
१शंकरपोखरीमा ५० हजार राशीको भलिवल प्रतियोगिता हुँदै
२प्रदेश अस्पताल पर्वतको वार्षिक समीक्षा सम्पन्न, सेवा प्रवाह सुधारलाई प्राथमिकता
३जलजलाका बाढी पहिरो प्रभावित ५६ परिवारलाई राहत सामग्री वितरण
४ऐतिहासिक कथामा आधारित चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न
५आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
६असोज २५ को बूढीगण्डकी बाढीमा फसेको कुकुर भोकै, उद्धारका लागि स्थानीयको अपिल
७मोदी गाउँपालिकामा मंगलबारदेखि राज्य सुविधा परिचय पत्र वितरण सुरु
८ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने
९घाँस काट्दा देब्रे हात नै गुमाउनुपरेपछि सहयोगको अनुरोध
११पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
१२कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
१पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
२पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
३बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
४कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
६पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
७आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
८ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने
९घाँस काट्दा देब्रे हात नै गुमाउनुपरेपछि सहयोगको अनुरोध
१०मोदी गाउँपालिकामा मंगलबारदेखि राज्य सुविधा परिचय पत्र वितरण सुरु
११असोज २५ को बूढीगण्डकी बाढीमा फसेको कुकुर भोकै, उद्धारका लागि स्थानीयको अपिल
१२जलजलाका बाढी पहिरो प्रभावित ५६ परिवारलाई राहत सामग्री वितरण
काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले कम्युनिष्ट पार्टीहरुबीच तत्कालका लागि कार्यगत एकताको सम्भावना रहेको बताएका छन् । कार्यगत एकताबाट वामपन्थी पार्टीहरुबीच एकीकरणको सम्भावना पनि बढ्ने उनले विश्लेषण छ ।
विगतमा नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भएपछि शक्तिशाली पार्टी नेकपा बने पनि पछि विभाजन भएको भन्दै उनले त्यसको सिंहावलोकन गर्न र विगतका कुराहरुको मत भिन्नतामा अल्झेर नबस्न आह्वान गरे ।
‘आज हामी जुन ठाउँमा आइपुगेका छौं, यी सबै सिंहावलोकनका विषयहरु हुन् । प्रत्येक पार्टीका नेताहरुले यो छाती छामेर बिल्कुल निष्पक्षताका साथ यी चिजहरुको सिंहावलोकन गर्न जरुरी छ । म त्यो सबैलाई आह्वान गर्छु,’ न्युज एजेन्सी नेपालसँगको कुराकानीमा खनालले भनेका छन्, ‘कमजोरी सबैका भएका छन् । ककसले कति मात्रामा कमजोरी गरे होलान् भन्ने भिन्नै कुरा हो । तर विगतका कुराहरुको मत भिन्नतामा अल्झेर बस्नु पनि हुन्न ।’
वामपन्थी एकताको पक्षमा वकालत गर्दै खनालले नेकपा एमाले र एकीकृत समाजवादीका नेताहरु बीचको आग्रह पूर्वाग्रह अन्त्य गर्नुपर्ने समेत बताए । ‘नेकपा एमाले र नेकपा एकीकृत समाजवादीको बीचमा एकता कहिल्यै हुनुहँुदैन भन्ने छैन । नेताहरुमा भएका जुन आग्रह हुन्, पूर्वाग्रह हुन्, इगोहरु हुन् । यी चिजहरुलाई अन्त्य गर्नुपर्छ,’ खनालले भनेका छन्, ‘इगो, आग्रह र पूर्वाग्रह भनेको मार्क्सवाद होइन । त्यो निम्न पूँजीवाद हो । निम्न पूँजीवादलाई निर्ममतापूर्वक उखेलेर फ्याँक्ने हो भने हामीसँग एउटा निष्पक्ष क्रान्तिकारी दृष्टिकोण, मार्क्सवादी दृष्टिकोण मात्र बाँकी रहन्छ ।’
खनालले थप भनेका छन्, ‘अनि त्यो दृष्टिकोणले एकले अर्काको कमजोरीलाई राम्रोसँग देख्न सक्छन् । त्यसले एकले अर्कोलाई रचनात्मक ढंगले आलोचना गर्नसक्छ र त्यसलाई हटाउनका लागि आग्रह गर्नसक्छ । हरेक पार्टीले पनि त्यसलाई हटाउन कुनै गाह्रो हुँदैन । अनि त्यस्तो अवस्थामा पुगेर विचारमा, नीतिमा, सिद्धान्तमा एकता भयो भने पार्टी फेरि एकीकरण हुनलाई के गाह्रो हुन्छ र ।’ तर एकता भनेको अंकमाल गरेरमात्र नहुने भन्दै खनालले वैचारिक, राजनीतिक कार्यदिशा, नीति र सिद्धान्तमा एकता हुनुपर्नेमा जोड दिए । ती कुरा मिले एकता हुने उनको भनाइ छ । तर तत्काललाई भने कार्यगत एकता मात्र हुनसक्ने खनालले बताए ।
‘अहिले चाहिँ यो कार्यगत एकता हो हेर्नुस् । कार्यगत एकता आफैंमा एउटा महत्वपूर्ण स्टेप हो,’ खनालले भने, ‘त्यो स्टेपबाट अगाडि बढदै गएपछि कम्युनिष्टहरुको बीचमा, वामपन्थी समूहहरुको बीचमा पार्टी एकीकरणका सम्भावनाहरु बढ्छन् ।’


१पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
२पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
३बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
४कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा

प्रतिक्रिया