
१शंकरपोखरीमा ५० हजार राशीको भलिवल प्रतियोगिता हुँदै
२प्रदेश अस्पताल पर्वतको वार्षिक समीक्षा सम्पन्न, सेवा प्रवाह सुधारलाई प्राथमिकता
३जलजलाका बाढी पहिरो प्रभावित ५६ परिवारलाई राहत सामग्री वितरण
४ऐतिहासिक कथामा आधारित चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न
५आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
६असोज २५ को बूढीगण्डकी बाढीमा फसेको कुकुर भोकै, उद्धारका लागि स्थानीयको अपिल
७मोदी गाउँपालिकामा मंगलबारदेखि राज्य सुविधा परिचय पत्र वितरण सुरु
८ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने
९घाँस काट्दा देब्रे हात नै गुमाउनुपरेपछि सहयोगको अनुरोध
११पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
१२कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
१पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
२पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
३बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
४कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
६पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
७आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
८ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने
९घाँस काट्दा देब्रे हात नै गुमाउनुपरेपछि सहयोगको अनुरोध
१०मोदी गाउँपालिकामा मंगलबारदेखि राज्य सुविधा परिचय पत्र वितरण सुरु
११असोज २५ को बूढीगण्डकी बाढीमा फसेको कुकुर भोकै, उद्धारका लागि स्थानीयको अपिल
१२जलजलाका बाढी पहिरो प्रभावित ५६ परिवारलाई राहत सामग्री वितरण
पोखरा । मित्र मिलन सहकारी ठगी प्रकरणमा फरार कानुन व्यवसायी जनकल्याण पराजुलीलाई जिल्ला अदालत कास्कीले आइतबार धरौटीमा रिहा गरेको छ ।पराजुलीलाई न्यायाधीश नवराज दाहालको एकल ईजलासले सहकारी ठगीमा ३ लाख धरौटीमा छाड्ने आदेश दिएको हो ।
प्रगतिशिल पेशागत कानुन व्यवसायी संगठन (पीपीएलए) कास्कीका अध्यक्ष एवं मित्र मिलन सहकारीका कानुनी सल्लाहकार पराजुली प्रहरीले पक्राउ पुर्जी जारी गरेसँगै सम्पर्कविहनी थिए ।पराजुलीका पक्षमा अदालतमा नेकपा एमाले, नेपाली काँग्रेस र माओवादी केन्द्र लगायत विभिन्न दल निकट कानुनी व्यवसायीहरु झण्डै ४० जना जति उपस्थित हुँदै बचाऊमा आधा दर्जनले बहस गरेका थिए ।
जनकल्याणको पक्षमा कानुन व्यवसायीहरु रोहितराज बाँस्तोला, कृष्णबहादुर गुरुङ, हरि सुवेदी, जगन्नाथ ढकाल लगायतले बहस गरेका थिए ।मिटरव्याजी कारोबारमा समेत संलग्न रहँदै आएका कानुन व्यवसायी जनकल्याण पराजुलीका पक्षमा अदालतमा नेकपा एमाले, काँग्रेस र माओवादी लगायत विभिन्न दल निकट कानुनी व्यवसायीहरु झण्डै ४० जना जति उपस्थित हुँदैं बचाऊमा आधा दर्जनले बहस गरेका थिए ।
मित्र मिलन सहकारी ठगीमा ३३ जना विरुद्ध पक्राउ पुर्जी जारी भएपनि हालसम्म १३ जना मात्र पक्राउ परेका छन् । यसअघि पक्राउ परेका मध्ये ५ जना धरौटीमा छुटिसकेका थिए भने बाँकी ७ जना पुर्पक्षका लागि कारागार चलान भएका छन् ।कास्की अदालतले यसअघि लेखा समितिका संयोजक सूर्यबहादुर अधिकारी (७ लाख), विष्णुप्रसाद भण्डारी (७ लाख), पूर्वअध्यक्ष कृष्णबहादुर राउत (१२ लाख), हरेराम भण्डारी (७ लाख), सुरेशकुमार श्रेष्ठ (७ लाख) लाई धरौटीमा रिहा गर्ने आदेश दिएको थियो ।
यसअघि, कारागार चलान हुनेहरुमा सञ्चालक समितिका अध्यक्ष रमण पौडेल, पूर्व रजिष्ट्रार उदयबहादुर पराजुली, सहकारी सञ्चालक सदस्य गोपाल खनाल, कार्यकारी अधिकृत किरण अधिकारी, लेखा सदस्य जनकराज पौडेल, सल्लाहकार र शेयर सदस्य राजु बराल र शेयर सदस्य बुद्धिसागर पौडेल रहेका छन् । बाँकी हालसम्म पनि फरार नै छन् ।


१पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
२पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
३बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
४कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा

प्रतिक्रिया