
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
६पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
७दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
८फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
९दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१०कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
११नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले सहकारी संस्थाहरुको नियामक निकायको कमजोरीले सहकारीमा समस्या देखिएको बताएका छन् ।
राष्ट्रिय सहकारी महासंघको आयोजनामा बिहीबारबाट सुरु भएको प्रथम सहकारी डिजिटल कन्क्लेभमा बोल्दै मन्त्री गिरीले सरकारको नियमन कार्यशैलीमा प्रश्न उठाएका हुन् ।
बैंकहरुलाई नियमन गर्ने राष्ट्र बैंक रहेको जस्तै सहकारीको नियमन गर्ने निकाय पनि आवश्यक भइसकेको मन्त्री गिरीले बताए । पारदर्शिताको अभावले पनि केही सहकारीमा समस्या आएकाले सहकारीलाई पूर्णरुपमा प्रविधियुक्त बनाउनुपर्नेमा उनले जोड दिए ।
मन्त्री गिरीले भने, ‘प्रविधिलाई सम्पूर्णरुपमा आत्मसाथ गर्न सकेनौं भने हामीले पारदर्शिता कायम गर्न सक्दैनौं, सेवा प्रवाहलाई प्रभावकारी बनाउन सक्दैनौं । जब पारदर्शिता हुँदैन र सेवा प्रवाह प्रभावकारी हुँदैन भने आम मानिसको यसप्रतिको विश्वास पनि रहन सक्दैन । अहिले जेजति ढंगले विभिन्न समस्याहरु आइराख्या छन्, यो पारदर्शिताको कमी मुख्य कारण हो भन्ने म ठान्छु ।’
पारदर्शिता कायम गर्न नसके भविष्यमा अहिलेकाभन्दा पनि ठूला चुनौतीहरु आउने चेतावनी उनले दिए । ‘कम्तिमा पनि सहकारीका प्रत्येक सदस्यहरुले मेरो संस्थाले के गरिराख्या छ भन्ने कुरा प्रत्येक दिन जानकारी पाउने गरी हामीले प्रविधिसँग जोड्न सकेनौं भने सहकारीका सदस्यहरु आफ्नो संस्थाप्रति आश्वस्त बन्न सक्ने अवस्था रहँदैन । त्यसकारणले हामीले प्रविधिमैत्री मात्र होइन प्रविधियुक्त बनाएर लिएर जानुपर्छ,’ उनले भने, ‘यसमा कुनै इफ/बट छ भन्ने मलाई लाग्दैन । यदि हामी यो कुरा आत्मसाथ गर्न सकेनौं भने अरु ठूला ठूला प्रश्नहरु हाम्रो अगाडि आउन सक्छन् । हामी योभन्दा भयंकर ठूलाठूला चुनौतीहरु सामना गर्नुपर्ने ठाउँमा आउन सक्छौं ।’
सहकारी संस्थाबाट ऋण लिने व्यक्ति सुविधासम्पन्न गाडी चढेर हिँड्ने तर ऋण दिने व्यक्ति थुनिनुपर्ने अवस्था रहेको भन्दै उनले ऋणीले समयमै ऋणको साँवा, ब्याज चुक्ता गर्नुपर्ने बताए । ऋण नतिर्ने छुट कसैलाई नभएको भन्दै मन्त्री गिरीले कतिपय ऋणीका कारण पनि सहकारी संस्थाहरु समस्यामा परेको बताए ।
उनले सञ्चालकलाई जेल पठाएर सहकारीका बचतकर्ताको बचत फिर्ता हुन नसक्ने धारणा राखे । ‘सबैलाई जेल पठाएर समस्याको समाधान हुँदैन, यस्तो कार्यले हामीले ठूलो समस्या भोग्नु पर्ने हुन्छ, बेलैमा सचेत बन्नुपर्छ,’ उनले भने, ‘सहकारी क्षेत्रमा केही व्यक्तिले गलत गर्यो भन्दैमा सबैलाई लज्जित गर्नु हुँदैन, यो अवस्था हुँदा सरकार कहाँ थियो,’ उनले प्रश्न गर्दै भने, ‘ऋण खाने प्राडोमा र ऋण दिने जेलमा छन्, सहकारी र बैंकबाट ऋण लिएर छोराछोरीलाई अमेरिका र अष्ट्रेलिया पठाउने अनि अहिले समस्या आयो भनेर सञ्चालकलाई गाली गर्ने ?’


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी

प्रतिक्रिया