
१आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
२असोज २५ को बूढीगण्डकी बाढीमा फसेको कुकुर भोकै, उद्धारका लागि स्थानीयको अपिल
३मोदी गाउँपालिकामा मंगलबारदेखि राज्य सुविधा परिचय पत्र वितरण सुरु
४ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने
५घाँस काट्दा देब्रे हात नै गुमाउनुपरेपछि सहयोगको अनुरोध
७पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
८कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
९बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
१०पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
११पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
१२कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
१कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
२बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
३मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
४पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
५पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
६पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
७बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
८कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
१०पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
११ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने
१२घाँस काट्दा देब्रे हात नै गुमाउनुपरेपछि सहयोगको अनुरोध
काठमाडौं। नेकपा (माओवादी केन्द्र) का उपमहासचिव एवं पूर्वअर्थमन्त्री जनार्दन शर्मा (प्रभाकर) ले रुकुम पश्चिमका भूकम्पपीडितलाई पालको समेत अभाव रहेको बताएका छन् ।‘रुकुम पश्चिममा १५ हजार घर क्षति भएको छ । माटोले जोडेका घरको छत छ तर भित्र बस्ने अवस्था छैन । भित्ताहरु आधाआधी चिरा परेका घरमा हामी जनतालाई राख्न सक्दैनौं । आठबिसकोट नगरपालिकामा ७ हजार ४ सय घरलाई पाल दिनुपर्नेमा ३ हजार १ सय पाल मात्र प्राप्त भ्एको छ । एक घरलाई एक पाल समेत दिन सकेका छैनौं । त्यो पनि सबैलाई दिन सकेको छैनौं । तर एउटा पालले सिंगो परिवारलाई पुग्दैन, कम्तीमा पाँचवटा पाल चाहिन्छ,’ नेपाली रेडियो नेटवर्कको कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले भने ।
पूर्वमन्त्री शर्माले पाल वितरण स्थानीय सरकारमार्फत वितरण भएको पनि बताए । उनले भने, ‘पहिलो अभाव पाल, मेट्रेस र कम्बलको हो । पाल वितरणमा तीन दिन ढिला भएको साँचो कुरा हो । काठमाडौंबाट हिँडेको पाल तीन दिनमा मात्र आइपुग्यो । जति पाल आएका छन्, ती अपर्याप्त छन् ।’ खाद्यान्न, पाल र न्यानो कपडाका निम्ति बालबालिका, वृद्धवृद्धा, सुत्केरी र मृतकका परिवारलाई प्राथमिकता दिएको पनि उनले बताए ।
पहिलो चरणमा पाल वितरण भएपछि दोस्रो चरणमा जस्तापाताको अस्थायी आवास निर्माण गर्ने तयारी भएको पनि बताए । उनले थपे, ‘पहिलो कुरा सरकार पनि पाल पर्याप्त छ भन्ने भ्रमबाट मुक्त भए हुन्छ । आएका टेन्ट हामीले स्वास्थ्य चौकी र स्कुलका निम्ति प्रयोग गरेका छौं । पाल र कम्बलले नै सताइरहेको छ । जति पाल आएको छ, त्यति पर्याप्त छैन । पहिले हामीले दुइटा पालिकाको मात्र कुरा गरेका थियौं, मुसिकोट, त्रिवेणी लगायतका पालिकामा पनि हजार घर क्षति भएको रिपोर्ट आएको छ ।’ भूकम्पीडितलाई काउन्सिलिङको समेत आवश्यकता रहेको शर्माले औंल्याए ।
आफूले माओवादी नेताहरुले कार्यकर्तालाई मात्र त्रिपाल बाँडेको वा जाजरकोटको राहत कब्जा गरेको भनी भ्रम फैलाइएको आरोप पनि उनले लगाए । शर्माले भने, ‘रुकुम पश्चिममा पार्टी छैन यति बेला । कार्यकर्ता पनि छैन । जो छन् जनप्रतिनिधि छन् । सबै दलहरुको एउटै संयन्त्र छ । भूकम्पीडित छन् । कसैले आफ्ना कार्यकर्ता वा आसेपासेलाई मात्र राहत बाँडेको भन्ने मलाई जानकारी छैन । मैले जम्मा दुई ट्रक राहत रिसिभ गरेको हुँ । त्यसमा भ्रम फैलाएका हुन सक्छन् । यो निर्वाचन होइन, जनतालाई सेवा दिने बेला हो । राहत वितरणमा कतै पनि राजनीतिकरण भएको छैन । राहतको अभाव भएकाले सबैले नपाएको यथार्थ बुझ्नुपर्छ ।’
आफूले भूकम्प आउनासाथ साथीहरुसँग हारगुहार गरेर १० हजार त्रिपाल ल्याएको शर्माले स्पष्ट पारे । उनले थपे, ‘म सरकारमा छैन । साथीभाइलाई गुहारेर मैले ल्याएका १० हजार त्रिपालमध्ये ५ हजार जाजरकोट पठाएको हुँ । केही सल्यानमा पनि पठाएको छु । जिल्ला प्रशासनमा रेकर्ड हेरे हुन्छ । साथै उनले आफू जाजरकोट नगएको भन्ने कुराको पनि खण्डन गरे । उनले भने, म पहिलो दिन नै जाजरकोटको थाप्ले र नलसिंह गाड पुगेको थिएँ । त्यसपछि पनि एक पटक गएँ । त्यसपछि जान पाएको छैन । ऊर्जामन्त्री शक्तिबहादुर बस्नेतजी नै त्यहाँ खटिएकाले म नगएको हुँ । म हेलिकप्टरमा जाने गरिरहेको छैन । जहाँसम्म पालको कुरा हो, त्यो जाजरकोटमा पनि अभाव छ । रुकुम पश्चिममा पनि छ ।’
आफूले नेताहरुलाई आफू आउनुभन्दा पनि राहत पठाउन नभनेको पनि शर्माले बताए । उनले भने, ‘यहाँको आवश्यकता राहत सामग्रीको हो । राहत पठाउनोस्, हेलिकप्टर नचढौं भनेको छु ।’


१कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
२बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
३मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
४पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
५पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत

प्रतिक्रिया