
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
६पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
७दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
८दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
९फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
१०कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
११नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धनबारे पार्टी बैठकमा ब्रिफिङ गरेका छन् । आइतबारबाट सुरु भएको बैठकमा प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्डले पार्टी बैठकमा उठेका विभिन्न विषयमा जवाफ दिएका छन् ।आजको बैठकमा प्रचण्डले सरकारको काम कारबाहीदेखि सत्ता गठबन्धनको भविष्यबारे पनि छलफल गरेका थिए । स्रोतका अनुसार आजको बैठकमा प्रधानमन्त्री प्रचण्डले सत्ता साझेदार दल नेपाली कांग्रेसले सरकारलाई सोचेजस्तो सहयोग नगरेको भन्दै असन्तुष्टि जनाएका छन् ।
प्रधानमन्त्री प्रचण्डले कांग्रेसबाट पटक-पटक धोका भएको भन्दै यसबारेमा गम्भीर समीक्षा गर्नेपनि प्रतिवद्धता जनाएको त्यहाँ रहेका एक नेताले जानकारी दिए । उनका अनुसार प्रधानमन्त्ती प्रचण्डले भोलि जनयुद्ध दिवस पनि भव्यताका साथ मनाउने उल्लेख गर्दै त्यसैनुसार तयारी गर्न नेता कार्यकर्तालाई निर्देशन दिएका छन् ।
प्रचण्डकै नेतृत्वमा १० वर्षसम्म नेपालमा जनयुद्ध भएको थियो । गत वर्ष सरकारले फागुन १ गते जनयुद्ध सुरु भएको दिनको सम्झनामा सार्वजनिक बिदा दिने निर्णय गरेकोे थियो । उक्त समयमा सरकारमा रहेको दल नेकपा एमाले र प्रतिपक्षीमा रहेको नेपाली कांग्रेसले पनि मौन समर्थन गरेका थिए । तर, समयक्रममा सत्ता गठबन्धनमा उलटफेर आएपछि प्रतिपक्षीमा धकेलिएको नेकपा एमालेले जनयुद्धको सार्वजनिक बिदा खारेज गर्न माग गर्दै आएको थियो भने सरकारमै भएको कांग्रेसले पनि दैद्ध चरित्र देखाएको माओवादीको बुझाई छ ।
नेपाली कांग्रेसको संस्थापन पक्ष जनयुद्धको बिदासँग ेकही लचिलो देखिएपनि संस्थापन इतर पक्ष खुलेरै विरोधमा लागेको थियो ।जसलाई बल पुग्नेगरी पार्टी सभापति शेरबहादुर देउवोल मौनता साँधेपछि प्रधानमन्त्री प्रचण्ड असन्तुष्ट बनेका थिए ।
सरकारमा रहनेदेखि बाहिरिनेसम्मले विरोध जनाएपछि सर्वोच्च अदालतमा रिट दायर भएको थियो । उक्त रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीशद्दय आनन्दमोहन भट्टराई र महेश शर्मा पौड्यालको संयुक्त इजलासले जनयुद्ध शब्दलाई संविधानले नचिन्नेभन्दै निर्णय खारेज गरिदिएका थिए ।
सर्वोच्चको फैसलाले सशंकिक्त बनेका प्रचण्डले अदालतको सम्मान गर्दै देउवा र ओलीलाई च्यालेञ्ज दिएर भोलि जनयुद्ध दिवस मनाउने निर्णयमा पुगेको स्रोतको दाबी छ । “अदालतको सम्मान गर्छौं, भोलि जनयुद्ध दिवस पनि मनाउछौँ,” पार्टी बैठकमा प्रचण्डको भनाई उद्दृद गर्दै स्रोतले भन्यो ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी

प्रतिक्रिया