News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    मुख्य समाचार राष्ट्रिय समाचार

    संसदमा गगनको कटाक्ष : सहकारी ठग्ने, दुई/चार थान नागरिकता राख्नेलाई घर पठाइदिउं

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री तथा प्रतिनिधि सभा सदस्य गगन थापाले केही दिनयता संसदमा सत्तापक्ष र प्रतिपक्षबीच जुहारी चलिरहेको बताएका छन् ।

    उनले सत्तापक्षले प्रतिपक्षी र प्रतिपक्षीले सत्तापक्षलाई दोसारोपण गर्ने मात्र काम भइरहेको भन्दै संसदमा मूल विषय छायाँमा परेको बताए ।

    थापाले अख्तियारले डामेको, छानबिन आयोगले दोषी ठहर गरेको र सरकारी जग्गामा आँखा लगाउने मन्त्रीलाई झण्डा छोपेर घर पठाउनु पर्ने र सहकारी ठगी गर्ने र केही थान नागरिकता राख्नेलाई पनि घर पठाएर अनुसन्धान गर्नुपर्ने बताए । थापाले उनीहरुलाई घर राखेर अनुसन्धान गर्न पर्ने र निर्दोष भए फूलमाला लिएर स्वागत गर्ने बताए ।

    ‘त्यसपछि मात्रै मिटर ब्याजका बारेमा, दुधको मूल्य किसानले नपाएको बारेमा एनसेलको प्रतिवेदनका बारेमा जमेर सार्थक छलफल गर्न सकिन्छ’ उनले भने ।

    प्रतिक्रिया

    ट्रेन्डिङ