
१शंकरपोखरीमा ५० हजार राशीको भलिवल प्रतियोगिता हुँदै
२प्रदेश अस्पताल पर्वतको वार्षिक समीक्षा सम्पन्न, सेवा प्रवाह सुधारलाई प्राथमिकता
३जलजलाका बाढी पहिरो प्रभावित ५६ परिवारलाई राहत सामग्री वितरण
४ऐतिहासिक कथामा आधारित चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न
५आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
६असोज २५ को बूढीगण्डकी बाढीमा फसेको कुकुर भोकै, उद्धारका लागि स्थानीयको अपिल
७मोदी गाउँपालिकामा मंगलबारदेखि राज्य सुविधा परिचय पत्र वितरण सुरु
८ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने
९घाँस काट्दा देब्रे हात नै गुमाउनुपरेपछि सहयोगको अनुरोध
११पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
१२कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
१पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
२पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
३बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
४कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
६पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
७आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
८ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने
९घाँस काट्दा देब्रे हात नै गुमाउनुपरेपछि सहयोगको अनुरोध
१०मोदी गाउँपालिकामा मंगलबारदेखि राज्य सुविधा परिचय पत्र वितरण सुरु
११असोज २५ को बूढीगण्डकी बाढीमा फसेको कुकुर भोकै, उद्धारका लागि स्थानीयको अपिल
१२जलजलाका बाढी पहिरो प्रभावित ५६ परिवारलाई राहत सामग्री वितरण
गलकोट । राष्ट्रपति रामचन्द्र पौडेलले धौलागिरि क्षेत्र पवित्र तपोभूमि रहेको बताएका छन् । पवित्र शालग्राम पाइने कालीगण्डकी नदी, मुक्तिक्षेत्र, पञ्चकोट, गलेश्वरधाम र कालिका मन्दिरले धाौलागिरि क्षेत्र एक पवित्र धार्मिक तपोभूमि रहेको बताएका हुन् ।
बागलुङ नगरपालिका–६ सर्वसिद्धिधाम पञ्चकोटमा बुधबारदेखि सुरु भएको अनन्तश्री ब्रामाण्डीय महायज्ञमा धारणा राख्दै राष्ट्रपति पौडेलले धौलागिरि क्षेत्रमा पछिल्लो समय पञ्चकोटको महत्व र महिमा बढेको बताए । उनले पाँचकोटको सङ्गमस्थलमा स्वामी कमलनयनाचार्यको सत्कङ्कल्पमा यी बृहत् संरचना निर्माण भएको देखेर आफू खुसी लागेको पनि बताए ।
‘धौलागिरि क्षेत्र आफैंमा तपोभूमि हो, मुक्तिक्षेत्र, दामोदर कुण्ड, गलेश्वर धामसँगै अहिले पञ्चकोटको नाम आइरहेको छ, म पहिला शालग्राम सङ्ग्रहालय आएको थिएँ, नदी र जल सम्पदाको संरक्षणमा यो महायज्ञ आयोजना भएको मैले पाएँ’ राष्ट्रपति पौडेलले भने, ‘कुडुँलेमा सवा लाख शालग्राम दर्शन गरेको थिएँ, अहिले यो पवित्र भूमि पञ्चकोट आउँदा आफूलाई खुसी लागेको छ, महायज्ञले धार्मिक प्रसारमात्रै गरेको छैन, जलसम्पदा, सङ्कटमा रहेको शालग्रामलाई जोगाउन थालेको छ ।’
संस्कृत, परम्परा, मूल्य र मान्यताले नेपालीलार्ई एकताबद्ध बनाएको उल्लेख गर्दै उनले नेपालका नदीहरु पवित्र रहेको बताए । ‘यो पञ्चकोट एउटा खाली पहाड अहिले शान्तिभूमि भइसकेको रहेछ, यो शान्तिभूमि पञ्चकोटमा धार्मिक पर्यटकको भीड लागेको देखेको छु’, उनले भने, ‘पञ्चकोटले धार्मिक पर्यटक भित्र्याएर आयआर्जन बढाउदै समृद्ध बागलुङ बनाउन सहयोग पुर्याउनेछ ।’ महायज्ञले जलसम्पदालाई बचाउन महत्वपूर्ण भूमिका खुल्ने उनको भनाइ थियो ।
सर्वसिद्धिधाम पञ्चकोटमा आयोजित अनन्तश्री ब्रह्माण्डीय महायज्ञका परिकल्पनाकार एवं उक्त सर्वसिद्धधिाम पञ्चकोटका संस्थापक मुक्तिनाथ पीठाधीश्वर स्वार्मी कमलनयनाचार्यले पञ्चकोटमा राष्ट्रपति पौडेलललाई स्वागत गरेका थिए । उनले सो धाममा देवदेश नेपालका अभिभावकका रुपमा रहनुभएका राष्ट्रप्रमुखको आगमन पञ्चकोटधाम परिवार, तीर्थस्थल विकास समिति, मुक्तिनाथबाबा श्रीजी च्यारिटेबल ट्रष्टलगायतका सबैमा सुखानुभूति भएको बताएका थिए ।
आजै राष्ट्रपतिले महायज्ञको एक प्रमुख अनुष्ठानकारुपमा रहेको सवालाख श्रीफल (नरिवल) हवनकुण्डमा पञ्चकोट र पञ्चमहालक्षीको प्रतिकका रुपमा पाँच ओटा नरिवल हवन गरेका थिए । ती प्रत्येक नरिवलमा विभिन्न ५४ प्रकारका हवनीय द्रब्यहरु राखिएको थियो । नेपालमा पहिलो पटक आह्वान गरिएको यस ब्रह्माण्डीय महायज्ञ यही फागुन २३ गतेसम्म सञ्चालन हुनेछ । त्यसैगरी महायज्ञअन्तर्गत १५ दिनमा विभिन्न फरकफरक विषयमा विज्ञका कार्यपत्र तथा विचारसहितका सम्मेलन पनि हुने कार्यक्रम रहेको छ ।
महायज्ञमा सङ्कलन भएको रकमले पञ्चकोटमा निर्माणधीन १०८ फिट अग्लो विश्वशान्ति कलश निर्माणलाई पूर्णता दिइनेछ । हालसम्म पञ्चकोटमा रु ५० करोडभन्दा बढीको भौतिक संरचना निर्माण भइसकेको छ ।


१पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
२पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
३बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
४कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा

प्रतिक्रिया