
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
६पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
७दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
८फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
९दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१०कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
११नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
पर्वत । कुश्मा नगरपालिका–१ मालढुङ्गास्थित कालीगण्डकीमा नदीमा नेशनल र्याफ्टिङ च्याम्पियनसिप प्रतियोगिता सुरु भएको छ।गण्डकी प्रदेशलाई साहसिक खेलकुदको गन्तव्य बनाउने उद्देश्यका साथ पहिलो पटक प्रतियोगिताको आयोजना गरिएको हो। प्रदेश खेलकुद परिषद् गण्डकीको आयोजनामा चार दिन सम्म सञ्चालन हुने प्रतियोगिताको पहिलो दिन राष्ट्रिय कायाक सालोलम प्रतियोगिता सुरु भएको परिषद्का कार्यालय प्रमुख तोपलाल भुसालले जानकारी दिए ।
आइतबार सम्पन्न राष्ट्रिय कायाक सालोलम प्रतियोगितामा तनहुँका प्रमोद गुरुङले आफ्ना दुई हिटमा कुल ८६ं.६१ मिनेटको समय लिँदै पहिलो भएका छन्। प्रतियोगितामा उदयपुरका डम्बर बहादुर पूर्वाछानेले ८७.०२ मिनेटको समयमा दोस्रो स्थान हासिल गर्दा चितवनका शक्ति कुमार गुरुङ तेस्रो भएका छन्।
उनले कुल ९०.१ मिनेटको समय लिए। यस्तै ९१.८९ मिनेट समय लिँदै चितवनका नवीन श्रेष्ठ चौथो हुँदा ९१.८९ मिनेटमा दुरी पार गरेका खोटाङका प्रशान्त राई पाँचौँ स्थानमा आएका छन्। राष्ट्रिय कायाक सालोलम प्रतियोगितामा प्रतियोगितामा २५ जनाले प्रतिस्पर्धा गरेका थिए।
प्रतियोगिता अन्तर्गत सोमबार र मङ्गलबार र्याफ्टिङ अन्तर्गतका अन्य दुई प्रतिस्पर्धाहरू हुने सहाशिक खेलकुदका संयोजक एवं परिषद्का बोर्ड सदस्य वसन्तराज दवाडीले बताए। उनका अनुसार सोमबार स्प्रेन हेड टु हेड र मङ्गलबार सालोलम डाउन रिभर रेस हुने छ।
प्रतियोगितामा विजेता खेलाडीहरूलाई नगद सहित मेडल तथा प्रमाणपत्र वितरण गरिने छ। प्रतियोगितामा पहिलो, दोस्रो, तेस्रो, चौथो र पाँचौँ स्थान प्राप्त गर्ने खेलाडीहरूलाई पुरस्कार स्वरूप क्रमशः नगद ३०, २०, १५, १० र ५ हजार रुपैयाँ प्रदान गरिने छ।
प्रतियोगितामा र्याफ्टिङतर्फ १२ टिम र कायाक सालोलुम कानुको प्रतिस्पर्धामा ५० भन्दा बढी खेलाडीको सहभागिता रहेको छ। प्रतियोगितामा सात प्रदेश, विभागीय टिम र अन्य क्लबहरूको समेत सहभागिता छ। यही प्रतियोगिताबाट अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने खेलाडीहरूको समेत छनोट हुने छ।
कालीगण्डकीलाई साहसिक खेलकुदको गन्तव्य बनाउन परिषद्को पहलमा गत माघ २० गते यो प्रतियोगिताको बारेमा अध्ययन गरिएको थियो ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप

प्रतिक्रिया