
१शंकरपोखरीमा ५० हजार राशीको भलिवल प्रतियोगिता हुँदै
२प्रदेश अस्पताल पर्वतको वार्षिक समीक्षा सम्पन्न, सेवा प्रवाह सुधारलाई प्राथमिकता
३जलजलाका बाढी पहिरो प्रभावित ५६ परिवारलाई राहत सामग्री वितरण
४ऐतिहासिक कथामा आधारित चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न
५आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
६असोज २५ को बूढीगण्डकी बाढीमा फसेको कुकुर भोकै, उद्धारका लागि स्थानीयको अपिल
७मोदी गाउँपालिकामा मंगलबारदेखि राज्य सुविधा परिचय पत्र वितरण सुरु
८ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने
९घाँस काट्दा देब्रे हात नै गुमाउनुपरेपछि सहयोगको अनुरोध
११पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
१२कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
१पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
२पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
३बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
४कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
६पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
७ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने
८आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
९घाँस काट्दा देब्रे हात नै गुमाउनुपरेपछि सहयोगको अनुरोध
१०मोदी गाउँपालिकामा मंगलबारदेखि राज्य सुविधा परिचय पत्र वितरण सुरु
११असोज २५ को बूढीगण्डकी बाढीमा फसेको कुकुर भोकै, उद्धारका लागि स्थानीयको अपिल
१२जलजलाका बाढी पहिरो प्रभावित ५६ परिवारलाई राहत सामग्री वितरण
पर्वत । कुश्मा नगरपालिका–१ मालढुङ्गास्थित कालीगण्डकीमा नदीमा नेशनल र्याफ्टिङ च्याम्पियनसिप प्रतियोगिता सुरु भएको छ।गण्डकी प्रदेशलाई साहसिक खेलकुदको गन्तव्य बनाउने उद्देश्यका साथ पहिलो पटक प्रतियोगिताको आयोजना गरिएको हो। प्रदेश खेलकुद परिषद् गण्डकीको आयोजनामा चार दिन सम्म सञ्चालन हुने प्रतियोगिताको पहिलो दिन राष्ट्रिय कायाक सालोलम प्रतियोगिता सुरु भएको परिषद्का कार्यालय प्रमुख तोपलाल भुसालले जानकारी दिए ।
आइतबार सम्पन्न राष्ट्रिय कायाक सालोलम प्रतियोगितामा तनहुँका प्रमोद गुरुङले आफ्ना दुई हिटमा कुल ८६ं.६१ मिनेटको समय लिँदै पहिलो भएका छन्। प्रतियोगितामा उदयपुरका डम्बर बहादुर पूर्वाछानेले ८७.०२ मिनेटको समयमा दोस्रो स्थान हासिल गर्दा चितवनका शक्ति कुमार गुरुङ तेस्रो भएका छन्।
उनले कुल ९०.१ मिनेटको समय लिए। यस्तै ९१.८९ मिनेट समय लिँदै चितवनका नवीन श्रेष्ठ चौथो हुँदा ९१.८९ मिनेटमा दुरी पार गरेका खोटाङका प्रशान्त राई पाँचौँ स्थानमा आएका छन्। राष्ट्रिय कायाक सालोलम प्रतियोगितामा प्रतियोगितामा २५ जनाले प्रतिस्पर्धा गरेका थिए।
प्रतियोगिता अन्तर्गत सोमबार र मङ्गलबार र्याफ्टिङ अन्तर्गतका अन्य दुई प्रतिस्पर्धाहरू हुने सहाशिक खेलकुदका संयोजक एवं परिषद्का बोर्ड सदस्य वसन्तराज दवाडीले बताए। उनका अनुसार सोमबार स्प्रेन हेड टु हेड र मङ्गलबार सालोलम डाउन रिभर रेस हुने छ।
प्रतियोगितामा विजेता खेलाडीहरूलाई नगद सहित मेडल तथा प्रमाणपत्र वितरण गरिने छ। प्रतियोगितामा पहिलो, दोस्रो, तेस्रो, चौथो र पाँचौँ स्थान प्राप्त गर्ने खेलाडीहरूलाई पुरस्कार स्वरूप क्रमशः नगद ३०, २०, १५, १० र ५ हजार रुपैयाँ प्रदान गरिने छ।
प्रतियोगितामा र्याफ्टिङतर्फ १२ टिम र कायाक सालोलुम कानुको प्रतिस्पर्धामा ५० भन्दा बढी खेलाडीको सहभागिता रहेको छ। प्रतियोगितामा सात प्रदेश, विभागीय टिम र अन्य क्लबहरूको समेत सहभागिता छ। यही प्रतियोगिताबाट अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने खेलाडीहरूको समेत छनोट हुने छ।
कालीगण्डकीलाई साहसिक खेलकुदको गन्तव्य बनाउन परिषद्को पहलमा गत माघ २० गते यो प्रतियोगिताको बारेमा अध्ययन गरिएको थियो ।


१पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
२पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
३बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
४कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा

प्रतिक्रिया