SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/११/३० गते
    ३६६ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं। नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य महिन्द्र राय यादवले नेपाली कांग्रेसकै कारण गठबन्धन टुटेर एमालेसहितको सरकार बनेको दाबी गरेका छन् । आज (बुधबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले यस गठबन्धन सरकारले राष्ट्रियता, राष्ट्रिय एकता, जनजीविका, सुशासन, संविधान, लोकतान्त्रिक गणतन्त्रलगायतका मुद्दालाई संस्थागत गर्ने बताए ।

    विगतमा कांग्रेस–माओवादी मिलेर बनेको सरकारको गोत्र नै नमिलेको उनको टिप्पणी छ । उनले अहिलेको सरकार गोत्र मिलेको र प्राकृतिक रहेको उनले जिकिर गरे ।

    ‘कांग्रेससँग यो गठबन्धनको गोत्रो पनि मिल्दैन । यो मिलेको पनि थिएन । त्यसकारणले यतासँग गोत्रो मिलेको छ । यो प्राकृतिक गोत्रमा बनेको छ । यसले मुलुकको हित गर्छ । देशको राष्ट्रियता, एकता, जनजीविका, सुशासन, संविधान, लोकतान्त्रिक गणतन्त्र र मधेशको मुद्दाका लागि यो गठबन्धनको आवश्यकता छ । यही गठबन्धन मुलुकको लागि हितकर हो,’– उनले भने ।

    कांग्रेसले सामाजिक सद्भाव विगार्ने काम गरेको उनले बताए । संविधानको रक्षाका लागि अहिलेको गठबन्धन बनेको बताए । कांग्रेसले आफूलाई धोका दिएपनि माओवादीले कहिले पनि धोका नदिएको उनको भनाइ छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    निजी क्षेत्र अर्थतन्त्रको ऊर्जा र रोजगारीको स्रोतः प्रदेश प्रमुख भट्ट

    पोखरा। गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले निजी क्षेत्र अर्थतन्त्रको उर्जा र रोजगारीको श्रोत रहेको बताउनुभएको...

    विन्ध्यवासिनी माविको ७८औं वार्षिकोत्सव सम्पन्न

    शिशिर , पोखरा । पोखरा १६ बाटुलेचौरस्थित विन्ध्यवासिनी माध्यमिक विद्यालयको ७८ औं वार्षिकोत्सव विभिन्न कार्यक्रम...

    सात बुँदे सहमति कार्यान्वयन ढिलासुस्तीको पार्टीमा गहन समीक्षा गरौं : नैनसिंह महर

    काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले कांग्रेस-एमालेबीच सरकार निर्माणको समयमा भएको सात बुँदे...

    सन्तान सुखका कुरा र कार्साङ सिनेमा

    प्लट नं. १ म सानी छँदा बाख्रा चराउन जान्थें– महेन्द्रनगरको लठ्ठाघारीमा (अहिले कृष्ण मन्दिर र...

    वैकल्पिक तीन वटा बाटो प्रयोग गरेर खुलाइँदैछ पूर्व–पश्चिम राजमार्ग

    काठमाडौं । पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीस्थित विनयी खोलाको दुम्कीबासमा पुल भाँचिएपछि अवरुद्ध सवारी आवागमनका लागि...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं