
१शंकरपोखरीमा ५० हजार राशीको भलिवल प्रतियोगिता हुँदै
२प्रदेश अस्पताल पर्वतको वार्षिक समीक्षा सम्पन्न, सेवा प्रवाह सुधारलाई प्राथमिकता
३जलजलाका बाढी पहिरो प्रभावित ५६ परिवारलाई राहत सामग्री वितरण
४ऐतिहासिक कथामा आधारित चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न
५आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
६असोज २५ को बूढीगण्डकी बाढीमा फसेको कुकुर भोकै, उद्धारका लागि स्थानीयको अपिल
७मोदी गाउँपालिकामा मंगलबारदेखि राज्य सुविधा परिचय पत्र वितरण सुरु
८ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने
९घाँस काट्दा देब्रे हात नै गुमाउनुपरेपछि सहयोगको अनुरोध
११पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
१२कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
१पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
२पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
३बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
४कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
६पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
७ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने
८आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
९घाँस काट्दा देब्रे हात नै गुमाउनुपरेपछि सहयोगको अनुरोध
१०मोदी गाउँपालिकामा मंगलबारदेखि राज्य सुविधा परिचय पत्र वितरण सुरु
११असोज २५ को बूढीगण्डकी बाढीमा फसेको कुकुर भोकै, उद्धारका लागि स्थानीयको अपिल
१२जलजलाका बाढी पहिरो प्रभावित ५६ परिवारलाई राहत सामग्री वितरण
काठमाडौं। नागरिक अभियन्ता डा.सुन्दरमणि दीक्षितले कानूनमा मृत्युदण्डको व्यवस्था अनिवार्य हुँदै गएको बताएका छन् । आज (शनिबार) रिपोर्टर्स क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित विशेष अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले भ्रष्टाचार नियन्त्रण गर्न मृत्युदण्डको व्यवस्था गर्नुपर्ने र त्यसले गर्दा भ्रष्टाचार गर्न व्यक्ति डराउने बताए । 
सरकारले देश र जनताको पक्षमा भन्दा पनि आफ्नो लागिमात्रै काम गरिरहेको उनको दाबी छ । डा. दीक्षितले भुटानी शरणार्थी प्रकरणमा पनि निश्पक्ष छानविन नभएको भन्दै आक्रोश पोखे । अहिलेको सरकारले एउटा फाइल खोल्ने र त्यसलाई केही समयपछि अर्को फाइल खोलेर ओभरल्यापिङ गरिरहेको बताए । सरकारले सुरू गरेको भ्रष्टाचारविरोधी काम अहिलेसम्म कुनैपनि निश्कर्षमा नपुगेको उनको दाबी छ ।
संसदीय व्यवस्थामा पैसा, गुण्डागर्दीको भरमा चुनाव जित्ने प्रवृत्ति रहेको उनको भनाइ छ । संसदीय व्यवस्थानै गलत भएको उनको दाबी छ । नेपालको परिवेशमा संसदीय व्यवस्था नसुहाउने उनको दाबी छ । लोकतन्त्रमा अहिले ‘म’ तन्त्रको हाबी भइरहेको उनको दाबी छ । भ्रष्टाचार अन्त्य गर्नका लागि संसदीय व्यवस्थाको अन्त्य र मृत्युदण्डको व्यवस्था गरिएको कानुन ल्याउनुपर्ने उनले बताए ।
गगन थापाजस्तो नेताले समेत भ्रष्टाचारविरुद्धको अभियानमा केही गर्न नसकेको उनको दाबी छ । उनले गगनले संसद्मा र पार्टीका विभिन्न फोरमहरुमा भ्रष्टाचारविरुद्धमा बोलिरहेको भएपनि उनीभन्दा माथिल्ला नेताहरु भ्रष्ट भएका कारण उनको भ्रष्टाचारविरोधी आवाज सम्बोधन नभएको उनले बताए ।कम्युनिष्ट पार्टीहरुले डेमोक्रेशी स्वीकार नगरेको उनको भनाई छ । देशमा डेमोक्रेशी स्वीकार गरेको नेपाली कांग्रेस अहिले भाइ माओवादी बन्दा डेमोक्रेशीमा खतरा बढेको उनले बताए ।
‘यो डेमोक्रेशीमा बञ्चरो हान्ने पार्टी भनेको आजको दिनमा कांग्रेसनै हो । कांग्रेसले नै डेमोक्रेशी बचाउन पर्दथ्यो । आज त्यो कांग्रेस भाइ माओवादी भएर गयो, देउवाले डोहोर्याएर लगिरहेका छन् । कांग्रेस डेमोक्रेशीको खम्बा हुनुपथ्र्यो तर भाइ माओवादी भइरहेको छ,’– उनले भने ।
जनताले दिएको मतका आधारमा कांग्रेसले शासन गर्न पाउनुपर्नेमा अहिले माओवादीले नेतृत्व लिइरहेको भन्दै उनले त्यसलाई पनि भ्रष्टाचारको रुपमा लिनुपर्ने बताए । जनताको मतको कदर नहुनुपनि भ्रष्टाचारको रूपमा लिनुपर्ने डा. दीक्षितको भनाइ छ ।
आफूहरुले भ्रष्टाचारको विरोध गर्दा प्रतिगामीको आरोप सहनु परेको उनले बताए । अहिलेका दलहरुकै कारण अहिले राजातिर लहर सुरू भएको उनले बताए ।


१पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
२पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
३बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
४कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा

प्रतिक्रिया