
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
६पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
७दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
८फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
९दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१०कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
११नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
पर्वत । सदरमुकाम कुश्मा बजारमा सञ्चालीत दुई वटा बहुमुखी क्याम्पसहरु एकिकरण (मर्ज)को लागि विभिन्न समितिहरुको गठन गरिएको छ । कुश्मामा सञ्चालीत गुप्तेश्वर बहुमुखी क्याम्पस र शिवालय बहुमुखी क्याम्पसलाई मर्ज गर्नका लागि एकिकरण सम्बन्धि विभिन्न समस्याहरु समाधानका लागि समितिहरुको गठन गरिएको हो ।आज एक कार्यक्रमका वीच ति समितिहरुको घोषणा सहितको जिम्मेवारी प्रदान गरिएको छ । दुई क्याम्पसका सञ्चालक समितिका पदाधिकारी, प्राध्यापकहरु तथा सञ्चालक सदस्यहरुको उपस्थितीमा ८ वटा उपसमितिहरुको गठन गरिएको छ । समितिहरुले दुई क्पाम्पस मर्जका लागि कानूनी प्रावधानहरुको संसोधन देखि क्याम्पस सञ्चालनको आगामी खाका समेत प्रस्तुत गर्नेछन् ।
क्याम्पसहरु एकिकरणका लागि भोलानाथ शर्माको संयोजकत्वमा विधान मस्यौदा उप समिति, कमलनाथ शर्माको संयोजकत्वमा इतिहास लेखन उप समिति, इन्द्रमान खत्रीको संयोजकत्वमा चन्दादाता संकलन उप समितिको गठन गरिएको छ । यसैगरी पृथ्वीनारायण शर्माको संयोजकत्वमा जनशक्ति आवश्यकता लेखाजोखा तथा नियुक्ती सिफारिस उप समिति तथा मिन प्रसाद श्रेष्ठको संयोजकत्वमा जिन्सी सम्पत्ति अभिलेख संकलन उप समितिको गठन गरिएको छ ।
यसैगरी एकिकरणको कामलाई प्रभावकारी बनाउनका लागि बिषम कुमार श्रेष्ठको संयोजकत्वमा आर्थिक अभियान सञ्चालन उप समिति, विष्णु नेवारको संयोजकत्वमा समुदाय सम्बन्ध परिचालन उप समिति र कमलनाथ पोख्रेलको संयोजकत्वमा आन्तरीक लेखा परिक्षण उप समितिको गठन गरिएको छ ।क्याम्पस एकिकरण गर्नका लागि विभिन्न निर्णयहरु लिनुपूर्व समितिहरुले विभिन्न ब्यक्तिहरुको समेत राय लिएर आफ्नो सुझाब क्याम्पसका ब्यवस्थापन समितिहरु समक्ष पेश गर्नेछन् । एकिकरण समितिका संयोजक गोविन्द पहाडीले ति समितिहरुको काम कर्तब्य र अधिकार सहित समितिका सदस्यहरुको नामावली सार्वजनिक गरेका छन् । समितिहरुले पेश गर्ने सुझाबका आधारमा क्याम्पसहरुको एकिकरण हुनेछ ।
समुदायको आफ्नो सम्पत्ति भएकाले सवै पक्षको सहयोग र सहकार्यमा क्याम्पसहरुको एकिकरण गरिने गुप्तेश्वर बहुमुखी क्याम्पसका अध्यक्ष बसन्त कुमार कमाचार्यले बताए । क्यापसहरुको एकिकरणमा सवै प्रकारका कानूनी प्रावधानहरु समाधान गरेर छिटो भन्दा छिटो एकिकरण गरिने शिवालय बहुमुखी क्याम्पसका अध्यक्ष हरिओम शर्मा लामिछाने बताउँछन् ।
दुवै क्याम्पसका सञ्चालक समितिहरुले क्याम्पसलाई एकिकरण गरी एक सवल, परिस्कृत, आधुनिक र एकिकृत क्याम्पस स्थापना गर्न आवश्यक रहेको महशुस गरी एकिकरण प्रकिया अगाडि बढाउन सहमत भएका छन् । उनिहरुले पव्लिक क्याम्पस संघ, पर्वतका अध्यक्ष गोविन्द पहाडीको संयोजकत्वमा दुवै क्याम्पसका अध्यक्षहरू बसन्तकुमार कर्माचार्य र हरीओम शर्मा लामिछाने तथा क्याम्पस प्रमुखहरु सुभाष पन्त र लेखनाथ उपाध्याय रहेको ५ सदस्यीय कार्यदल गठन गरेका छन् ।
कार्यदलले गत ६ महिना देखि शुरु गरेको अध्ययन र सहकार्यहरुवाट तयार भएको एकिकरण दस्तावेजको आधारमा दुवै क्याम्पसलाई एकिकरण प्रकृया टुंगोमा पु¥याउने भएको छ । वैठकले ५ सदस्यीय कार्यदलको विस्तार गरी १३ सदस्यीय अधिकार सम्पन कार्यदल गठन गरी ६ बुँदा रहेको कार्यादेश स्विकृत गरेको थियो भने गत माघ १६ गते भित्र दुवै क्याम्पसले आ–आफ्नो वार्षिक साधारण सभा सम्पन्न गरी एकिरणको प्रस्तावलाई अनुमोदन गरिसेका छन् ।
अहिले गुप्तेश्वर बहुमुखि क्याम्पसमा स्नातकोत्तर सहित २ सय ६२ र शिवालय बहुमुुखि क्याम्पसमा २६८ जना विद्यार्थी रहेका छन् । गुप्तेश्वर बहुमुखी क्याम्पस २०४८ सालदेखि सञ्चालनमा छ भने शिवालय बहुमुखी क्याम्पस २०६७ सालमा स्थापना भई सञ्चालनमा रहेको छ ।पर्वत जिल्लाभर १२ वटा क्याम्पस संचालनमा रहेका छन् । जिल्ला सवैजसो क्याम्पसहरुमा विद्यार्थीको संख्या न्यून छ । बिद्यार्थीको संख्या न्यून हुँदा ति क्याम्पसहरु बन्द हुने अवस्थामा पुगेका छन् ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी

प्रतिक्रिया