
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
६दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
७फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
८दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
९कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१०नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
११पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
काठमाडौं। नेकपा (माओवादी केन्द्र) का उपमहासचिव एवं पूर्वअर्थमन्त्री जनार्दन शर्मा (प्रभाकर) ले रुकुम पश्चिमका भूकम्पपीडितलाई पालको समेत अभाव रहेको बताएका छन् ।‘रुकुम पश्चिममा १५ हजार घर क्षति भएको छ । माटोले जोडेका घरको छत छ तर भित्र बस्ने अवस्था छैन । भित्ताहरु आधाआधी चिरा परेका घरमा हामी जनतालाई राख्न सक्दैनौं । आठबिसकोट नगरपालिकामा ७ हजार ४ सय घरलाई पाल दिनुपर्नेमा ३ हजार १ सय पाल मात्र प्राप्त भ्एको छ । एक घरलाई एक पाल समेत दिन सकेका छैनौं । त्यो पनि सबैलाई दिन सकेको छैनौं । तर एउटा पालले सिंगो परिवारलाई पुग्दैन, कम्तीमा पाँचवटा पाल चाहिन्छ,’ नेपाली रेडियो नेटवर्कको कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले भने ।
पूर्वमन्त्री शर्माले पाल वितरण स्थानीय सरकारमार्फत वितरण भएको पनि बताए । उनले भने, ‘पहिलो अभाव पाल, मेट्रेस र कम्बलको हो । पाल वितरणमा तीन दिन ढिला भएको साँचो कुरा हो । काठमाडौंबाट हिँडेको पाल तीन दिनमा मात्र आइपुग्यो । जति पाल आएका छन्, ती अपर्याप्त छन् ।’ खाद्यान्न, पाल र न्यानो कपडाका निम्ति बालबालिका, वृद्धवृद्धा, सुत्केरी र मृतकका परिवारलाई प्राथमिकता दिएको पनि उनले बताए ।
पहिलो चरणमा पाल वितरण भएपछि दोस्रो चरणमा जस्तापाताको अस्थायी आवास निर्माण गर्ने तयारी भएको पनि बताए । उनले थपे, ‘पहिलो कुरा सरकार पनि पाल पर्याप्त छ भन्ने भ्रमबाट मुक्त भए हुन्छ । आएका टेन्ट हामीले स्वास्थ्य चौकी र स्कुलका निम्ति प्रयोग गरेका छौं । पाल र कम्बलले नै सताइरहेको छ । जति पाल आएको छ, त्यति पर्याप्त छैन । पहिले हामीले दुइटा पालिकाको मात्र कुरा गरेका थियौं, मुसिकोट, त्रिवेणी लगायतका पालिकामा पनि हजार घर क्षति भएको रिपोर्ट आएको छ ।’ भूकम्पीडितलाई काउन्सिलिङको समेत आवश्यकता रहेको शर्माले औंल्याए ।
आफूले माओवादी नेताहरुले कार्यकर्तालाई मात्र त्रिपाल बाँडेको वा जाजरकोटको राहत कब्जा गरेको भनी भ्रम फैलाइएको आरोप पनि उनले लगाए । शर्माले भने, ‘रुकुम पश्चिममा पार्टी छैन यति बेला । कार्यकर्ता पनि छैन । जो छन् जनप्रतिनिधि छन् । सबै दलहरुको एउटै संयन्त्र छ । भूकम्पीडित छन् । कसैले आफ्ना कार्यकर्ता वा आसेपासेलाई मात्र राहत बाँडेको भन्ने मलाई जानकारी छैन । मैले जम्मा दुई ट्रक राहत रिसिभ गरेको हुँ । त्यसमा भ्रम फैलाएका हुन सक्छन् । यो निर्वाचन होइन, जनतालाई सेवा दिने बेला हो । राहत वितरणमा कतै पनि राजनीतिकरण भएको छैन । राहतको अभाव भएकाले सबैले नपाएको यथार्थ बुझ्नुपर्छ ।’
आफूले भूकम्प आउनासाथ साथीहरुसँग हारगुहार गरेर १० हजार त्रिपाल ल्याएको शर्माले स्पष्ट पारे । उनले थपे, ‘म सरकारमा छैन । साथीभाइलाई गुहारेर मैले ल्याएका १० हजार त्रिपालमध्ये ५ हजार जाजरकोट पठाएको हुँ । केही सल्यानमा पनि पठाएको छु । जिल्ला प्रशासनमा रेकर्ड हेरे हुन्छ । साथै उनले आफू जाजरकोट नगएको भन्ने कुराको पनि खण्डन गरे । उनले भने, म पहिलो दिन नै जाजरकोटको थाप्ले र नलसिंह गाड पुगेको थिएँ । त्यसपछि पनि एक पटक गएँ । त्यसपछि जान पाएको छैन । ऊर्जामन्त्री शक्तिबहादुर बस्नेतजी नै त्यहाँ खटिएकाले म नगएको हुँ । म हेलिकप्टरमा जाने गरिरहेको छैन । जहाँसम्म पालको कुरा हो, त्यो जाजरकोटमा पनि अभाव छ । रुकुम पश्चिममा पनि छ ।’
आफूले नेताहरुलाई आफू आउनुभन्दा पनि राहत पठाउन नभनेको पनि शर्माले बताए । उनले भने, ‘यहाँको आवश्यकता राहत सामग्रीको हो । राहत पठाउनोस्, हेलिकप्टर नचढौं भनेको छु ।’


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा

प्रतिक्रिया