SuchanaKendra

  • Radio Kushum


  • आज : २०८१ कात्तिक ९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/११/१४ गते
    ४२७ &#२३४६;&#२३३५;&#२३२५;

    पर्वत । ४२ औँ मगर एकता दिवसको अवसर पारेर पर्वतमा पुन युवा क्लवको आयोजनामा तेस्रो राष्ट्रिय मगर महोत्सवको तयारी पुराभएको छ ।

    भोली बाट सुरुहुने राष्ट्रिय मगर महोत्सवमा बिभिन्न सास्कृतिक झाकी सहित महोत्सवको उद्घाटन समारोह सुरुहुने छ ।मंगलवार दिउँसो १ बजे पुर्व स्वास्थ्य मन्त्री तथा नेकपा एमालेका प्रमुख सचेतक पदक गिरीले महोत्वको उद्घातटन गर्नुहुने भएको छ ।

    क्लबका अध्यक्ष तथा महोत्सव मूल आयोजक समितिका संयोजक कृष्णबहादुर पुनका अनुसार ‘कला, संस्कृतिको संवर्द्धनमा ऐक्यबद्धताः खेल, व्यापार, कृषि तथा पर्यटन प्रवर्द्धनमा प्रतिबद्धता’ भन्ने मूल नाराका साथ महोत्सव आयोजना गर्न लागिएको हो ।

    पर्वतको पर्यटन प्रवर्द्धनमा सहयोग गर्ने, उद्योग, व्यापार तथा व्यवसाय प्रवर्द्धनमा सहयोग पु¥याउने, खेलकुद, कला तथा संस्कृतिको विकासमा टेवा पु¥याउने, कृषि तथा शैक्षिक उन्नयनमा मद्दत गर्ने र मगर समुदायको पुरानो संस्कृतिको संरक्षण तथा संवर्द्धनमा मद्दत गर्नु पनि महोत्सवका उद्देश्य छन्

    महोत्सवको आकर्षणका रूपमा पालिका स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता, पालिका स्तरीय महिला भलिबल प्रतियोगिता, पालिका स्तरीय प्रौढ भलिबल प्रतियोगिता, पुर्ख्यौली नृत्य प्रतियोगिता, रत्यौली गीत प्रतियोगिता, लोक भजन चुड्का प्रतियोगिता, कृषि प्रदर्शनी, बाल उद्यान, शैक्षिक प्रदर्शनी, स्थानीय खानाका परिकार, विश्वकै दोस्रो अग्लो बन्जी जम्प, केबलकार, झोलुङ्गे पुल, गुफाहरूअवलोकन सहित राष्ट्रिय तथा स्थानीय कलाकारहरूको दैनिक साङ्गीतिक प्रस्तुति लगायत राखिएका छन् ।

    करिब दुई सय वटा व्यावसायिक स्टलहरू रहनेछन । प्रतियोगिता सम्पन्न गर्नका लागि विभिन्न १८ वटा उपसमितिहरू निर्माण गरिएका छन् । विगतमा पनि मगर एकता दिवसकै अवसरमा मेलाको आयोजना गर्दै आइरहेको पुन युवा क्लबको आयोजनामा मेलालाई महोत्सवमा परिणत गर्दै यस पटक फागुन १५ गतेदेखि २६ गतेसम्म तेस्रो संस्करणको आयोजना हुन लागेको हो ।

    सबैजना पर्वत बासी आमा बुवा दाजुभाई दिदीबहिनीलाई महोत्सवमा उपस्थीतीको लागि आयोजक समितिले अनुरोध गरेको छ । महोत्सवको पुर्वसन्धामा कार तथा बाइक र्यालीले बजार परिक्रमा गरेको थिए ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    हिमालय क्लवद्धारा सल्लाहकारको स्वागत

    शिशिर पोखरा । पोखराको अग्रणी सामाजिक संस्था हिमालय क्लव, बाटुलेचौरले नवगठित सल्लाहकार समितिका सदस्यलाई स्वागत...

    रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अदालतको अनुमति

    कास्की। कास्की जिल्ला ले रास्वपाका सभापति रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अनुमति दिएको...

    ललितपुरबाट जुवातास खेल्दै गरेको अवस्थामा ७ लाखसहित १२ जना पक्राउ

    काठमाडौं । जुवातास खेल्दै गरेको अवस्थामा ललितपुरबाट ७ लाखसहित १२ जना पक्राउ परेका छन् ।...

    पोखरा महानगरपालिका क्षेत्र भित्र उत्पादन हुने जेठोबुढो खाद्य व्यवस्था तथा व्यापार कम्पनीले खरिद गर्ने

    पोखरा। पोखरा महानगरपालिका र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बिच पोखरा महानगरपालिका क्षेत्र भित्र...

    एक दिवसीय क्रिकेट: अरण्यज्योतीसंग ७६ रनको हारसंगै गण्डकी बाहिरियो

    पोखरा । पोखरामा जारी क्लब स्तरीय एक दिवसीय क्रिकेट प्रतियोगितामा समूह सि बाट गण्डकी क्रीकेट...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं