
१रबी नेतृत्वमा संगठन र निर्वाचन यात्रा प्रशंसनीय : काँग्रेस सभापति थापा
२सरकारबारे रविले भने– झुक्किएर त्यो बल कहीँ आएछ भने पनि बालेनकै खुट्टामा पास गर्ने जिम्मा मेरो
३जनज्योति भूपू विद्यार्थी मञ्चको नेतृत्वमा कृर्ति वल्लभ त्रिपाठी
४जलजला गाउँपालिकामा कानुनी सचेतना कार्यक्रम सम्पन्न
५फलेवास–७ मा ११ केभी विद्युत लाइन विस्तार विवाद
६रास्वपा महाधिवेशनकाे उद्घाटन रवि र बालेनले गर्ने
७पर्वत ट्राफिकद्वारा ११ महिनामा झन्डै ६३ लाख राजश्व सङ्कलन
८पोखरामा काठमाडौंदेखि आएर चोरी गर्ने गिरोह सक्रिय: ५० तोला सुन चोरी
९विमानस्थलबाट २७ महिला फर्काइयो, प्रहरीले थाल्यो अनुसन्धान
१०मुस्ताङमा नियन्त्रणमा लिइएका बिवाइडी गाडी फुकुवा
११मानसिक स्वास्थ्य र आत्महत्या रोकथामबारे सञ्चारकर्मीलाई अभिमुखीकरण
१२पर्वत सेवा समाज अमेरिकामा नयाँ नेतृत्व
१घाइते पवित्रा जीसीलाई दक्षिण कोरियाबाट आर्थिक सहयोग
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
४सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
५महाशिलाबाट पर्यटन प्रवर्द्धनको सन्देश, पत्रकार महासंघ पर्वतको १४औँ साधारण सभा सम्पन्न
६ऋण लिएर घ्यू खानेगरी बजेट आयो : वर्षमान पुन
७पर्वतको विकास नै पहिलो प्राथमिकता — सांसद सागर भुसाल
८पौडेलले गरे श्रीमतीको स्मृतिमा अक्षयकोष स्थापना
९कुश्मा बहुमुखी क्याम्पसमा अभिभावक भेला तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
१०गणतन्त्र दिवसले राष्ट्रिय मेलमिलाप तथा एकतालाई सुदृढ गरोस्ः प्रदेश प्रमुख भट्ट
११अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार–२०८३ भुपाल गुरुङलाई
१२पर्वतको महाशिला गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा
पर्बत । प्रदेश खेलकुद परिषद गण्डकीले बिभिन्न खेल आयोजना गर्नको लागी बजेट बिनियोजन गरेको छ । तेक्वान्दो प्रदेश स्तरीय खेलकुद प्रतियोगिता संचालन गर्नपनि बजेट विनियोजन गरेको छ । राष्ट्रिय खेलकुद परिषदले नेपाल तेक्वान्दो संघ र राष्ट्रिय तेक्वान्दो संघलाई खारेज गरी तेक्वान्दो महासंघ गठन गरेको थियो । उक्त खारेजीको बिरुद्द नेपाल तेक्वान्दो संघले उच्च अदालतमा निवेदन रिट हालेकोमा अदालतबाट खेल संघहरु खारेज नगरी यथा स्थानमा राख्न फैसला भएकोले पुन दुबै संघ सकृय भएको देखिन्छ । प्रदेश खेलकुद परिषद बागमतीबाट सो फैसला पश्चात दुबै संघलाई समावेश गरी प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिता सम्पन्न भई सकेको छ । प्रदेश खेलकुद परिषद गण्डकीले दुवै तेक्वान्दो संघहरुलाई समन्वय नगराई मिति २०८०/०२/०४ गते नेपाल तेक्वान्दो संघसंग प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिता संचालन गर्न सम्झौता गरीसकेको जानकारी पाए पछी अर्को संघ राष्ट्रिय तेक्वान्दो संघ-नेपालले हामीलाई समान हैसियतमा उक्त तेक्वान्दो प्रतियोगितामा समावेश गरिदिनुहुन भनी मिति २०८०/०२/१८ मा निवेदन पेश गरेको थियो ।

उक्त पत्रलाई मध्यनजर गर्दै प्रदेश खेलकुद परिषद गण्डकी प्रदेशले मिति २०८०/०२/२८ गते च.नं. २८१ को पत्रबाट बोधार्थमा प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिता संचालन गर्नको जिल्ला छनौटको लागी जिल्ला खेलकुद विकास समितिको अध्यक्षको संयोजकत्वमा १/१ जना नेपाल तेक्वान्दो संघ र राष्ट्रिय तेक्वान्दो संघको प्रतिनिधित्व रहने गरी ३ (तीन) सदस्यीय छनौट समितिबाट सबै खेलाडीहरुलाई समावेश गरी टिम (खेलाडी) छनौट गर्न निर्देशन दिएको साथै प्रतियोगिता संचालनको क्रममा रेफ्री/स्वयंसेवक/अफिसियल समेतमा दुवै संघको बिचमा समन्वय गरी ब्यवस्थापन र सम्बन्धित जिल्ला खेलकुद विकास समितिको सिफारिसमा प्रतियोगितामा टिम/खेलाडी सहभागी गराउनुहुन भनिएको छ । उक्त खेलकुद परिषदको पत्रमा कहिले सम्म छनौट गर्ने हो ? कुन तौल समुह ? कुन उमेर समुह ? कुन बेल्ट समुह ? खेलाडीहरु समावेश गर्ने हो ? गण्डकी प्रदेश स्तरीय खेलकुद प्रतीयोगिताको कुन मितिमा आयोजना हुने केही जानकारीनै छैन ।

सम्झौता गरेको संघले कुनैपनी जिल्लाको खेलकुद विकास समिति संग लिखित पत्र सहित समन्वय नगरेको जिल्ला खेलकुद विकास समितिबाट जानकारी पाईएको । उक्त विबाद मिलाउन प्रदेश खेलकुद परिषदले दुबै संघलाई संगै नराखी, छलफल नगराई, परिपत्रमात्र गरेको । हामी र हाम्रो खेलाडीहरुलाई अन्यौलता सिर्जना भएको । आयोजना मिति र भूमिका छलफलबाट नआएको हुँदा एक तर्फको खेलाडी खेल्न पाउने र अर्को तर्फको खेलाडी बन्चित हुने अवस्था सृजना हुन लागेको हुँदा राष्ट्रिय खेलकुद परिषदमा दर्ता भएको दुबै संघको अधिकार समान हुनपर्छ भन्ने माग गरिराखेको छु भनेर राष्ट्रिय तेक्वान्दो संघ-नेपाल, गण्डकी प्रदेश अध्यक्ष खडकबहादुर गुरुङले जानकारी दिनुभएको छ ।


१घाइते पवित्रा जीसीलाई दक्षिण कोरियाबाट आर्थिक सहयोग
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
४सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
५महाशिलाबाट पर्यटन प्रवर्द्धनको सन्देश, पत्रकार महासंघ पर्वतको १४औँ साधारण सभा सम्पन्न

प्रतिक्रिया