाटक, सञ्चालकसहित दुई पक्राउ
७मानवीय अभियानको सफलता : अपाङ्ग वैषलालले पाए आफ्नै भूमि
८मुस्ताङमा नियन्त्रणमा लिइएका बिवाइडी गाडी फुकुवा
९फुटबलको महाकुम्भ विश्वकप आज मध्यरातमा सुरु हुँदै
१०सरकारी विज्ञापनसम्बन्धी निर्णयविरुद्ध पर्वतमा धर्ना, सरकारलाई हस्ताक्षर बुझाइयो
११नेपाली विभागको पर्यावरणीय सचेतता गोष्ठी सम्पन्न
१२महाशिला गाउँपालिकाको ४६ करोड ४७ लाख रुपैयाँको बजेट, शिक्षा, कृषि र पूर्वाधारलाई प्राथमिकता
पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गर्ने आठौँ संस्करणको पोखरा स्पोर्ट्स अवार्डमा अफिसियल रिसोर्टको रुपमा पोखरा लेकसाइडमा रहेको मझेरी रिर्सोट एण्ड स्पाले सघाउने भएको छ । शुक्रबार रिसोर्टमा मञ्चको टोलीसँग भएको भेटघाट तथा छलफल कार्यक्रम पश्चात अघिल्लो वर्षमा जस्तै यो वर्षको अवार्ड कार्यक्रममा समेत अफिसियल रिर्सोटको रुपमा मझेरी रहने निश्चित भएको हो ।
मञ्चका अध्यक्ष दीननाथ बराल, महासचिव राजाराम पौडेल, कार्यसमिति सदस्य एमबी आस्था मगर, सदस्य सागरराज तिमिल्सिना, रोहितराज पराजुलीको टोलीले रिर्सोटका अध्यक्ष अर्जुन खनाल तथा जनरल मेनेजर गुप्त गिरीसँग छलफल गरेको थियो । भेटघाट कार्यक्रममा रेवान पोखराका प्रथम उपाध्यक्ष विश्वराज पौडेल समेत सहभागी थिए ।
अवार्ड कार्यक्रमको महत्व र यसको तयारी समेतको बारेमा जानकारी गराए पश्चात रिसोर्टले अवार्ड कार्यक्रमलाई पुनः साथ दिन तयार भएको मञ्च अध्यक्ष बरालले बताए ।अवार्ड कार्यक्रम गण्डकी प्रदेशको गौरवको कार्यक्रम रहेको कारण यसमा जोडिन पाउदा खुशी लागेको रिर्सोटका अध्यक्ष खनालले प्रतिक्रिया दिए ।
युवा व्यवसायी अर्जुन खनाल र दुर्गा पाण्डेको संयुक्त लगानीमा पोखरामा झण्डै डेढ वर्षदेखि सञ्चालनमा आएको रिर्सोटले छोटो समयमानै पाहुनाको मन जित्दै स्थापित हुन सफल भैसकेको छ । ग्राण्ड ओपनिङको तयारीमा रहेको मझेरीमा १६ करोड भन्दा बढीको लगानी रहेको अध्यक्ष खनालले बताए । शान्त वातावरणमा रहेको सुविधासम्पन्न रिसोर्टमा स्विट र सुपर डिलक्स गरेर ६० वटा रुम छन् । लेकसाइडको स्ट्रिट नम्बर १७ मा रहेको यो रिर्सोटमा कार्यक्रम गर्नको लागि सानो तथा ठुलो हलको समेत व्यवस्था रहेको छ । रिर्सोटमा स्विमिङ पुल, विभिन्न परिकार पाइने रेष्टुरेन्टको सुविधा समेत रहेको छ ।
मञ्चले आगामी बैशाख २१ गते शुक्रबार अवार्ड कार्यक्रम गर्दैछ । अवार्ड कार्यक्रमलाई भव्य बनाउन तयारीमा तीव्रता दिइएको महासचिव राजाराम पौडेलले जनाए ।
अवार्ड कार्यक्रम मार्फत वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उदीयमान खेलाडी, लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब र वर्ष उत्कृष्ट खेल पत्रकारलाई अवार्ड प्रदान गरिने महासचिव पौडेलले जनाए ।
अवार्ड कार्यक्रममा गण्डकी प्रदेश सरकारको विशेष सहयोग रहनेछ भने पोखरा महानगरपालिकाले प्रवद्र्धन गर्नेछ । राष्ट्रिय खेलकुद परिषदले समेत अवार्ड कार्यक्रममा सघाउनेछ । थप सहयोगी व्यक्ति तथा संस्था जोडिने क्रम जारी रहेको मञ्चले जनाएको छ । खेलाडी तथा खेल क्षेत्रमा क्रियाशिललाई उर्जा थप्न मञ्च गण्डकीले २०७२ सालदेखि हरेक वर्ष पोखरा स्पोर्ट्स अवार्ड गर्दै आएको हो ।


१कुश्मा–२ खुर्कोटमा वडा सदस्य क्षेत्रबहादुर क्षेत्रीको पहलमा १.३ किलोमिटर ग्रामीण सडक निर्माण सम्पन्न
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
४फलेवास–७ मा ११ केभी विद्युत लाइन विस्तार विवाद
५महिलाको हत्या गरी गहना लुट्ने र खरिद गर्ने २ जना पक्राउ

प्रतिक्रिया