
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
६पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
७दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
८फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
९दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१०कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
११नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहालले संसद्को यो कार्यकालभरि नै यही सत्ता गठबन्धन कायम रहने दाबी गरेका छन् । पछिल्लो समय माओवादीले कांग्रेससँगको गठबन्धन तोडेर नयाँ गठबन्धन बनाउने हल्ला चलेको बेलामा प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन् । उनले अहिलेको सत्ता गठबन्धनले नै देशलाई निकास र विकास दुवै दिने दाबी गरे ।
पत्रकार ऋषि धमलासँगको संक्षिप्त कुराकानीमा प्रधानमन्त्री दाहालले यस्तो स्पष्ट पारेका हुन् । उनले भने,‘अहिलेको गठबन्धन दायाँबायाँ हुँदैन् । यही गठबन्धन कायम रहन्छ । यसले संसद्को पूरा अवधि लिन्छ । देशलाई निकसा र विकास पनि यही गठबन्धनले दिन्छ ।’
यस्तै, प्रधानमन्त्री दाहालले कांग्रेसको महासमिति बैठकलगत्तै मन्त्रिपरिषद् पूनर्गठन गर्ने सुनाए । कांग्रेस सभापति शेरबहादुर देउवासँगको छलफल र सहमतिअनुसार कांग्रेसको महासमिति बैठकलगत्तै मन्त्रिपरिषद् पूनर्गठन गर्ने दाहालको भनाई छ । सरकारको नेतृत्व गरेको एक वर्ष पूरा भएको अवसरमा जनताको नाममा सम्बोधन गर्ने क्रममा नै उनले मन्त्रिपरिषद् पूनर्गठन गर्ने घोषणा गरेका थिए ।
तर, गठबन्धनको मुख्य घटक नेपाली कांग्रेसले सहमति नदिँदा दाहाल रोकिएका थिए । पछिल्लो समय दाहालले मन्त्रिपरिषद् पूनर्गठन नगरे आफू गठबन्धनको विकल्प खोज्न पनि बाध्य हुने चेतावनी दिएपछि देउवा यसको लागि तयार भएको बुझिएको छ । तर, देउवाले महासमिति बैठकसम्म पर्खिन भनेपछि दाहाल रोकिएका हुन् ।पत्रकार धमलासँगको कुराकानीमा प्रधानमन्त्री दाहालले भने–‘मन्त्रिपरिषद् पूनर्गठनको गृहकार्य भैसकेको छ । अब कांग्रेसको महासमिति बैठकलगत्तै गर्छु । गठबन्धनमा आवद्ध दलका नेताहरुसँग पनि छलफल भैसकेको छ ।’
प्रधानमन्त्री दाहाल अब हुने मन्त्रिपरिषद् पूनर्गठनमा अर्थ मन्त्रालय आफ्नो दलको भागमा पार्न आँतुर छन् । अहिलेका अर्थमन्त्री डा. प्रकाशशरण महतले असहयोग गरेको उनको गुनासो रहँदै आएको छ । अब मन्त्रिपरिषद् पूनर्गठन हुँदा कांग्रेसले गृह र माओवादीले अर्थ लिनेगरि समझदारी बनेको माओवादी नेताहरुको दाबी छ । माओवादीले अर्थ मन्त्रालय पाउँदा वर्षमान पुन त्यसको नेतृत्व गरेर जाने बुझिएको छ ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप

प्रतिक्रिया