
१शंकरपोखरीमा ५० हजार राशीको भलिवल प्रतियोगिता हुँदै
२प्रदेश अस्पताल पर्वतको वार्षिक समीक्षा सम्पन्न, सेवा प्रवाह सुधारलाई प्राथमिकता
३जलजलाका बाढी पहिरो प्रभावित ५६ परिवारलाई राहत सामग्री वितरण
४ऐतिहासिक कथामा आधारित चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न
५आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
६असोज २५ को बूढीगण्डकी बाढीमा फसेको कुकुर भोकै, उद्धारका लागि स्थानीयको अपिल
७मोदी गाउँपालिकामा मंगलबारदेखि राज्य सुविधा परिचय पत्र वितरण सुरु
८ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने
९घाँस काट्दा देब्रे हात नै गुमाउनुपरेपछि सहयोगको अनुरोध
११पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
१२कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
१पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
२पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
३बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
४कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
६पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
७आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
८ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने
९मोदी गाउँपालिकामा मंगलबारदेखि राज्य सुविधा परिचय पत्र वितरण सुरु
१०घाँस काट्दा देब्रे हात नै गुमाउनुपरेपछि सहयोगको अनुरोध
११असोज २५ को बूढीगण्डकी बाढीमा फसेको कुकुर भोकै, उद्धारका लागि स्थानीयको अपिल
१२जलजलाका बाढी पहिरो प्रभावित ५६ परिवारलाई राहत सामग्री वितरण
गुल्मी । गुल्मी जिल्लाको सिद्धबाबा माध्यमिक विल्द्यालयमा विद्यार्थीलाई दुना-टपरी बनाउने तालिम दिन थालिएको छ । पछिल्लो समय पलाष्टिक जन्य वस्तुको प्रयोगले परम्परागत सीप संस्कृति समेत संकटमा पर्दै जान थालेको छ ।जिल्ला सदरमुकाम तम्घासमा रहेको विद्यालयले पढाईसँगै व्यवहारिक ज्ञानसमेत प्रदान गर्ने उदेश्यले दुना–टपरी बनाउने तालिम प्रदान गरेको विद्यालयका प्रधानाध्यापक डोरबिक्रम श्रीसले बताए । उनका अनुसार विद्यार्थीको पढाईसँगै अतिरिक्त समयमा व्यवहारिक ज्ञानसमेत प्रदान गर्ने गरिएको हो ।
पछिल्लो पीढीका विद्यार्थीहरु परम्परागत सीपको बारेमा जानकारी गराउने र उनिहरुलाई पनि सहभागि गराउने उदेश्यले विद्यालयले लिएको छ । दुना–टपरी खुटने तालिममा विद्यार्थीहरुले उत्साह पूर्वक सहभागि हुने गरेको विद्यालयले जनाएको छ ।
सालको पातबाट तयार गरिने दुना–टपरी विभिन्न धार्मिक कार्यहरुमा प्रयोग गर्ने गरिन्छ । पहिले विभिन्न विवहा पुजा तथा धार्मिक कार्यहरुमा सालको पातबाट तयार गरिएका दुना टपरीमा खाने पनि गरिन्थ्यो । तर अहिले पुजा–आजको सयमा मात्रै दुना-टपरी प्रयोग गरिदै आएको छ ।सालको पातबाट तयार गरिएको दुना–टपरी शुद्ध मानिने भएकाले धार्मिक कार्यमा अहिले पनि प्रयोग हुन्छ । विद्यालयले विद्यार्थीहरुलाई कितावको ज्ञानकोसँगै गाउँका विभिन्न कलासंस्कृति बारे जानकारी र उनिहरुलाई सीप प्रदाने गर्ने उदेश्य विद्यालयले राखेको प्रधानाध्यापक श्रीसले बताए ।
जिल्लाको सदरमुकाम तम्घासमा रहेको सिद्धबाबा माध्यमिक विद्यालयमा व्यवस्थापन तर्फ होटल म्यानेजमेन्ट पढाई सुरु समेत गरेको छ । जिल्लामा राम्रो पहिचाहन बनाउन सफल भएको विद्यालयले विद्यार्थीको माग अनुरुप विषय थप गरेर पठनपाठन सञ्चालन गर्दै आएको छ ।होटल म्यानेजमेन्ट विषय धेरै विद्यार्थीकोहरुको रोजाइमा रहेकाले यहि विषय पढन जिल्लाबाट बुटवल काठमाडौं जनुपर्ने बाध्यता रहेको थियो । त्यहिँ बाध्यतालाई अन्त्य गर्न सिद्धबाबा माध्यमिक विद्यालयले पठनपाठ सुरु गरेको हो ।
विद्यालयमा अहिले ५६ जना विद्यार्थीले होटल म्यानेजमेन्ट अध्ययन गर्दै आएका छन् । लुम्बिनी प्रदेशमै अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गर्न सफल यस विद्यालयमा विज्ञान, व्यवस्थापन, कानून, शिक्षा, मानविकी, कम्प्युटर इन्जिनियरिङ्गका विभिन्न विषयहरु समेत पढाई हुँदै आएको छ ।गुणस्तरीय शिक्षा प्रदान गर्न विद्यालयले शिक्षासँगै व्यवहारिक ज्ञानलाई पनि बिशेष महत्व दिएर शिक्षा प्रदान गर्ने गरेको प्रधानध्यापक श्रीसले बताए ।


१पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
२पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
३बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
४कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा

प्रतिक्रिया