
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
६पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
७दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
८फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
९दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१०कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
११नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
क्यालिफोर्निया । नेपाल बाहिर अमेरिकाको क्यालिफोर्नियामा स्थापना भएको पहिलो मुक्तिनाथ मन्दिर परिसरमा महाशिवरात्री पर्वको पावन अवसरमा शिवलिङ्ग स्थापना गरी प्राणप्रतिष्ठा गरियो ।
मुक्तिनाथधाम मन्दिर परिसरमा लाख बत्ती बाल्ने, लघु रुद्री एवं रुद्राभिषेक कार्यक्रम सम्पन्न भयो । यस कार्यक्रममा अमेरिकामा रहेका हिन्दु सनातन धर्म मान्ने व्यक्ति र बौद्धमार्गीहरुको हजारौंको संख्यामा सहभागिता थियो ।
कार्यक्रम अपेक्षा गरिएभन्दा निकै उच्च स्तरमा सम्पन्न भएको विश्लेषण गर्दै मुक्तिनाथधाम संस्थापक समितिका अध्यक्ष अनिल पाण्डेले सहभागी तथा सहयोगी सबैलाई हार्दिक धन्यवाद व्यक्त गर्नुभएको छ । ‘यहाँहरुको साथ, सहभागिता एवं अथाह उपस्थिति र यस संस्थाप्रति यहाहरुले देखाउनुभएको मायाको भित्रै दिलदेखि आभार व्यक्त गर्दछु’ एक सातादेखि मौनव्रत बसेर प्राणप्रतिष्ठापछि बोलेका अध्यक्ष पाण्डेले भन्नुभयो– हजारौ शुभचिन्तकहरुको सहयोग र सहभागिता विना नेपालीको धर्म, संस्कार र पहिचान अभिवृद्धि गर्ने यो पवित्र कार्य सम्भव हुने थिएन ।
सम्पूर्ण बौद्ध तथा हिन्दुहरुको आस्थाको रुपमा स्थापना भएको मुक्तिनाथधाममा सम्पन्न महोत्सवमा सानफ्रान्सिस्को बेएरियाका तमाम नेपाली दाजुभाई दिदी वहिनीहरु लगायत टाढाटाढाबाट समेत सहभागी हुनआएका व्यक्तिको जति प्रशंसा गरेपनि थोरै हुन्छ, अध्यक्ष पाण्डे भन्नुहुन्छ– सहयोग र सहभागिताले मुक्तिनाथधाम निर्माणका लागि हामीलाई थप उत्साही बनाएको छ र यसले हामीलाई अझ थप प्रतिबद्धताका साथ अगाडि वढेर बाँकी कार्यलाई पूर्णता दिन प्रेरणा मिलेको छ । हामीलाई यहाँहरुको यस्तै सहयोग र सद्भावको खाँचो छ ।
यो सवै हिन्दू तथा बौद्ध धर्ममा बिश्वास गर्नेहरूको साझा आस्थाको केन्द्र हो भन्ने कुरालाई हजारौं व्यक्तिको सहभागिताले प्रष्ट अनुमोदन गरिदिएको अध्यक्ष पाण्डेको धारणा छ ।
त्यसैगरी महाशिवरात्री पर्व, शिवलिंग प्राणप्रटिष्ठा एवं रुद्राभिषेक कार्यक्रमलाई सम्पन्न गर्न एघार दिनसम्म उपवास, जलाहार, निराहार लगायतका कठोर ब्रतगरी हिन्दु बैदिक परम्परा अनुसार भगवानको प्राण प्रतिष्ठा गर्ने महत्वपूर्ण कार्यमा सहाभागी हुनुभएका कर्ताहरु मुक्तिनाथधामको इतिहासमा सदा स्मरणीय हुनुहुने अध्यक्षको धारणा छ ।
यसैगरी यस महाउत्सवलाई बैदिक परम्परा अनुसार सम्पन्न गर्न महत्वपूर्ण भूमिका खेल्ने आफ्नो टिमका सम्पूर्ण सदस्यहरु, यसलाई सफल पार्न दिन रात परिवार नभनी अहोरात्र काम गर्नुहुने सम्पूर्ण गुरुहरुप्रति पनि अध्यक्ष पाण्डेले आभार प्रकट गर्नुभएको छ । ‘विदेशी भूमिमा पनि गुरू पदमप्रसाद नेपालको नेतृत्वमा १६ जनाभन्दा बढी पुरोहितहरुको सहभागिता गराई इतिहास रच्न सफÞल गराई दिनुभएकोमा विनीत भावले धन्यवाद प्रकट गर्दछु’ पाण्डेले भन्नुभएको छ ।
नर्दन क्यालिफोर्नियामा बसोवास गर्दैआएका आध्यात्मिक चेतनाका प्रतिमूर्तिहरुमा म आयोजक समितिका तर्फबाट सबैमा सप्रेम आभार प्रकट गर्दछु, अध्यक्ष पाण्डे भन्नुहुन्छ, ‘छोटो समयमै विनापूर्वाधार र तयारी आयोजना गरिएको प्रवासी भूमिको प्राण प्रतिष्ठाजस्तो गरिमामय कार्यमा पूर्ण दश रात मौन जलाहार र फलाहार उपवास बसी अनवरत जप, तप, ध्यान र योग साधनामा समर्पित हुने अवसरका लागि मेरा सहयात्री व्यवसायी साथीहरू, आत्मीय एवं पारिवारिक जनहरू, शुभेच्छुक सबैप्रति म अनुग्रिहित छु ।’ धार्मिक आस्थाका साथ जोडिएका मनलाई फुट्न नदिने प्रतिबद्धता अध्यक्ष पाण्डेले व्यक्त गर्नुभएको छ ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी

प्रतिक्रिया