
१शंकरपोखरीमा ५० हजार राशीको भलिवल प्रतियोगिता हुँदै
२प्रदेश अस्पताल पर्वतको वार्षिक समीक्षा सम्पन्न, सेवा प्रवाह सुधारलाई प्राथमिकता
३जलजलाका बाढी पहिरो प्रभावित ५६ परिवारलाई राहत सामग्री वितरण
४ऐतिहासिक कथामा आधारित चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न
५आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
६असोज २५ को बूढीगण्डकी बाढीमा फसेको कुकुर भोकै, उद्धारका लागि स्थानीयको अपिल
७मोदी गाउँपालिकामा मंगलबारदेखि राज्य सुविधा परिचय पत्र वितरण सुरु
८ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने
९घाँस काट्दा देब्रे हात नै गुमाउनुपरेपछि सहयोगको अनुरोध
११पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
१२कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
१पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
२पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
३बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
४कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
६पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
७आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
८ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने
९घाँस काट्दा देब्रे हात नै गुमाउनुपरेपछि सहयोगको अनुरोध
१०मोदी गाउँपालिकामा मंगलबारदेखि राज्य सुविधा परिचय पत्र वितरण सुरु
११असोज २५ को बूढीगण्डकी बाढीमा फसेको कुकुर भोकै, उद्धारका लागि स्थानीयको अपिल
१२जलजलाका बाढी पहिरो प्रभावित ५६ परिवारलाई राहत सामग्री वितरण
चितवन । चितवनको भरतपुर महागनरपालिकाले भरतपुर भ्रमण बर्ष २०२४ को औपचारिक उद्घाटन फागुन १८ गते गर्ने तयारी गरेको जनाएको छ ।महानगरपालिकाले मंगलबार पत्रकार सम्मेलन गरेर भरतपुर भ्रमण बर्षको बारेमा जानकारी गराउँदै करीव ५० हजार मानिसहरु उद्घाटन समारोहमा सहभागी हुने दावी गरेको छ ।
घुमौं भरतपुर भन्ने नाराका साथ शुभारम्भ गर्न लागिएको भ्रमण बर्षको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्ने र उद्घाटन समारोहमा पूर्व प्रधानमन्त्रीहरु, प्रदेश प्रमुखहरु, मुख्यमन्त्रीहरु, सांसदहरुसहितका विशिष्ट ब्यक्तिहरु उपस्थित हुने महानगरले जनाएको छ ।
उद्घाटन समारोहमा राष्ट्रिय कलाकारहरू बद्री पंगेनी, राजु परियार, एलिना चौहान लगायतको प्रस्तुति रहनेछ भने, विभिन्न सांस्कृतिक झाँकीहरु प्रर्दशनी गरिने महानगर प्रमुख रेनु दाहालले जानकारी दिइन् ।
महानगरपलिकाका २९ वटै वडाका वडाध्यक्षहरुको नेतृत्वमा विद्यालय, धार्मिक तथा जातिय समुदाय, विभिन्न समाजिक संघसंस्था, नागरिक समाज, विभिन्न जातजातीहरु सांस्कृतिक झाँकीसहित सहभागी हुने नगर प्रमुख दाहालले जानकारी दिइन् । छन् ।
भ्रमण बर्ष सफल बनाउन महानगर प्रमुख रेनु दाहालको संयोजकत्वमा २०२४ सदस्यीय मूल समारोह समिति तथा ७ सदस्यीय निर्देशन समिति, उपप्रमुख चित्रसेन अधिकारीको संयोजकत्वमा १९ सदस्यीय कार्यसम्पादन समिति, सल्लाहकार समिती, विभिन्न ३० वटा उपसमितिहरु गठन गरिएको छ ।
महानगरका गन्तव्यहरुको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रर्वद्धन गर्ने, पर्यटकको संख्या र बसाइ अवधि बृद्धि गर्ने तथा दिगो पर्यटन विकासबाट आर्थिक समृद्धि प्राप्त गर्ने उद्देश्यले भ्रमण बर्ष आयोजना गरिएको जनाएको छ । भ्रमण बर्षले यस आसपासका क्षेत्रहरुको आर्थिक तथा पर्यटन क्षेत्रलाई टेवा दिने अपेक्षा गरिएको नगर प्रमुख दाहालले बताइन् ।
भरतपुर भ्रमण बर्षमा विभिन्न निजी क्षेत्र तथा विभिन्न संघसंस्थाहरुको अगुवाईमा बर्ष भरी ५१ वटा विभिन्न कार्यक्रमहरु सञ्चालन हुने महानगरका पर्यटन विज्ञ विश्व सुवेदीले बताए ।
भ्रमण बर्षमा करीव २ लाख बाह्य पर्यटक तथा ५ लाख आन्तरिक पर्यटकहरूले भरतपुर भ्रमण गर्ने अपेक्षा महानगरको छ । महानगरपालिकालका ७ बटा प्रमुख सहित २२ बटा पर्यटकीय गन्तब्यहरुको भ्रमण गर्न सकिने गरी प्रचारप्रसार गरिएको छ ।
भरतपुरलाई चिनाउँदै यहाँ आर्थिक सम्भावनाको खोजी, लगानीको वातवरण निर्माण गर्न पनि भ्रमण बर्ष महत्वपूर्ण कोशेढुंगा हुने अपेक्षा राखिएको नगर प्रमुख दाहालले बताइन् ।
भ्रमण बर्षमा आउने पर्यटकलाई सेवा प्रदान गर्न महानगरपालिका भित्र होटलहरुमा ७ हजार ५ सय र सौराहादेखि गैंडाकोटसम्म १५ हजार वेड तयारी अवस्थामा राखिएको पर्यटन विज्ञ सुवेदीले बताए । भ्रमण बर्षमा आउने पाहुनाहरुलाई लक्षित गरी होटल तथा रेष्टुरेन्टहरुले छुट सुविधा घोषणा गरेका छन् र यो क्रम जारी नै छ ।
भ्रमण बर्ष भरी सञ्चालन गरिने विविध गतिविधीहरुले समग्र चितवनलाई नै पर्यटकीय तथा आर्थिक हबका रुपमा विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको पर्यटन विज्ञ सुवेदीले बताए ।
भ्रमण बर्ष अवधिभरि अन्तर्राष्ट्रिय सफारी मार्ट, जङ्गल फेस्टिबल, युवा सम्मेलन, अन्तर्राष्ट्रिय लगानी सम्मेलन, साहित्य कार्यक्रम, हेरिटेज, म्याराथन, सेमिनारहरूको आयोजना, राजदूत, लेखक, ब्लगरहरूको भ्रमण, ट्राभल एजेन्सी, टुर अपरेटरहरूको सम्मेलन, विज्ञ समूह सहितको कार्यशाला गोष्ठी, खेलकूद प्रतियोगिताहरू, पर्यटन तथा वातावरणसँग सम्बद्ध दिवसहरू, जातीय सांस्कृतिक कार्यक्रम, फुड फेस्टवल जस्ता क्रियाकलापहरु सञ्चालन हुने पर्यटन विज्ञ सुवेदीले बताए ।


१पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
२पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
३बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
४कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा

प्रतिक्रिया