
२पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
३कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
४बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
५पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
६पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
७कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
८मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
९बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
१०पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
११पर्वतका सरकारी कार्यालयको वार्षिक समीक्षा सम्पन्न
१२पर्वतको आर्थरमा एक लाख राशिको वडा स्तरीय भलिबल प्रतियोगिता हुने
१कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
२बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
३मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
४पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
५पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
६पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
७बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
८कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
१०पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
पर्बत । प्रदेश खेलकुद परिषद गण्डकीले बिभिन्न खेल आयोजना गर्नको लागी बजेट बिनियोजन गरेको छ । तेक्वान्दो प्रदेश स्तरीय खेलकुद प्रतियोगिता संचालन गर्नपनि बजेट विनियोजन गरेको छ । राष्ट्रिय खेलकुद परिषदले नेपाल तेक्वान्दो संघ र राष्ट्रिय तेक्वान्दो संघलाई खारेज गरी तेक्वान्दो महासंघ गठन गरेको थियो । उक्त खारेजीको बिरुद्द नेपाल तेक्वान्दो संघले उच्च अदालतमा निवेदन रिट हालेकोमा अदालतबाट खेल संघहरु खारेज नगरी यथा स्थानमा राख्न फैसला भएकोले पुन दुबै संघ सकृय भएको देखिन्छ । प्रदेश खेलकुद परिषद बागमतीबाट सो फैसला पश्चात दुबै संघलाई समावेश गरी प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिता सम्पन्न भई सकेको छ । प्रदेश खेलकुद परिषद गण्डकीले दुवै तेक्वान्दो संघहरुलाई समन्वय नगराई मिति २०८०/०२/०४ गते नेपाल तेक्वान्दो संघसंग प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिता संचालन गर्न सम्झौता गरीसकेको जानकारी पाए पछी अर्को संघ राष्ट्रिय तेक्वान्दो संघ-नेपालले हामीलाई समान हैसियतमा उक्त तेक्वान्दो प्रतियोगितामा समावेश गरिदिनुहुन भनी मिति २०८०/०२/१८ मा निवेदन पेश गरेको थियो ।

उक्त पत्रलाई मध्यनजर गर्दै प्रदेश खेलकुद परिषद गण्डकी प्रदेशले मिति २०८०/०२/२८ गते च.नं. २८१ को पत्रबाट बोधार्थमा प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिता संचालन गर्नको जिल्ला छनौटको लागी जिल्ला खेलकुद विकास समितिको अध्यक्षको संयोजकत्वमा १/१ जना नेपाल तेक्वान्दो संघ र राष्ट्रिय तेक्वान्दो संघको प्रतिनिधित्व रहने गरी ३ (तीन) सदस्यीय छनौट समितिबाट सबै खेलाडीहरुलाई समावेश गरी टिम (खेलाडी) छनौट गर्न निर्देशन दिएको साथै प्रतियोगिता संचालनको क्रममा रेफ्री/स्वयंसेवक/अफिसियल समेतमा दुवै संघको बिचमा समन्वय गरी ब्यवस्थापन र सम्बन्धित जिल्ला खेलकुद विकास समितिको सिफारिसमा प्रतियोगितामा टिम/खेलाडी सहभागी गराउनुहुन भनिएको छ । उक्त खेलकुद परिषदको पत्रमा कहिले सम्म छनौट गर्ने हो ? कुन तौल समुह ? कुन उमेर समुह ? कुन बेल्ट समुह ? खेलाडीहरु समावेश गर्ने हो ? गण्डकी प्रदेश स्तरीय खेलकुद प्रतीयोगिताको कुन मितिमा आयोजना हुने केही जानकारीनै छैन ।

सम्झौता गरेको संघले कुनैपनी जिल्लाको खेलकुद विकास समिति संग लिखित पत्र सहित समन्वय नगरेको जिल्ला खेलकुद विकास समितिबाट जानकारी पाईएको । उक्त विबाद मिलाउन प्रदेश खेलकुद परिषदले दुबै संघलाई संगै नराखी, छलफल नगराई, परिपत्रमात्र गरेको । हामी र हाम्रो खेलाडीहरुलाई अन्यौलता सिर्जना भएको । आयोजना मिति र भूमिका छलफलबाट नआएको हुँदा एक तर्फको खेलाडी खेल्न पाउने र अर्को तर्फको खेलाडी बन्चित हुने अवस्था सृजना हुन लागेको हुँदा राष्ट्रिय खेलकुद परिषदमा दर्ता भएको दुबै संघको अधिकार समान हुनपर्छ भन्ने माग गरिराखेको छु भनेर राष्ट्रिय तेक्वान्दो संघ-नेपाल, गण्डकी प्रदेश अध्यक्ष खडकबहादुर गुरुङले जानकारी दिनुभएको छ ।


१कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
२बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
३मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
४पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
५पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत

प्रतिक्रिया