
१मोदी गाउँपालिकाे पार्वती मन्दिर–मोदीघाट गोरेटो बाटो निर्माण अन्तिम चरणमा
२खुर्कोटमा मन्दिर–सडक जग्गा विवाद टुंगियो, सहमतिमै सडक निर्माण अघि बढ्यो
३५२ वटा स्मार्ट बोर्ड हस्तान्तरण : मोदी गाउँपालिकाको शिक्षामा प्रविधिमैत्री फड्को
४शिक्षक नेतालाई काजमा खटाउन रोक, पढाउनै पर्ने
५पर्यटन गुरुयोजनामार्फत पर्वतलाई प्रमुख पर्यटकीय गन्तव्य बनाइने
६शिवालय गुठीको ऐतिहासिक इनार संरक्षणमा जुट्यो कुश्मा नगरपालिका–६
७गण्डकी प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिता : तनहुँ प्रथम, आयोजक पर्वत तेस्रो
८विहादीमा दलित सशक्तीकरण कार्यक्रम, जातीय विभेद अन्त्य गर्न अध्यक्ष गुरुङको आग्रह
९मोदीको सफलता : तिलाहार बोरिङ खानेपानी आयोजना सफल, १६० घरधुरीमा सुरक्षित खानेपानी पुग्ने
१०प्रदेश अस्पताल कुश्मामा EWARS अभिमुखीकरण कार्यक्रम सम्पन्न
११गुप्तेश्वर धार्मिक तथा पर्यटकीय संस्थाको अध्यक्षमा सन्तु गिरी
१२पर्वत पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा
१कुश्मा–२ खुर्कोटमा वडा सदस्य क्षेत्रबहादुर क्षेत्रीको पहलमा १.३ किलोमिटर ग्रामीण सडक निर्माण सम्पन्न
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
४फलेवास–७ मा ११ केभी विद्युत लाइन विस्तार विवाद
५महिलाको हत्या गरी गहना लुट्ने र खरिद गर्ने २ जना पक्राउ
६बिमा दाबी गर्न बुटवलमा आफ्नै सुनचाँदी पसलमा चोरीको नाटक, सञ्चालकसहित दुई पक्राउ
७मानवीय अभियानको सफलता : अपाङ्ग वैषलालले पाए आफ्नै भूमि
८मुस्ताङमा नियन्त्रणमा लिइएका बिवाइडी गाडी फुकुवा
९फुटबलको महाकुम्भ विश्वकप आज मध्यरातमा सुरु हुँदै
१०सरकारी विज्ञापनसम्बन्धी निर्णयविरुद्ध पर्वतमा धर्ना, सरकारलाई हस्ताक्षर बुझाइयो
११नेपाली विभागको पर्यावरणीय सचेतता गोष्ठी सम्पन्न
१२महाशिला गाउँपालिकाको ४६ करोड ४७ लाख रुपैयाँको बजेट, शिक्षा, कृषि र पूर्वाधारलाई प्राथमिकता
काठमाडौं । थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्री रोग अस्पतालबाट शिशु चोरेको आरोपमा पक्राउ परेकी महिला अस्पताल भर्ना भएकी छन् ।उच्च रक्तश्राब भएपछि दैलेख घर भएकी मनकुमारी सिंहलाई सिनामंगलरस्थित केएमसी अस्पताल भर्ना गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी भुपेन्द्र खत्रीले अनलाइनखबरसँग पुष्टि गरे ।
शुक्रबार मध्याह्न १२ बजेतिर काभ्रेकी एक जना महिलाको २६ दिनको शिशु हराएको थियो । लगत्तै जिल्ला प्रहरी परिसर, काठमाडौं र उपत्यका अपराध अनुसन्धान कार्यालयले क्लोज सर्किट (सीसी) क्यामरा फुटेज संकलन गरेर अनुसन्धान थालेको थियो ।
त्यस क्रममा एक जना मास्क लगाएकी महिलाले शिशु लिएर हिँडेको पाइएको थियो । शुक्रबार राति १२ बजे प्रहरीले सिंहलाई काँडाघारीमा फेला पारेको थियो भने शिशुको पनि उद्दार गरेको थियो । शुक्रबार प्रसूति गृह पुगेका बेला काभ्रेकी महिलाको शिशु एकछिन बोक्न पाएका बेला उनले लिएर हिँडेको पाइएको प्रहरी अधिकारीहरुको भनाइ छ । त्यसपछि प्रहरीले सिंह, उनका पति र दिदीलाई नियन्त्रणमा लिएको थियो । तर, प्रहरी नियन्त्रणमा रहेकै बेला उच्च रक्तश्राब भएपछि उनलाई अस्पताल लगिएको हो ।
जिल्ला प्रहरी परिसर, काठमाडौंका एक अधिकृतका अनुसार, केही दिनअघि मात्रै उनको गर्भ खेर गएको थियो । परिवारले प्रहरीलाई बताएअनुसार, उनी ७ महिनाको गर्भवती थिइन् । तर, बच्चा नरहेपछि उनी विक्षिप्त थिइन् ।यसबारे उनले श्रीमानसँग पनि झुटो बोलेको पाइएको छ । बच्चा जन्मिएको भनेर खबर गरेपछि नेपाली सेनाको ड्यूटीमा रहेका उनका श्रीमान पनि घरमा आएका रहेछन् ।
‘प्रहरी पुगेपछि मात्रै बच्चा आफ्नो नभएको उनले थाहा पाएका हुन्’, अनुसन्धानमा संलग्न एक अधिकृतले भने, ‘सुरुमा उनी आफ्नै बच्चा भनेर दंग परेर बसेका रहेछन् ।’पटकपटक गर्भपतन गर्नुपरेपछि उनी विक्षिप्त रहेको पाइएको प्रहरी अधिकृतहरु बताउँछन् । शुक्रबार प्रसूति गृह पुगेका बेला काभ्रेकी महिलाको शिशु एकछिन बोक्न पाएका बेला उनले लिएर हिँडेको पाइएको उनीहरुको भनाइ छ । उनले अहिले पनि बच्चा आफ्नै भएको दाबी गरिरहेकी छिन् ।
तर, सीसी टीभी फुटेज लगायतका आधारमा प्रसूति गृहबाट चोरिएकै बच्चा भएको पुष्टि भएको प्रहरीले जनाएको छ । बच्चा लिएर उनी ट्याक्सीमा चढेर पेप्सिकोलासम्म पुगेको देखिएको छ, त्यसपछि डेढ किलोमिटर हिँडेर घरसम्म पुगेको देखिएको छ । उनलाई लिन करिब एक किलोमिटर अगाडिसम्म दिदी गएको समेत पाइएको छ ।प्रहरीले राति नै सम्बन्धित परिवारलाई बच्चा जिम्मा लगाइसकेको छ ।
केहीदिन अघि काँडाघारीमा साल नालसहितको शिशु मृत अवस्थामा फेला परेको थियो । त्यो घटनालाई पनि जोडेर अनुसन्धान अधिकृतहरुले जाँच गरिरहेका छन् ।‘बच्चा चोरी गर्नु हुने थिएन, त्यो गलत भयो’, काठमाडौं प्रहरी प्रमुख एसएसपी खत्री भन्छन्, ‘तर, यसमा महिलाको भावनात्मक पाटो पनि छ, उहाँ बोल्नसक्ने अवस्थामा पनि हुनुहुन्न ।’त्यसैले अहिले उनीहरुलाई के मुद्दा चलाउने भन्ने निर्णय भइनसकेको उनी बताउँछन् । प्रहरीले गएराति महिला, उनका पति र दिदीलाई नियन्त्रणमा लिएको थियो ।


१कुश्मा–२ खुर्कोटमा वडा सदस्य क्षेत्रबहादुर क्षेत्रीको पहलमा १.३ किलोमिटर ग्रामीण सडक निर्माण सम्पन्न
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
४फलेवास–७ मा ११ केभी विद्युत लाइन विस्तार विवाद
५महिलाको हत्या गरी गहना लुट्ने र खरिद गर्ने २ जना पक्राउ

प्रतिक्रिया