News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    मुख्य समाचार राष्ट्रिय समाचार

    सुहाङ नेम्वाङ लाई एमालेको कानुन विभागमा मनोनित

    काठमाडौं । नेकपा एमालेले सुहाङ नेम्वाङलाई केन्द्रीय कानुन विभागको सदस्यमा मनोनित गरेको छ । सुहाङलाई कानुन विभाग सदस्यमा मनोनित गरेको पत्र महासचिव शंकर पोखरेलले दिएका छन् ।

    ‘नेकपा एमाले केन्द्रीय सचिवालयको २०८० फागुन ३ गते बसेको २७औं बैठकले तपाईँलाई केन्द्रीय कानुन विभागको सदस्यमा मनोनित गरिएको जानकारी गराउँछु’, महासचिव पोखरेलको पत्रमा उल्लेख छ ।

    सुहाङ एमालेका तत्कालीन उपाध्यक्ष एवं संविधानसभाका अध्यक्ष सुवास नेम्वाङका छोरा हुन् । सुवास नेम्वाङको निधनपछि रिक्त इलाम–२ मा हुन लागेको उपनिर्वाचनमा सुहाङले पनि उम्मेदवारीका निम्ति निवेदन दिएका छन् ।

    प्रतिक्रिया

    ट्रेन्डिङ