
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
६पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
७दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
८फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
९दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१०कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
११नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
पर्वत ।पर्वतमा तेस्रो राष्ट्रिय मगर महोत्सव आजदेखि शुरु भएको छ । ४२ औँ राष्ट्रिय मगर दिवसको अवसर पारेर पुन युवा क्लव पर्वतले महोत्सव संचालन गरेको हो ।
फागुन २६ गतेसम्म गरी १२ दिनसम्म संचालन हुने महोत्सवको पुर्व स्वास्थ्यमन्त्री तथा नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक पदम गिरीले उद्घाटन गरेका थिए । महोत्सव उद्घाटन गर्दै प्रमुख सचेतक गिरीले मुलुकको आर्थिक अवस्था अब विस्तारै सुधार हुँदै जाने दावी गरे ।
इतिहासको कालखण्डमा नेपालको अर्थतन्त्र सवैभन्दा नाजुक अवस्थामा पुगेको बताउँदै यहाँभन्दा बिग्रिने ठाउँ नरहेकाले अब सुधार हुँदै जाने बताउनुभयो । प्रतिनिधि सभा सदस्यसमेत रहनुभएका गिरिले विश्वका विकसित देशहरुपनि आर्थिक संकटपछि विकासको चरम गतिमा अघि बढेको भन्दै नेपाल पनि अब आर्थिक हिसावले समृद्ध बन्दै जाने बताए ।
गिरीले सवै राजनीतिक दलहरु एकजुट भएर मुलुकको विकास र समृद्धिमा लाग्नुपर्ने बताए । संकट परेको बेला सवै दलहरु एकजुट हुन आवश्यक रहेको भन्दै अहिलेको मन्दिको सामना गर्नका लागि सरकारले उचित कदम चाल्नुपर्ने बताए । यो देशका सवै जिम्मेवार दल, नागरिक समाज एकजुट भएर राष्ट्र निर्माणमा लाग्नुपर्ने उनको भनाई छ ।
सांसद गिरीले मगर समुदायको पहिचान र संस्कृतिलाई जगेर्ना गर्नका लागि यो महोत्सव महत्वपुणर् रहेको भन्दै महोत्सवलाई सफल बनाउन सवैले सहयोग गर्न आग्रह समेत गरे ।
कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य भक्त कुवर, रेखा गुरुङ, जिल्ला समन्वय समितिका प्रमुख विष्णुराम विक, कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशी, मोदी गाउँपालिकाका अध्यक्ष हिरादेवी शर्मा, नेपाली काँग्रेस प्रदेश कार्यसमिति सदस्य यामबहादुर मल्ल रामकृष्ण, सहायक प्रमुख जिल्ला अधिकारी गणेश पौडेल, नेपाली काङ्ग्रेस पर्वतका उपसभापति शिव सुवेदी, नेकपा एमालेका जिल्ला अध्यक्ष राजु पौडेल, माओवादी केन्द्रका शंकर गिरि, पर्वत उद्योग बाणिज्य संघका अध्यक्ष गोपि अधिकारी, पुन युवा क्लवका सल्लाहाकार सोम पुन, गणेश पुन लगायतले बोलेका थिए । कार्यक्रम पुन युवा क्लवका अध्यक्ष कृष्ण पुनको अध्यक्षतामा सप्पन्न भएको थियो ।
महोत्सवमा २ सय २० वटा विभिन्न व्यावसायिक, कृषि तथा घरेलु उद्यमका स्टलहरु रहेका छन् भने १४ वटा होटल ब्यावसाय रहेका छन् । महोत्सवका प्रवेश गर्नका लागि सर्वसाधारणलाई रु। एक सय, विद्यार्थीका लागि रु। ६० रुपैयाको टिकट र बयोबृद्धका लागि निशुल्क व्यवस्था गरिएको छ । महोत्सवमा विभिन्न विधाका ६० जना भन्दा बढि कलाकारहरुको प्रस्तुती रहने आयोजकले जनाएको छ ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप

प्रतिक्रिया