
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
६पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
७दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
८फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
९दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१०कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
११नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
पर्वत। जिल्लाको जलजला गाउँपालिका–८ नाग्लीवाङ घर भएकी फूलमाया परियार स्थानीय जनकल्याण माध्यमिक विद्यालयको कक्षा १२ मा अध्ययनरत छिन्। विद्यालयले केही दिन अगाडि आयोजना गरेको सालको पातबाट टपरी गाँस्ने प्रतियोगितामा उनी प्रथम भइन्। उनीसँग प्रतिस्पर्धा गरेका र कार्यक्रममा सहभागी भएका अन्य छात्राहरूले बनाएका टपरी विद्यालय प्रशासनले सुरक्षित राखेको यो समाचारलाई हामीले थाहा खबरबाट साभार गरेका हौं ।
केही समयपछि विद्यालयको वार्षिकोत्सव आउँदै छ। आजभोलि खाजा बाँड्दा ‘पेपर प्लेट’ वा ‘प्लास्टिक’ जन्य पदार्थको प्रयोग बढिरहेको बेलामा विद्यालयले भने वार्षिकोत्सवमा तिनै टपरीलाई खाजा बाँड्नको लागि प्रयोग गर्ने योजना बनाएको छ। गाउँमा नै उपलब्ध स्रोतलाई प्रयोग गर्दा विद्यालयलाई आर्थिक भार नपर्ने, पर्यावरणका लागि वनस्पतिको प्रयोग राम्रो हुने र विद्यार्थीहरूले परम्परागत सीप पनि सिक्ने भएकाले टपरी बुन्ने कार्यक्रम राम्रो लागेको विद्यालयका प्रधानाध्यापक कृष्ण रेग्मी बताउँछन्।सोही विद्यालयका छात्र कक्षा ७ मा अध्ययनरत सुमन परियार पनि बाँसको चोयाबाट डोको बुन्नमा प्रथम भए। विद्यालयले विद्यार्थीको इच्छा अनुसार ‘बुक फ्री डे’ मा कार्यक्रम गर्ने भनेपछि छात्राहरूले टपरी गाँस्नमा चासो देखाउँदा छात्रहरूले चोयाबाट डोको बनाउने इच्छा व्यक्त गरे। सोही अनुसार विद्यालयले डोको बुन्ने प्रतियोगिता नै सञ्चालन गरेको थियो।
‘गाउँपालिकाले शैक्षिक कार्यपात्रोमा नै हरेक दिन किताबका पानाको घोकाइमा भन्दा कहिलेकाहीँ जीवन चलाउनका लागि आवश्यक पर्ने सीपलाई पनि प्राथमिकतामा राखेकाले गाउँपालिकाभरका विद्यालयहरूले केही न केही गरिहरेका छौँ’, प्रधानाध्यापक रेग्मी भन्छन्, ‘अहिले टपरीको ठाउँमा बजारबाट पेपर प्लेट वा प्लास्टिकजन्य सामग्रीहरू आयात गर्ने चलन बढेको छ। पातबाट बनाइएका टपरीहरू करिब विस्थापित भइसकेका छन्। खानको लागि प्रयोग गरिएका प्लास्टिकजन्य वस्तु नकुहिएर माटोमा असर गरिरहेका छन्। तर पातबाट बनेका टपरी केही समयमा नै कुहिने भएकोले यसको प्राङ्गारिक मलको रूपमा पनि काम गरेको हुन्छ।’
गाउँ गाउँमा पाइने जैविक वस्तुहरूको महत्त्व र ‘प्लास्टिक’ को ठाउँमा कुहिने वस्तुहरूको प्रयोगको बारेमा सबैले एक भएर नसिकाए पृथ्वीमा देखिएका अनेक प्रकारका पर्यावरणीय समस्या हाम्रै पालामा देखिने उनको भनाई छ। गाउँपालिकाले सुरु गरेको अभियान निकै उपयुक्त रहेको बताउँदै प्रधानाध्यापक रेग्मीले अब गाउँमा अम्रिसोको मौसम आएकोले विद्यालयले डोरी खरिद गरेर खेर गइरहेको अम्रिसोबाट कुचो निर्माण गर्न विद्यार्थीलाई प्रोत्साहन गर्ने जानकारी दिए।
जलजला गाउँपालिकाका अध्यक्ष राजु आचार्यले अहिलेको पुस्ताले ‘लाइफ स्किल’ सिक्न नखोज्ने, पुरानाले नसिकाउने तथा सिकाउन सक्ने पुरानो जनशक्तिको अभाव पनि हुँदै गएकाले परम्परागत सीपमा लोप हुँदै गएको दुःख व्यक्त गर्छन्। आयातित वस्तुको पहुँच नभएको बेलामा नेपालकै मौलिक र परम्परागत वस्तु र सीपले सदियौँदेखिको दैनिकी चलिरहेको भए पनि पछिल्लो समयमा आयातित वस्तुले त्यसलाई विस्थापन गर्दा मौलिकता र सीप नै जोखिममा परेको उनको भनाई छ।
विद्यार्थीको उमेर सिक्नका लागि आतुर हुने र सिकाएको कुरा पनि छिटो सिक्ने भएकाले विद्यालयहरूमा नै जीवनोपयोगी शिक्षालाई प्राथमिकतामा राख्नुपर्छ भनेर आफूहरूले शैक्षिक कार्यपात्रोमा विद्यालयमा केही न केही सीपहरूलाई व्यवहारिक रूपमा सिकाउनुपर्ने उल्लेख गरिएको अध्यक्ष आचार्यले बताए।
‘हाम्रो विद्यार्थीहरू न त जीवनोपयोगी शिक्षामा अब्बल रहेर आफूले नै रोजगारीको सिर्जना गर्न सक्ने भए, न त विद्यालय शिक्षाबाट नै पूर्ण रूपमा व्यावसायिक भएर निस्कन सके। मुलुककै शैक्षिक अवस्था कमजोर बन्दा उनीहरूको भविष्य कसरी बित्ला भन्ने चिन्ता देखिएको छ’, आचार्यले भने, ‘जब हामी मौलिकता छोडेर आधुनिकतामा जान्छौँ नि त्यो बेलामा न हाम्रो मुद्रा हाम्रो देशमा रहन्छ, न त हामीमा हाम्रो मौलिक सीप नै बाँकी रहेको हुन्छ। हामी रित्तो भएका हुने छौँ। रित्तो अवस्थाको मान्छेले गर्ने के हो?’
विभिन्न विद्यालयहरूमा गरिएको अनुगमनका क्रममा यो कार्यक्रम उपयोगी देखिएको गाउँपालिकाका शिक्षा अधिकृत त्रिविक्रम आचार्यले बताए। अध्ययनमा कम उपलब्धि स्तर हासिल गरेका विद्यार्थीहरूले जीवनोपयोगी सीप सिकाई र प्रयोगमा राम्रो गरेको देखिएको उनको भनाई छ। शिक्षाका दार्शनिकहरूले विद्यार्थीको मनोविज्ञान अनुसार शिक्षण गर्नुपर्ने भनी सुझाएको कुरा यससँग मिलेको भन्दै आचार्यले रुचि अनुसारको सीप सिकाउने र त्यसमा व्यावसायिकता प्रदान गर्न सक्ने हो भने स्वदेशमा रोजगारीको अभाव भएको भन्ने गुनासोमा पनि कमी आउने दाबी गरे।जलजला गाउँपालिका शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेर विद्यालय तहको शिक्षामा सुधार ल्याउनको लागि विभिन्न प्रयासहरू गरिरहेको छ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप

प्रतिक्रिया