SuchanaKendra

  • Radio Kushum


  • आज : २०८१ कात्तिक १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/११/१८ गते
    ३१९ &#२३४६;&#२३३५;&#२३२५;

    राजाराम पौडेल,पोखरा । पोखरामा शनिबारबाट प्रथम ऐतिहासिक प्रादेशिक ललितकला प्रदर्शनी २०८० हुने भएको छ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र गण्डकी प्रज्ञा प्रतिष्ठानको आयोजनामा हुने प्रदर्शनीको सम्पूर्ण तयारी पुरा भएको गण्डकी प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठले जानकारी दिए ।

    सिर्जनशिल कलाकार समुहसँगको सहकार्यमा यो प्रदर्शनी पोखरामा आयोजना गर्न लागिएको हो । “सामाजिक रुपान्तरण ः ललितकलाको अभियान“ भन्ने नाराका साथ आयोजना गरिएको प्रदर्शनी फागुन २३ गतेसम्म सञ्चालन हुनेछ । पोखरा आर्ट ग्यालरी नयाँ बजार पोखरामा हुने प्रदर्शनीमा कुल ७४ वटा चित्र प्रदर्शनमा राखिने सदस्य सचिव श्रेष्ठले खुलाए । ’कलाको वृत्ति विकास, प्रवद्र्धन र सवद्र्धनको लागि नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र गण्डकी प्रज्ञा प्रतिष्ठानको संयुक्त आयोजनामा नेपालको इतिहासमा पहिलोपटक यो प्रदर्शनी गर्न लागिएको हो’ उनले भने ।

    अवलोकनकर्ताले प्रदर्शनी अवधिभर हरेक दिन बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म प्रदर्शनीमा राखिएका चित्रको अवलोकन गर्न पाउनेछन् । प्रदर्शनीको औपचारिक उद्घाटन शनिबार दिउँसो ३ बजे र समापन फागुन २३ गते दिउँसो ३ बजे गर्ने तय भएको आयोजकको भनाइ छ । देशका सुप्रसिद्ध कलाकारको सहभागीतामा कार्यक्रम सम्पन्न हुने भएकोले नयाँ तथा पुराना कलाकारको जमघट समेत त्यहाँ हुनेछ ।

    प्रदर्शनी मार्फत छानिएका चित्र २०८१ जेठ १५ गते काठमाडौंमा हुने राष्ट्रिय ललितकला प्रदर्शनीमा सहभागी हुनेछन् । यो ऐतिहासिक कार्यक्रमको अवलोकन गरेर कलाकार र आयोजकलाई हौसला प्रदान गरिदिनका लागि सबै कलाप्रेमीलाई आयोजकले अनुरोध समेत गरेका छन् ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    हिमालयले स्थापना दिवस मनायो, संस्थापक सदस्य सम्मानित

    शिशिर पोखरा। पोखराको अग्रणी सामाजिक संस्था हिमालय क्लव, बाटुलेचौरले २८ औं स्थापना दिवस मनाएको छ...

    क्लब स्तरिय क्रिकेटको उपाधि राइजिब पोखरालाई

    पोखरा। पोखरामा सम्पन्न कास्की जिल्ला क्लब स्तरीय एक दिवसिय क्रिकेटको उपाधि राइजिब पोखरा क्रिकेट क्लबले...

    बागलुङ नगरपालिका युसिएलजी एसिया प्यासिफिकको सदस्य

    बागलुङ । बागलुङ नगरपालिका युनाइटेड सिटि अफ लोकल गभरमेन्ट एशिया प्रसान्त क्षेत्र (युसिएलजी) एसिया प्यासिफिकको...

    शुक्ला साहित्य राष्ट्रिय पुरस्कार उपाध्यायलाई, लोक साहित्य पुरस्कार न्यौपानेलाई

    शिशिर उजाड पोखरा । यस वर्षको शुक्ला साहित्य राष्ट्रिय पुरस्कार साहित्यकार एवं भाषविद् मुकुन्द शरण...

    भारतलाई हराउँदै नेपाल फाइनलमा

    साफ वुमन्स च्याम्पियनसिपमा भारतलाई ट्राइब्रेकरमा हराउँदै नेपाल फाइनल प्रवेश गरेको छ ।...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं