News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    मुख्य समाचार राष्ट्रिय समाचार

    अनावश्यक यात्रुको झोला तान्ने तथा दु:ख हैरानी दिने ९ जना पोखरामा पक्राउ

    पोखरा। सर्वसाधारण नागरिक तथा पर्यटकहरुलाई दु:ख हैरानी दिने ९ जनालाई जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको छ।पोखराको पृथ्वीचोक र मुस्ताङचोक क्षेत्रमा सर्वसाधरण नागरिक तथा पर्यटकलाई दु:ख हैरानी दिएको आरोपमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।

    पक्राउ पर्नेहरूमा पोखरा महानगरपालिका -९ बसपार्क बस्ने रुपेन्द्र श्रेष्ठ, मोहन आचार्य, पोखरा नागढुङ्गा बस्ने नारायण अधिकारी, श्याम प्रसाद शर्मा, बसपार्क बस्ने विकास कुंवर, पृथ्वीचोक बस्ने बिमल ठकुरी, विकास श्रेष्ठ पोखरा १३ पाटनबेसी बस्ने रन्जन खड्का र पोखरा १७ ड्यामसाईड बस्ने सविन नेपाली छन् ।

    उनीहरूले सर्वसाधारण नागरिक तथा स्वदेशी विदेशी पर्यटकहरुलाई जबरजस्ती सवारी साधनबाट ओराल्ने, बाटो छेक्ने, राम्रो होटल मिलाईदिन्छु भन्दै झोला तान्ने तथा पैसाको बार्गेनिङ गरी अनावश्यक दु:ख हैरानी दिँदै अभद्र व्यवहार गरेको प्रहरीको आरोप छ।

    हाल प्रहरी नियन्त्रणमा रहेका उनीहरूलाई सार्वजनिक हित, स्वास्थ्य सुरक्षा सुविधा र नैतिकता विरुद्वको कसुरमा पाँच दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडि बढाईएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

    प्रतिक्रिया

    ट्रेन्डिङ