
१पर्वतको महाशिला गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा
२कुश्मा बहुमुखी क्याम्पसमा अभिभावक भेला तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
३रवि लामिछाने कैदबाट भाग्नु फौजदारी अपराध, आयोगद्वारा कारबाही सिफारिस
४“फुल रसैको” म्युजिक भिडियो सार्वजनिक
५पोखरा १६ का महिलालाई अचार र सेलरोटी बनाउने तालिम
६पर्वतको विकास नै पहिलो प्राथमिकता — सांसद सागर भुसाल
७निर्वाचन मार्फत विन्ध्यवासिनीका विद्यार्थीले छाने क्याप्टेन र उप क्याप्टेन
८सीताराम र ध्रुव माविमा परिवार नियोजनको अभियान
९दर्शन फाउण्डेशनद्वारा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न
१०नज्योति विद्याकुञ्जका एसइई उत्तीर्ण विद्यार्थीलाई सम्मान
११आर्थर डाँडाखर्क, पर्वतबाट सुरु भयो सरोज पौडेलको ‘सिन्दुरे जात्रा’ छायांकन
१२विदेश होइन, गाउँकै माटोमा भविष्य खोज्दै पर्वतका युवा किसान ज्ञानप्रसाद भुसाल
१विदेश होइन, गाउँकै माटोमा भविष्य खोज्दै पर्वतका युवा किसान ज्ञानप्रसाद भुसाल
२पर्वतकाे कुस्ममा ईभी माइक्रो दुर्घटना हुँदा १० जना घाईते
३एसईई : ९ बजेपछि विद्यार्थीले नतिजा हेर्नसक्ने, कसरी ?
४उदीयमान खेलाडीमा अनुष्का, सचिन र निभाको प्रतिस्पर्धा
५रोल्पाको जलजला जिप दुर्घटनामा १७ जनाको मृत्यु
६प्रदेशले किन्यो आमा…!
७सम्बन्धविच्छेद गरे पनि परिवारै मानेर सहकारी ठगीमा संलग्नको सम्पत्ति जफत गरिने
८हेमजा युनाइटेडको आठौँ साधारण सभा सम्पन्न, भित्ते-पात्रो विमोचनसँगै खेलाडी सम्मान
९प्रधानन्यायाधीश सिफारिस गलत भयो, परिणाम सरकारले भोग्छ : सुशीला कार्की
१०समस्याग्रस्त सहकारीका ठूला ऋणीहरूको नाम सार्वजनिक
११पर्वतमा जिल्ला स्तरीय दौड प्रतियोगिता हुने
१२ल्वाङमा ‘सिनेमा संवाद’को चौथो संस्करण : तयारी पूरा, सशक्त बहस र सांगीतिक प्रस्तुति हुँदै
पोखरा। नेपाली काँग्रेस निकट विद्यार्थी संगठन नेवि संघका नेता सतिश बास्तोलासहित ३ जना विभिन्न सरकारी कार्यालय, संघ संस्था तथा व्यक्तिगत नाम उल्लेख गरिएका छाप र जंगली जनावरको सिंङ सहित पोखरामा पक्राउ परेका छन् । पक्राउ पर्नेमा सरकारी कागजपत्र बनाउने प्रिन्ट संचालक र प्रयोग गर्ने कन्सल्टेन्सी मालिक पनि छन् ।
उनीहरू पोखरा १९, पुरनचौर घर भई पोखरा ९ नयाँबजार बस्ने २८ वर्षीय नेवि संघका सतिश बास्तोला, चिप्लेढुंगा बस्ने २५ वर्षीय सुजन गिरी र पोखरा ९ मै बस्ने विवेक श्रेष्ठ हुन् । तीनै जना सरकारी छाप कीर्ते गरी नक्कली कागजात बनाउने कार्यमा संलग्न रहेको हुनसक्ने अनुमान छ ।बास्तोला पृथ्वीनारायण क्याम्पस, नेवि संघका पूर्व सभापति एवं नेवि संघ फोर्सका निवर्तमान सभापति हुन् । अस्ति फागुन १ गतेमात्रै बास्तोलाको पदावधि सकिएर नयाँ समिति बनेको थियो । ढिला गरी नाम सार्वजनिक गरेको प्रहरीले नाम सलिश बास्तोला उल्लेख गरेको छ ।
पोखरा वडा नं. ९, नयाँबजारमा रहेको ब्लू होम डेकोर नामक पसलमा विभिन्न सरकारी कार्यालयहरु, वडा कार्यालयहरु समेतका छापहरु तथा जंगली जनाबर जरायोको सिङ समेत लुकाई छिपाई राखेको भन्ने गोप्य सूचनाको आधारमा वडा प्रहरी कार्यालय बैदाम र लागू औषध नियन्त्रण व्यूरो शाखा कार्यालय पोखराबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले छापा मारेको थियो ।
समाचार स्रोतहरुले जनाए अनुसार गाँजा सेवन गर्ने युवाहरुलाई लखेट्दै गएको प्रहरी ब्लू होम डेकोर नामक पसलमा छिरेपछि सोधीखोजी गर्दै जाँदा उक्त घरेलु सजावटका बिक्री गर्ने उक्त डेकोरमा छापहरु तथा जरायोको सिङ लुकाई छिपाई राखेको अवस्थामा भेटिएको थियो ।सो क्रममा २४ थान छापहरु र जरायोको जस्तो देखिने सिंङ २ थान फेला परेको थियो । छापहरु बनाउन प्रयोग भएको मेसिन थान १, मनिटर थान १, सीपीयू थान १ सहित बरामद गरी तीनै जनालाई पक्राउ गरी कास्की जिल्ला अदालतबाट १० म्याद थप गरी अनुसन्धान प्रकृया अगाडि बढाइएको कास्की प्रहरीले जानकारी दिएको छ ।
प्रहरी नियन्त्रणमा परेका नेविसंघ नेता बास्तोलाले अनुसन्धानका क्रममा ती अबैध कागजपत्रहरु पोखराको नयाँबजारमा रहेको फाइन डिजाइन अफ प्रिन्टमा बनेको खुलाए पछि प्रहरीले उक्त प्रिन्टका संचालक विवेक श्रेष्ठलाई पनि पक्राउ गरेको प्रहरी स्रोतले जानकारी दिएको छ।
प्रहरीले अनुसन्धानका क्रममा ती सरकारी कागजपत्रहरु पोखराको चिप्लेढुंगामा संचालित जी.डी.एस. कन्सल्टेन्सीका सञ्चालक पुरनचौर नै घर भएका २५ वर्षीय सुजन गिरीका लागि बनाइएको खुलेपछि प्रहरीले गिरी समेतलाई पक्राउ गरी अनुसन्धान चलाएको हो ।


१विदेश होइन, गाउँकै माटोमा भविष्य खोज्दै पर्वतका युवा किसान ज्ञानप्रसाद भुसाल
२पर्वतकाे कुस्ममा ईभी माइक्रो दुर्घटना हुँदा १० जना घाईते
३एसईई : ९ बजेपछि विद्यार्थीले नतिजा हेर्नसक्ने, कसरी ?
४उदीयमान खेलाडीमा अनुष्का, सचिन र निभाको प्रतिस्पर्धा
५रोल्पाको जलजला जिप दुर्घटनामा १७ जनाको मृत्यु

प्रतिक्रिया