
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
६पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
७दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
८फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
९दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१०कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
११नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले कम्युनिष्ट पार्टीहरुबीच तत्कालका लागि कार्यगत एकताको सम्भावना रहेको बताएका छन् । कार्यगत एकताबाट वामपन्थी पार्टीहरुबीच एकीकरणको सम्भावना पनि बढ्ने उनले विश्लेषण छ ।
विगतमा नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भएपछि शक्तिशाली पार्टी नेकपा बने पनि पछि विभाजन भएको भन्दै उनले त्यसको सिंहावलोकन गर्न र विगतका कुराहरुको मत भिन्नतामा अल्झेर नबस्न आह्वान गरे ।
‘आज हामी जुन ठाउँमा आइपुगेका छौं, यी सबै सिंहावलोकनका विषयहरु हुन् । प्रत्येक पार्टीका नेताहरुले यो छाती छामेर बिल्कुल निष्पक्षताका साथ यी चिजहरुको सिंहावलोकन गर्न जरुरी छ । म त्यो सबैलाई आह्वान गर्छु,’ न्युज एजेन्सी नेपालसँगको कुराकानीमा खनालले भनेका छन्, ‘कमजोरी सबैका भएका छन् । ककसले कति मात्रामा कमजोरी गरे होलान् भन्ने भिन्नै कुरा हो । तर विगतका कुराहरुको मत भिन्नतामा अल्झेर बस्नु पनि हुन्न ।’
वामपन्थी एकताको पक्षमा वकालत गर्दै खनालले नेकपा एमाले र एकीकृत समाजवादीका नेताहरु बीचको आग्रह पूर्वाग्रह अन्त्य गर्नुपर्ने समेत बताए । ‘नेकपा एमाले र नेकपा एकीकृत समाजवादीको बीचमा एकता कहिल्यै हुनुहँुदैन भन्ने छैन । नेताहरुमा भएका जुन आग्रह हुन्, पूर्वाग्रह हुन्, इगोहरु हुन् । यी चिजहरुलाई अन्त्य गर्नुपर्छ,’ खनालले भनेका छन्, ‘इगो, आग्रह र पूर्वाग्रह भनेको मार्क्सवाद होइन । त्यो निम्न पूँजीवाद हो । निम्न पूँजीवादलाई निर्ममतापूर्वक उखेलेर फ्याँक्ने हो भने हामीसँग एउटा निष्पक्ष क्रान्तिकारी दृष्टिकोण, मार्क्सवादी दृष्टिकोण मात्र बाँकी रहन्छ ।’
खनालले थप भनेका छन्, ‘अनि त्यो दृष्टिकोणले एकले अर्काको कमजोरीलाई राम्रोसँग देख्न सक्छन् । त्यसले एकले अर्कोलाई रचनात्मक ढंगले आलोचना गर्नसक्छ र त्यसलाई हटाउनका लागि आग्रह गर्नसक्छ । हरेक पार्टीले पनि त्यसलाई हटाउन कुनै गाह्रो हुँदैन । अनि त्यस्तो अवस्थामा पुगेर विचारमा, नीतिमा, सिद्धान्तमा एकता भयो भने पार्टी फेरि एकीकरण हुनलाई के गाह्रो हुन्छ र ।’ तर एकता भनेको अंकमाल गरेरमात्र नहुने भन्दै खनालले वैचारिक, राजनीतिक कार्यदिशा, नीति र सिद्धान्तमा एकता हुनुपर्नेमा जोड दिए । ती कुरा मिले एकता हुने उनको भनाइ छ । तर तत्काललाई भने कार्यगत एकता मात्र हुनसक्ने खनालले बताए ।
‘अहिले चाहिँ यो कार्यगत एकता हो हेर्नुस् । कार्यगत एकता आफैंमा एउटा महत्वपूर्ण स्टेप हो,’ खनालले भने, ‘त्यो स्टेपबाट अगाडि बढदै गएपछि कम्युनिष्टहरुको बीचमा, वामपन्थी समूहहरुको बीचमा पार्टी एकीकरणका सम्भावनाहरु बढ्छन् ।’


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी

प्रतिक्रिया