
१अमर टिका स्मृति दिवसमा पञ्च दिवसीय कार्यक्रम
२EPS-TOPIK 2026 का लागि आवेदन खुला, ७ हजार २०० उम्मेदवार छनोट गरिने
३जन्मदिनलाई समाजसेवामा रूपान्तरण , राहले प्रहरी चौकीलाई प्रिन्टरसहित फोटोकपी मेसिन सहयोग
४भु– तथा जलाधार व्यवस्थापन कार्यालयका योजनाहरुको अनुगमन, ९० प्रतिशत प्रगति
५पर्वतमा ट्याक्टर दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु
६नयाँ नेतृत्वसँगै गुप्तेश्वर गुफाको संरक्षण र प्रवर्द्धनमा तीव्रता
७महाशिला–५ काे वडा कार्यालयकाे निर्णय : जिल्ला प्रशासन कार्यालयबाटै प्रशासनिक सेवा दिनुपर्ने
८मोदी गाउँपालिकाले असार ३२ गते सार्वजनिक सुनुवाइ गर्दै
९शुक्ला साहित्य प्रतिष्ठानमा भानु जयन्ति
१०चालु बर्षमा बिहादीको कुल खर्च ८० प्रतिशत
११मोदी गाउँपालिकाले कोटकालिका बाजा समूहलाई परम्परागत बाजा हस्तान्तरण
१२संसद्मा गृहमन्त्रीको प्रष्टीकरण – गणेशलाई बचाउन अथक प्रयास गरेकै हो, ढाँट्न आउँदैन
१कुश्मा–२ खुर्कोटमा वडा सदस्य क्षेत्रबहादुर क्षेत्रीको पहलमा १.३ किलोमिटर ग्रामीण सडक निर्माण सम्पन्न
२प्रदेश अस्पताल कुश्मामा EWARS अभिमुखीकरण कार्यक्रम सम्पन्न
३मोदी गाउँपालिकाे पार्वती मन्दिर–मोदीघाट गोरेटो बाटो निर्माण अन्तिम चरणमा
४पर्वतका सातै स्थानीय तहको बजेट सार्वजनिक, विकास र रोजगारी मुख्य प्राथमिकतामा
५महाशिला गाउँपालिकाको ४६ करोड ४७ लाख रुपैयाँको बजेट, शिक्षा, कृषि र पूर्वाधारलाई प्राथमिकता
६सार्वजनिक बिदाको दिन पनि खुल्ने भयो मोदी गाउँपालिकाको कार्यालय
७जलजलाले ल्यायो ५३ करोडको बजेट, रोजगारी र पूर्वाधारमा जोड
८५२ वटा स्मार्ट बोर्ड हस्तान्तरण : मोदी गाउँपालिकाको शिक्षामा प्रविधिमैत्री फड्को
९विहादी गाउँपालिकाले ल्यायो ४६ करोड ४५ लाखको बजेट, कृषि र स्वास्थ्य मुख्य प्राथमिकतामा
१०गण्डकी प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिता : तनहुँ प्रथम, आयोजक पर्वत तेस्रो
११मोदी गाउँपालिकाले असार ३२ गते सार्वजनिक सुनुवाइ गर्दै
१२चालु बर्षमा बिहादीको कुल खर्च ८० प्रतिशत
पोखरा । स्थापनाको छोटो समयमानै गण्डकी विश्वविद्यालयले विश्वका विभिन्न प्राज्ञिक संस्थासँग सम्बन्ध विस्तार गरेको छ । विश्वविद्यालयले विश्वव्यापी साझेदारीलाई बढावा दिन विश्वभरका २८ प्रतिष्ठित विश्वविद्यालय र संस्थासँग समझदारीपत्रमा हस्ताक्षर गरेको छ । विभिन्न १२ देशका सम्मानित संस्थाहरूसँग सहकार्य गरी विभिन्न परियोजनाहरू र शैक्षिक कार्यक्रमहरूको विकास गर्ने प्रतिबद्धता विश्वविद्यालयले गरेको विश्वविद्यालयका रजिष्ट्रार डा.कैलाश तिमिल्सिनाले जानकारी दिनुभयो ।
विश्वविद्यालयले छोटो अवधिमा दक्षिण एसियामा अध्ययन, अनुसन्धान, आविष्कार र नयाँ प्रविधिको विकासमा उत्कृष्टताको केन्द्र बन्ने लक्ष्यका साथ काम गरिरहेको र सोही अनुसारको प्रगति समेत गरेको डा. तिमिल्सीनाले बताउनुभयो । उहाँका अनुसार विश्वविद्यालयले अमेरिकाका क्यालिफोर्निया स्टेट युनिभर्सिटी, युनिभर्सिटी अफ सेन्ट्रल मिसौरी र विलियम एण्ड मेरी तथा बेलायतको रोयल होलोवे, युनिभर्सिटी अफ लन्डनका साथै कोरियाको इन्हा विश्वविद्यालय र येउङ्नाम विश्वविद्यालय जस्ता विश्वप्रख्यात विश्वविद्यालयहरूसँग साझेदारी गरेसकेको छ। यसकासाथै टर्कीको ओन्डोकुज मेइस विश्वविद्यालय, फिलिपिन्सको सेन्ट्रल लुजोन स्टेट युनिभर्सिटी, थाइल्याण्डको माथेरथ विश्वविद्यालय र भारतकोको दीन दयाल उपाध्याय गोरखपुर विश्वविद्यालय सम्झौतामा समावेश छन्।
गण्डकी विश्वविद्यालयका अन्तर्राष्ट्रिय सम्बन्ध तथा विकास मामिला प्रमुख रवि भण्डारीका अनुसार गण्डकी विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्षेत्रमा सहकार्य थप फराकिलो हुदै गएको छ । अनुसन्धान, पाठ्यक्रम विकास, विद्यार्थी आदानप्रदान कार्यक्रमहरू र क्रेडिट ट्रान्सफर जस्ता विषय सम्झौतामा संलग्न छन्। उदाहरणका लागि, गण्डकी विश्वविद्यालय, बिआईटी कार्यक्रमको पाठ्यक्रम र युनिभर्सिटी अफ सेन्ट्रल मिसौरीको क्ष्त् कार्यक्रमका पाठ्यक्रमहरू एक अर्कासँग समायोजन गरि क्रेडिट ट्रान्सफर गर्न सकिने सम्झौता गरीएको छ। अमेरिकी विश्वविद्यालयहरूसँगको सम्झौताले गण्डकी विश्वविद्यालयबाट उत्तिर्ण हुने विद्यार्थीका लागि छात्रवृत्तिको र इन(स्टेट ट्युसन फीको अवसर प्रदान गरेको छ ।
गण्डकी विश्वविद्यालयका प्राध्यापकहरूले जापान, कोरिया, थाइल्याण्ड र दुबई जस्ता देशहरूमा पूर्ण प्रायोजनमा भ्रमण अवसर प्राप्त गरेका छन्। रोस्किल्ड विश्वविद्यालय, डेनमार्कको नेतृत्वमा र डेनिस स्वतन्त्र अनुसन्धान परिषद्को सहयोगको गोग्रीन अनुसन्धान परियोजनामा गण्डकी विश्वविद्यालयले प्रतिनिधित्व जनाउदै आइरहेको छ । यसका साथै गोग्रीन अनुसन्धान परियोजना, विश्वभरका २८ देशका अनुसन्धान साझेदारहरूसंगै गरिने परियोजना हो। विश्वविद्यालयले विलियम र मेरीसँग सिमसार संरक्षण र सामुदायिक सशक्तिकरण तथा हिप्सुंग विश्वविद्यालयसँग क्ष्त् व्यावसायिक शिक्षा र यूनिभर्सिटी ऑफ इस्टर्न फिनल्याण्डसँग प्राकृतिक रेशामा आधारित हस्तकला क्षेत्रको विकासका लागि प्रभावकारी परियोजना साझेदारी गर्ने बताइएको छ।
गण्डकी विश्वविद्यालयले पठनपाठनमा मात्र नभइ, अनुसन्धान र परियोजनाहरूमार्फत विश्वव्यापी चुनौतीहरूलाई सम्बोधन गर्ने प्रतिबद्भता समेत गरेको छ। विश्वविद्यालयको महत्वपूर्ण अन्तर्राष्ट्रिय शैक्षिक र अनुसन्धान केन्द्रको द्रुत विकासले यसको उत्कृष्टता र नवप्रवर्तनको दृष्टिकोणलाई सार्थक बनाउने रजिष्टार तिमिल्सीनाको भनाई छ। विश्वविद्यालय विश्वव्यापी सहकार्यको माध्यमबाट अन्तराष्ट्रिय शैक्षिक केन्द्रको रुपमा स्थापित हुन सफल भएको छ।


१कुश्मा–२ खुर्कोटमा वडा सदस्य क्षेत्रबहादुर क्षेत्रीको पहलमा १.३ किलोमिटर ग्रामीण सडक निर्माण सम्पन्न
२प्रदेश अस्पताल कुश्मामा EWARS अभिमुखीकरण कार्यक्रम सम्पन्न
३मोदी गाउँपालिकाे पार्वती मन्दिर–मोदीघाट गोरेटो बाटो निर्माण अन्तिम चरणमा
४पर्वतका सातै स्थानीय तहको बजेट सार्वजनिक, विकास र रोजगारी मुख्य प्राथमिकतामा
५महाशिला गाउँपालिकाको ४६ करोड ४७ लाख रुपैयाँको बजेट, शिक्षा, कृषि र पूर्वाधारलाई प्राथमिकता

प्रतिक्रिया