SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/११/३० गते
    ५३७ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सम्वादमा आउन नेपाली कांग्रेसलाई आग्रह गरेका छन् । पछिल्लो तीन वर्ष आफूले पटक–पटक सम्वाद गरौं न भन्दा कांग्रेसले नमानेको उनले सुनाए ।

    23Azविश्वासको मत लिने प्रधानमन्त्रीको प्रस्तावमाथि संसदमा भएको छलफलमा भाग लिँदै उनले भने, ‘वर्णाश्रम व्यवस्थामा के चल्दैन भनेको सुनेको थिएँ, कुरा चल्दैन भनेको चाहिँ नेपाली कांग्रेसबाट सुनियो । एमालेसँग कुरा चल्दैन ।’

    उनले अगाडि भने, ‘तीन तीन वर्षसम्म, पुराना मित्र हौ हामी । यो देशका समस्याबारे कुरा गरौं न भन्दा कुरे चल्दैन ।’ संसदमा कुनै पनि दलको बहुमत नभएको र कांग्रेसको केही सिट बढी ल्याए पनि पपुलर भोटमा एमाले अगाडि रहेको भन्दै उनले भने, ‘यो त हुनै थियो ।’

    कांग्रेस सभापति शेरबहादुर देउवा हिजो सत्तापक्षमा रहेको र आज आफू रहेको भन्दै उनले भने, ‘म भन्न चाहन्छु, शेरबहादुरजीलाई । बसौं, कुरा गरौं न । प्रतिपक्षमा बस्दैमा कुरा नचल्ने भन्ने हुँदैन ।’

    देशको समस्या समाधान गर्ने, संविधान कार्यान्वयन गर्ने जस्ता विषयमा सँगै काम गर्न सकिने उनले बताए ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    निजी क्षेत्र अर्थतन्त्रको ऊर्जा र रोजगारीको स्रोतः प्रदेश प्रमुख भट्ट

    पोखरा। गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले निजी क्षेत्र अर्थतन्त्रको उर्जा र रोजगारीको श्रोत रहेको बताउनुभएको...

    विन्ध्यवासिनी माविको ७८औं वार्षिकोत्सव सम्पन्न

    शिशिर , पोखरा । पोखरा १६ बाटुलेचौरस्थित विन्ध्यवासिनी माध्यमिक विद्यालयको ७८ औं वार्षिकोत्सव विभिन्न कार्यक्रम...

    सात बुँदे सहमति कार्यान्वयन ढिलासुस्तीको पार्टीमा गहन समीक्षा गरौं : नैनसिंह महर

    काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले कांग्रेस-एमालेबीच सरकार निर्माणको समयमा भएको सात बुँदे...

    सन्तान सुखका कुरा र कार्साङ सिनेमा

    प्लट नं. १ म सानी छँदा बाख्रा चराउन जान्थें– महेन्द्रनगरको लठ्ठाघारीमा (अहिले कृष्ण मन्दिर र...

    वैकल्पिक तीन वटा बाटो प्रयोग गरेर खुलाइँदैछ पूर्व–पश्चिम राजमार्ग

    काठमाडौं । पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीस्थित विनयी खोलाको दुम्कीबासमा पुल भाँचिएपछि अवरुद्ध सवारी आवागमनका लागि...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं