
१शंकरपोखरीमा ५० हजार राशीको भलिवल प्रतियोगिता हुँदै
२प्रदेश अस्पताल पर्वतको वार्षिक समीक्षा सम्पन्न, सेवा प्रवाह सुधारलाई प्राथमिकता
३जलजलाका बाढी पहिरो प्रभावित ५६ परिवारलाई राहत सामग्री वितरण
४ऐतिहासिक कथामा आधारित चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न
५आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
६असोज २५ को बूढीगण्डकी बाढीमा फसेको कुकुर भोकै, उद्धारका लागि स्थानीयको अपिल
७मोदी गाउँपालिकामा मंगलबारदेखि राज्य सुविधा परिचय पत्र वितरण सुरु
८ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने
९घाँस काट्दा देब्रे हात नै गुमाउनुपरेपछि सहयोगको अनुरोध
११पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
१२कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
१पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
२पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
३बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
४कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
६पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
७ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने
८आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
९घाँस काट्दा देब्रे हात नै गुमाउनुपरेपछि सहयोगको अनुरोध
१०मोदी गाउँपालिकामा मंगलबारदेखि राज्य सुविधा परिचय पत्र वितरण सुरु
११असोज २५ को बूढीगण्डकी बाढीमा फसेको कुकुर भोकै, उद्धारका लागि स्थानीयको अपिल
१२ऐतिहासिक कथामा आधारित चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न
पोखरा। नेपाली काँग्रेस निकट विद्यार्थी संगठन नेवि संघका नेता सतिश बास्तोलासहित ३ जना विभिन्न सरकारी कार्यालय, संघ संस्था तथा व्यक्तिगत नाम उल्लेख गरिएका छाप र जंगली जनावरको सिंङ सहित पोखरामा पक्राउ परेका छन् । पक्राउ पर्नेमा सरकारी कागजपत्र बनाउने प्रिन्ट संचालक र प्रयोग गर्ने कन्सल्टेन्सी मालिक पनि छन् ।
उनीहरू पोखरा १९, पुरनचौर घर भई पोखरा ९ नयाँबजार बस्ने २८ वर्षीय नेवि संघका सतिश बास्तोला, चिप्लेढुंगा बस्ने २५ वर्षीय सुजन गिरी र पोखरा ९ मै बस्ने विवेक श्रेष्ठ हुन् । तीनै जना सरकारी छाप कीर्ते गरी नक्कली कागजात बनाउने कार्यमा संलग्न रहेको हुनसक्ने अनुमान छ ।बास्तोला पृथ्वीनारायण क्याम्पस, नेवि संघका पूर्व सभापति एवं नेवि संघ फोर्सका निवर्तमान सभापति हुन् । अस्ति फागुन १ गतेमात्रै बास्तोलाको पदावधि सकिएर नयाँ समिति बनेको थियो । ढिला गरी नाम सार्वजनिक गरेको प्रहरीले नाम सलिश बास्तोला उल्लेख गरेको छ ।
पोखरा वडा नं. ९, नयाँबजारमा रहेको ब्लू होम डेकोर नामक पसलमा विभिन्न सरकारी कार्यालयहरु, वडा कार्यालयहरु समेतका छापहरु तथा जंगली जनाबर जरायोको सिङ समेत लुकाई छिपाई राखेको भन्ने गोप्य सूचनाको आधारमा वडा प्रहरी कार्यालय बैदाम र लागू औषध नियन्त्रण व्यूरो शाखा कार्यालय पोखराबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले छापा मारेको थियो ।
समाचार स्रोतहरुले जनाए अनुसार गाँजा सेवन गर्ने युवाहरुलाई लखेट्दै गएको प्रहरी ब्लू होम डेकोर नामक पसलमा छिरेपछि सोधीखोजी गर्दै जाँदा उक्त घरेलु सजावटका बिक्री गर्ने उक्त डेकोरमा छापहरु तथा जरायोको सिङ लुकाई छिपाई राखेको अवस्थामा भेटिएको थियो ।सो क्रममा २४ थान छापहरु र जरायोको जस्तो देखिने सिंङ २ थान फेला परेको थियो । छापहरु बनाउन प्रयोग भएको मेसिन थान १, मनिटर थान १, सीपीयू थान १ सहित बरामद गरी तीनै जनालाई पक्राउ गरी कास्की जिल्ला अदालतबाट १० म्याद थप गरी अनुसन्धान प्रकृया अगाडि बढाइएको कास्की प्रहरीले जानकारी दिएको छ ।
प्रहरी नियन्त्रणमा परेका नेविसंघ नेता बास्तोलाले अनुसन्धानका क्रममा ती अबैध कागजपत्रहरु पोखराको नयाँबजारमा रहेको फाइन डिजाइन अफ प्रिन्टमा बनेको खुलाए पछि प्रहरीले उक्त प्रिन्टका संचालक विवेक श्रेष्ठलाई पनि पक्राउ गरेको प्रहरी स्रोतले जानकारी दिएको छ।
प्रहरीले अनुसन्धानका क्रममा ती सरकारी कागजपत्रहरु पोखराको चिप्लेढुंगामा संचालित जी.डी.एस. कन्सल्टेन्सीका सञ्चालक पुरनचौर नै घर भएका २५ वर्षीय सुजन गिरीका लागि बनाइएको खुलेपछि प्रहरीले गिरी समेतलाई पक्राउ गरी अनुसन्धान चलाएको हो ।


१पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
२पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
३बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
४कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा

प्रतिक्रिया