SuchanaKendra

  • Radio Kushum


  • आज : २०८१ कात्तिक १० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/११/२८ गते
    ३२० &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं। भोलि हुन लागेको राष्ट्रिय सभाको अध्यक्षका लागि नेकपा माओवादी केनद्रले नारायाण् दाहाललाई उम्मेदवार बनाएपछि माओवादीमा आलोचना र विवाद उत्कर्षमा पुगेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका नातामा भाई पर्ने दाहाललाई उम्मेदवार बनाईपछि विवाद र आलोचना भएको हो ।

    आलोचना गर्नेहरुले प्रचण्डले परिवारबाद त्याग्न नसकेको भन्दै आलोचना गरिरहेका छन् । नारायाण दाहाल २५ चैत ०७९ मा सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत भएका थिए । माओवादीमा अध्यक्ष बन्न हालकी उपाध्यक्ष उर्मिला अर्याल र झक्कु सुवेदीले आकांक्षा राखेका थिए । ६ वर्षे कार्यकाल भएका सुवेदीलाई अध्यक्ष बनाउन केही नेताहरुले दवाव दिएपनि अन्तत दाहाल नै उम्मेदवार बनेपछि आलोचना भएको हो ।

    आलोचना बढ्दै गएपछि उनीनिकटका नेताहरु बचाउमा उत्रिएका छन् । पार्टीका केन्द्रीय सदस्य तथा वाईसीएलका पूर्व इन्चार्ज रामप्रसाद सापकोटा दीपशिखाले भने नारायाण दाहाल प्रचण्डका सहोदर भाई नभएको तर्क गरेका छन् ।

    ‘कमरेड नारायण दाहालमाथि भद्दा मज्जाक नगरौँ’, उनले सोमबार सामाजिक सञ्जालमा भनेका छन्। ‘पहिलो कुरा-पार्टी स्थायी समितिका सदस्य नारायण दाहाल पार्टी अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डको सहोदर भाइ होइनन्। दोस्रो कुरा, २०२७ सालदेखि विद्यार्थी राजनीति र ०३१ सालबाट पार्टीको पूर्णकालीन राजनीति गर्दै आएका नेता हुन्।’

    उनले नारायण दाहालले जनयुद्धमा पनि योगदान दिएको तर्क गरेका छन्। ‘जनयुद्धमा जीवन संगिनी, दुई छोराहरू लगायत सपरिवार पूर्णकालीन बनाएर राजनीतिमै सक्रिय राखेका हुन्’, उनले नारायण दाहालबारे भनेका छन्, ‘पार्टी पदाधिकारी बैठकको सर्वसम्मत निर्णयले उनी राष्ट्रियसभाको उम्मेदवार भएका हुन्। दाहाल थर हुनुबाहेक अरु कमजोरीबारे पार्टीका फोरमहरूमा छलफल गरौँ। समाजिक सञ्जालमा होइन।’

    प्रतिकृया दिनुहोस्

    Loading...

    एमाले वडा कमिटी पोखरा १६ को शुभकामना आदान प्रदान सम्पन्न

    शिशिर पोखरा । नेकपा एमाले वडा कमिटी पोखरा १६ ले शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम...

    हिमालय क्लवद्धारा सल्लाहकारको स्वागत

    शिशिर पोखरा । पोखराको अग्रणी सामाजिक संस्था हिमालय क्लव, बाटुलेचौरले नवगठित सल्लाहकार समितिका सदस्यलाई स्वागत...

    रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अदालतको अनुमति

    कास्की। कास्की जिल्ला ले रास्वपाका सभापति रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अनुमति दिएको...

    ललितपुरबाट जुवातास खेल्दै गरेको अवस्थामा ७ लाखसहित १२ जना पक्राउ

    काठमाडौं । जुवातास खेल्दै गरेको अवस्थामा ललितपुरबाट ७ लाखसहित १२ जना पक्राउ परेका छन् ।...

    पोखरा महानगरपालिका क्षेत्र भित्र उत्पादन हुने जेठोबुढो खाद्य व्यवस्था तथा व्यापार कम्पनीले खरिद गर्ने

    पोखरा। पोखरा महानगरपालिका र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बिच पोखरा महानगरपालिका क्षेत्र भित्र...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं