
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
६पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
७दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
८फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
९दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१०कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
११नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
काठमाडौं । अघिल्लो साताको सोमबार पूर्वप्रहरी जवान राजेन्द्र नाथको एउटा भिडियो सार्वजनिक भयो, जसमा उनले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरकी प्रहरी निरीक्षक बिनु शाहीबाट आफूले यातना पाएको दाबी गरेका छन् ।मुद्दा फाँटमा कार्यरत शाहीकै यातनाका कारण आफू जागिरबाट राजीनामा दिन बाध्य भएको समेत उनले दाबी गरेका छन् ।
एक महिनाअघि विदा थप गरिदिन भन्दै म जिल्ला प्रहरी कार्यालय, कञ्चनपुर गएको थिएँ, भित्र अरु प्रहरी कर्मचारीसँग बसेको बेला मलाई झ्यापझुप समातेर थुन्यो’, नाथले भनेका छन्, ‘त्यसपछि थुन्दे भन्दै तीन दिनसम्म हिरासतमा राखियो ।’नाथको भनाइमा, उनलाई तीन दिन हिरासतमा राख्दा पक्राउ पूर्जी समेत दिइएको थिएन । त्यतिबेला आफूलाई थुनुवालाई गुट्खा दिन आएको भन्ने आरोपमा नियन्त्रणमा लिइएको उनको दाबी छ ।‘सुरुमा इन्स्पेक्टर शाहीले एसपी सा’ब आएपछि छाड्छु भन्नुभएको थियो, तर फेरि तीन नम्बर सेलमा राखियो’, नाथले भनेका छन्, ‘त्यहाँ पनि मलाई चरम यातना दिइयो ।’
यस अघिदेखि नै इन्स्पेक्टर शाहीले आफूलाई यातना दिइरहेको उनी बताउँछन् । त्यही कारण आफूले प्रहरीबाट राजीनामा दिएको पूर्वप्रहरी जवान नाथ बताउँछन् ।तर, जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका डीएसपी प्रकाश डाँगी भने पूर्वजवान नाथलाई हिरासतमै नराखिएको दाबी गर्छन् । ‘एक दिन दिउँसो नियन्त्रणमा लिएको मात्र हो, सोधपुछ भएको थियो’, उनले भने, ‘तर, हिरासतमा राखिएको थिएन ।’
नाथले भने राजीनामा बुझाएपछि विभिन्न सञ्चारमाध्यममा गएर आफूमाथि अन्याय भएको भन्दै अन्तर्वार्ता दिएका थिए । पछि उनले जिल्ला प्रशासन कार्यालय, कञ्चनपुरमा समेत प्रहरी निरीक्षक शाहीविरुद्ध उजुरी दिएका थिए ।
दुई पत्रकार पक्राउ, अरुलाई खोज्दैछौं : प्रहरी
पूर्वप्रहरी जवान नाथको भनाइमा आधारित रहेर कञ्चनपुरका पत्रकारहरुले यो विषयमा समाचार प्रकाशन तथा प्रशारण गरे ।केहीले सामाजिक सञ्जालमा स्ट्याटससमेत लेखे । त्यहीबीच इन्स्पेक्टर शाहीले सामाजिक सञ्जाल फेसबुकमा ‘मेरा धेरै शुभचिन्तक मित्रहरुले भ्रामक समाचारमा रमाइलो मानेर गुणगान गरेकामा मलाई पनि रमाइलो लागेकै छ’ भन्दै स्ट्याटस लेखेकी थिइन् ।
जिल्ला प्रहरी कार्यालयले २२ माघमा प्रेस विज्ञप्ति जारी गरेर जवान नाथलाई ‘कार्यसम्पादन सन्तोषजनक नपाइएको, पदीय आचरण विपरीत गैरजिम्मेवार र अनुशासनहीन कार्य गरेका’ले कारबाही गरिएको लगायतका विवरण सार्वजनिक गर्यो ।जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले उनलाई दरबन्दी भएको जिल्ला प्रहरी कार्यालय बाजुरा रमाना गरेर पठाएको समेत उल्लेख थियो । नाथलाई कुनै मर्का परेको भए गुनासो सुन्ने अधिकारी कहाँ आउनुपर्नेमा हालसम्म नआएको समेत विज्ञप्तिमा उल्लेख थियो ।
पक्राउ परेका पत्रकार ऐश्वर्या कुँवर र पुष्कर भट्ट ।
यो विषयमा स्थानीय सञ्चारमाध्यममा समाचार आइरहेका बेला शनिबार जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरको फेसबुक पेजमा दुई जना पत्रकार पक्राउ परेको विवरण पोष्ट भयो ।आफ्नो व्यक्तिगत फेसबुक पेज तथा म्यासेन्जर लगायतमा व्यक्तिगत चरित्र हत्या गरेको भन्ने उजुरीका आधारमा पुष्कर भट्ट र ऐश्वर्या कुँवर पक्राउ परेको डीएसपी डाँगी बताउँछन् । भट्ट माउन्टेन टेलिभिजन र कुँवर स्थानीय आभाषकुञ्ज दैनिकमा काम गर्दै आएका थिए ।
कञ्चनपुरका पत्रकारहरुको दाबीमा, यो विषयमा प्रहरी निरीक्षक शाही स्वयंले जाहेरी दिएकी थिइन् । थप केहीविरुद्ध समेत पक्राउ पूर्जी जारी भएको सूचना पाएको कञ्चनपुरका पत्रकारहरु बताउँछन् ।
डीएसपी डाँगीले पनि भने, ‘थप व्यक्तिविरुद्ध पनि पक्राउ पूर्जी जारी छ, उनीहरुको खोजी भइरहेकाले नाम सार्वजनिक गर्न मिल्दैन ।’यसैबीच, नेपाल पत्रकार महासंघले विज्ञप्ति जारी गरेर पत्रकार पक्राउ परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । 
‘पत्रकार महासंघले विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ को प्रयोग गलत ढंगले भइरहेको भन्दै त्यसको खारेजीको माग गर्दै सम्बन्धित पक्षको ध्यानाकर्षण गराउँदै आइरहेको छ’, महासचिव रोसन पुरीले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ, ‘त्यसको दुरुपयोग गर्दै जुन उद्देश्य र प्रयोजनका लागि कानुन ल्याएको हो, त्यसलाई गलत तरिकाबाट प्रयोग गरी प्रहरीले पत्रकारद्वयलाई पक्राउ गरिएको यो घटनाले महासंघलाई अत्यन्त दुःखी बनाएको छ ।’
पत्रकार महासंघ, कञ्चनपुरले पनि विज्ञप्ति जारी गरेर पत्रकारद्वयको तुरुन्त रिहाइ नभए चरणबद्ध आन्दोलनमा जाने उल्लेख गरेको छ ।प्रहरी प्रवक्ता भन्छन् – कार्यालय प्रमुखबाट छानबिन भइसक्यो नेपाल प्रहरीका प्रवक्ता भीमप्रसाद ढकालले भने प्रहरी निरीक्षक र पूर्वप्रहरी जवानबीच भएको विवादको विषयमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका कार्यालय प्रमुखबाट छानबिन भइसकेको विषय भएको दाबी गरे ।‘यस्तो विषयमा कार्यालय प्रमुखबाटै छानबिन भएको हुन्छ, त्यस्तो विषय आएको छैन’, उनले भने, ‘पत्रकार पक्राउ परेको विषयमा चाहिँ जवानको विषयमा जुन कुरा उठ्यो, त्यही विषय बढ्दै आएर त्यहीसँग सम्बन्धित विषयमा जाहेरी भएको भन्ने रिपोर्टिङ भएको छ ।’
सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डीआईजी रवीन्द्र केसीले भने पत्रकार पक्राउ परेको विषय र जवानलाई यातना भएको भन्ने विषय फरकफरक भएको दाबी गरे ।‘सबै अलगअलग घटना हुन्, हाम्रो आन्तरिक संयन्त्रबाट अलगअलग छानबिन निरन्तर हुन्छ’, उनले भने, ‘त्यही अनुसार, रिपोर्टिङ भएको छ ।’


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप

प्रतिक्रिया