
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
६पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
७दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
८फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
९दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१०कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
११नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
काठमडौं । दाङ घोराही-१६ की सविता बुढाले एक दिन छोरीको सिरानीमुनि कागज फेला पारिन् ।स्कुलको कापीको पाना लेखिएको चिठी ८ वर्षकी छोरी रियाको थियो । बुवाको चित्र बनाएको कागजमा लेखिएको थियो, ‘बाबा ! म तपाईंलाई धेरै माया गर्छु, छिट्टै आउनु न है ?’
रियाले रुसी सेनामा भर्ती भएर तीन महिनादेखि हराइरहेका बुवा अभिषेक बुढाका लागि थियो । गत भदौमा रुसी सेनामा पुगेका अभिषेक बुढा तीन महिनादेखि सम्पर्कमा छैनन् । बुवालाई सम्झिएर उनले चिठी लेखेकी रहिछन् । ‘आई लभ यु बाबा, म तपाईंलाई धेरै सम्झेको छु । तपाईंलाई धेरै-धेरै मायाँ गर्छु । तपाईं कहिले आउनुहुन्छ ? छिटो आउनु न है ।’ छोरीका यी अक्षरहरूमा झलझली अभिषेकलाई नै सम्झिरहन्छिन् सविता पनि ।
रिया बुबालाई औधी माया गर्थिन् । अभिषेक रुसी सेनामा गएको धेरै पछिसम्म पनि भिडियो हेरेर मात्र निदाउँथिन्, रिया । ‘नानीले यो चिठी लेखेर लुकाएर राखेकी रहिछ,’ सविताले भनिन्, ‘एकदिन मैले उसको बिस्तारामुनि भेट्टाए, बुवा कहिले आउनुहुन्छ भनेर छोरी पनि आत्तिसकेकी रहिछ ।’उनी बाबा खै भनेर प्रश्न गरिरहन्छिन् । बेखबर श्रीमान्काबारे छोरीलाई दिने जवाफ सवितासँग छैन । उनी छोरीलाई सम्झाउँदै भन्छिन्, ‘बाबा सेनाको तालिममा हुनुहुन्छ । छिट्टै फोन गर्नुहुन्छ ।’
छोरी रियालाई बाबु कहाँ गएको भन्ने धेरै कुरा थाहा छैन, मात्र रुस पुगेको भन्नेसम्म थाहा छ । युद्धग्रत क्षेत्रमा होमिएर बेपत्ता भएको कुरा थाहा छैन उनलाई ।‘श्रीमानसँग कुरा नभएको तीन महिना भइसक्यो, रातभरि निद्रै पर्दैन’ सविताले भनिन् । आठ वर्षअघि मलेसियामा चार वर्ष विताएपछि गाउँ फर्केका थिए, अभिषेक । रोल्पा त्रिवेणी गाउँपालिका-२ बाट ६ वर्षअघि मात्र परिवारसँग दाङको घोराही झरेका थिए । मलेसियाबाट फर्केपछि उनी अटो चलाउँथे । दिनरात अटो चलाउँदा पनि अभावमै गुज्रिरहेकै थियो । रोजगारीको विकल्प खोजिरहेका थिए उनी । त्यही बेला पोल्याण्ड जाने भनेर एक जना दलालले दुई लाख पैसा लिएर बेपत्ता भए । ऋण काढेका पैसा फसेपछि उनी थप ऋणमा फसे ।
ऋणमा डुबेर रत्तिएका बेला उनलाई तुलसीपुरका एक जना विदेश पठाउने एजेन्टले रुसी सेनामा भर्ना खुलेको सुनाइ दियो । ‘रुसमा युद्ध सकियो, सेफ जोनमा बस्ने हो, लडाइँ लड्नु पर्दैन,’ अभिषेकले श्रीमतीलाई सुनाएका थिए, ‘महिनाको डेढ लाख कमाइ हुन्छ रे ।’
एकपछि ऋणमा फस्दै गएको बेला मासिक डेढ लाख ठूलो पैसा थियो । युद्ध लड्न नपर्ने भएपछि सविताले पनि जान अनुमति दिइन् । गत भदौ २६ गते रुसी सेना बन्नका लागि नेपालबाट उडे ।रुस पुगेर सेनामा भर्ना भएको केही दिनमै उनले आफू क्याम्पमै पुगेको भन्दै ह्वाट्सएप मार्फत सवितासँग कुरा गरेका थिए । ‘पहिलो क्याम्पमा हुँदासम्म हाम्रो कुराकानी भयो,’ सविताले भनिन्, ‘क्याम्पमा हुँदा फोटो भिडियो पनि पठाइरहनु हुन्थ्यो ।’
दोस्रो क्याम्पमा दोस्रो क्याम्पसम्म जादा पनि उनी सम्पर्कमै थिए । पहिलो र दोस्रो क्याम्पमा उनलाई सौन्य तालिम दिइयो । गत असोज २६ गते भने उनले आफूलाई तेस्रो क्याम्पमा पठाउन लागेको कुरा सवितलाई सुनाए । तेस्रो क्याम्प अर्थात युद्धको रेड जोन । ‘मलाई तेस्रो क्याम्पमा पठाइँदैछ, फोन नलाग्नसक्छ, नआत्तिनु,’ ह्वाट्स एपमा अन्तिम पटक अभिषेकले म्यासेज पठाए । त्यसपछि उनी सम्पर्कमा आएनन् ।तीन महिना यता हरेक पल ह्वाट्सएपमा आँखा लागि रहन्छन् सविताका । न त अभिषेकको म्यासेज आउँछ, न सविताले पठाएको म्यासेज नै उनी हेर्छन् । ‘कति म्यासेज पठाएँ, म्यासेज नै हेरेको देखिन्न, सविताले भनिन् ‘उताबाट पनि एउटा म्यासेज आउँदैन ।’ न त अभिषेकको बारेमा खबर दिने नै कोही छ रुसमा ।
रुस युक्रेन युद्धमा रुसी सेनामा भर्ना भएका नेपालीका मृत्युका खबरहरु आइरहेका छन् । यी खबरहरुले आत्तालिएकी छन् सविता । आफूलाई सम्हाल्न सकेकी छैनन् । ‘केही भइहल्यो कि भन्ने डरले भित्रभित्र खाइरहन्छ,’ उनले भनिन्, ‘सम्पर्क नभएको यतिका समय भइसक्यो, कहाँ हुनुहुन्छ, कस्तो हुनुहुन्छ केही अत्तोपत्तो छैन ।’
रियासँगै सविताका दुई १४ र १६ वर्षका छोरा पनि छन् ।
ऋणले थिचेपछि मजदुरी
श्रीमान् पठाउँदा उनले ११ लाख रुपैया ऋण लिएकी थिइन् । उता श्रीमान् वेपत्ता भए, यता साहुँले दिनरात घर घेर्न थाले । त्यसपछि उनी घर बस्न सक्ने स्थिती भएन । दुई महिना यता उनी पोखरामा आएर ज्याला मुजदुरी गरिरहेकी छन् । ‘ऋणले बढेर घरमा बसीसक्नु भएन, उनले भनिन्, ‘साना बच्चा आफन्तीमै छोडेर ज्याला मजदुरी गर्न आएकी छुँ ।’ श्रीमान्को खबर पर्खेर बसेकी उनलाई आफूमाथि दुःखमाथि दुःख थपिएको बताउँछिन् । ‘श्रीमान् हराएपछि साना बच्चाका मुख हेरेर बसेकी थिए’ आफ्नै नियतीलाई धिक्कार्दै भन्छिन्, ‘भएका बालबच्चालाई पनि एक्लै छोडेर हिड्नु पर्याे । दुख जति मैले मात्र भोग्न लेखेको रहेछ ।’


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप

प्रतिक्रिया