
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
६पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
७दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
८दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
९फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
१०कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
११नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
बागलुङ। बागलुङ जैमिनीकी चमेली सुनार (नाम परिवर्तित)लाई एउटा मिर्गौला फेल भएको थाहा छ । तर उनले उपचार गर्न सकेकी छैनन् । कमजोर आर्थिक अवस्थाका कारण गाउँमै छिन् ।३३ वर्षीया उनको चार वटा सन्तान छ । रोगले गल्दै गएकी सुनार अहिले निकै खुशी छिन् । पोखराको चरक मेमोरियल हस्पिटलले अब उनको उपचार प्रक्रिया अघि बढाउनेछ ।
नेपाल रेक्रडक्रस सोसाइटी, दमेक उपशाखा बागलुङले गाउँमा सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरमा उनी पनि पुगेकी थिइन् । ५ जना चिकित्सकसहित २१ जनाको चरकको टोलीमाझ उनले आफ्नो व्यथा पोखिन् । चरकका प्रबन्ध निर्देशक कपिल पोखरेलले शिविरमै उनको स्वास्थ्यजाँचपछि अब आगामी उपचार पोखरामै हुने बचन दिए ।
जैमिनी २ अवस्थित दमेक स्वास्थ्यचौकीमा सञ्चालित शिविरमा ३२० जनाले भिडियो एक्सरेसहितको सुविधा लिए । आयोजक संस्थाका सभापति होमनाथ सापकोटाका अनुसार साविक दमेकका वडा नं। २ र ३ बासिन्दा लाभान्वित भएका छन् ।परीक्षणका क्रममा एक जनाको भीआईए पोजिटिभ देखिएको, ३ जनामा १२ एमएमसम्मको पत्थरी मिर्गौलामा देखिएको, ६ जनाको पाठेघरको शल्यक्रिया गर्नुपर्ने, ४ वर्षका बालकको आँखाको शल्यक्रिया गर्नुपर्ने भेटिएको छ । उनीहरुको उपचारका लागि पनि चरकले सक्दो सघाउने भएको छ । शिविरमा परीक्षणपछि मात्रै उनीहरु धेरैले आफ्नो रोगबारे पहिलोपटक थाहा पाएका थिए ।
विशेषज्ञसहितको पहिलो पटक सेवा दिएकाले शिविर फलदायी बनेको जिल्ला समन्वय समिति बागलुङका उपप्रमुखसमेत रहेका सापकोटाले बताए ।शिविरमा प्रजनन स्वास्थ्य समस्या सम्बन्धी, भीआइए परीक्षण, पाठेघरको भिडियो एक्सरे, पाठेघर तथा स्तन क्यान्सर सहित स्त्री रोग सेवा, बालरोग सेवा, जनरल फिजिसियन सेवा प्रदान गरिएको थियो ।
चरक हस्पिटलका चिकित्सकहरु डा। शरद चन्द्र बराल (कन्सल्टेन्ट फिजिसियन), डा। ओम कुमार श्रेष्ठ ९रेडियोलोजिस्ट०, डा। विष्णु पालिखे ९स्त्रीरोग विशेषज्ञ०, डा। किरण शर्मा (बालरोग विशेषज्ञ), डा। सन्देश प्रकाश पराजुली ९मेडिकल अफिसर० लगायत सहभागी थिए । चरकले यसअघि गोरखा, म्याग्दी लगायतका स्थानमा पनि पूर्ण सेवा सहितको प्राविधिक सहयोग गरिसकेको छ । प्रबन्ध निर्देशक पोखरेलले ग्रामीण भेगहरुमा स्वास्थ्य सेवाको पहुँच अझै राम्ररी नपुग्दा गाउँबासीहरु रोग लागेको थाहै नपाई ज्यान गुमाउनुपर्ने अवस्थामा रहेको भन्दै समयमै रोगको निदान गरी उपचार गराउने हेतु गाउँ गाउँमा हुने यस्ता शिविरमा सहयोग गर्दै आएको बताए ।
जिल्ला जनस्वास्थ्य कार्यालय बागलुङको समन्वय, जैमिनी नगरपालिकाको सहयोगमा कार्यक्रम भएको थियो । जिल्ला समन्वय समिति बाग्लुङका प्रमुख अमर थापाको प्रमुख आतिथ्यतामा भएको उद्घाटन समारोहमा जैमिनी नगरपालिकाका मेयर नरबहादुर पुन, सभापति एवं जिल्ला समन्वय समिति उपप्रमुख होमनाथ सापकोटा, जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्मा, वडा अध्यक्ष प्रेमप्रसाद सापकोटा, कार्यपालिका सदस्य भगवति सापकोटा, अहेव हेम केसी लगायतले बोलेका थिए ।रेडक्रस दमेक उपशाखाले अघिल्लो वर्ष आँखा शिविर गर्दा पाँच सय बढी लाभान्वित भएका थिए ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप

प्रतिक्रिया