News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    मुख्य समाचार राष्ट्रिय समाचार

    पाँच वर्ष आफूहरुले देशको नेतृत्व गर्न पाए परिवर्तन गरेर देखाइदिने: विप्लव

    काठमाडौं। नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले सबै नेताहरु श्रम संस्कारबाट च्यूत भएका टिप्पणी गरेका छन् । आज (शनिबार) बुटवलमा आयोजित अन्तर्क्रियामा उनले माओवादीसहित सबैजसो दलका नेताहरु श्रम संस्कृतिबाट च्यूत भएका टिप्पणी गरेका हुन् । युवाले विदेशमा पुगेर गर्ने मेहनत देशमै गरे नेपालको विकास सम्भव रहेको उनको भनाइ छ ।

    महासचिव चन्दले फरक प्रसंगमा पाँच वर्ष आफूहरुले देशको नेतृत्व गर्न पाए परिवर्तन गरेर देखाइदिने बताए । उनले आफूहरु संविधान संशोधन, जनमत संग्रह वा निर्वाचन जुनसुकै विधिबाट पनि सरकारको नेतृत्व लिन तयार रहेको बताए ।

    किसान र मजदुर वर्गको प्रतिनिधित्व सुनिश्चित गर्न आफूहरु निरन्तर लागिरहेको उनले बताए । महासचिव चन्दले एक पटक सरकारको नेतृत्वमा पुग्ने र गोरुझैं जोतिएर ५ वर्ष काम गरी देशमा परिवर्तन गर्ने हुटहुटी रहेको बताए ।

    प्रतिक्रिया

    ट्रेन्डिङ