
१गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
३पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
६स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
७नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
८दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
९विन्ध्येश्वरी माध्यमिक विद्यालयको अध्यक्षमा अधिकारी चयन
१०जुनी जाला’को १२ लाख भ्युजसँगै ‘पेन्सन पट्टा’को चर्चा चुलिँदै
११दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
४प्रदेश अस्पताल पर्वतबाट गत आर्थिक वर्षमा ८० हजारले लिए स्वास्थ्य सेवा
५फेरि किन भयो ग्यास अभाव ?
६हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
७कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
८पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
९कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
१०विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
११पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
१२फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
धुर्व केसी | Dhurba Kc
जस्तो बीउ छरिन्छ , आखिर उम्रने बोट त्यस्तै हो! । राजनैतिक बृत्त मा नेता अनुसार समाज हुने नभई समाज अनुसार नेता हुन्छन् । जसको तात्पर्य हाम्रो सास्कृतिक आचरण नै राजनीति को उपज हो। हामीले विभिन्न शासकीय स्वरुप लाई नजिक बाट नियाल्यौ। बहुदलीय प्रजातन्त्र हुँदै संघीय गणतान्त्रिक ब्यबस्था सम्म आइपुग्यौ। यहाँ सम्म आइपुग्दा केही शासकीय शब्दले न्याय पाए र लोकतन्त्र को खोल ओडे। यस्ता ब्यबस्था परिवर्तन संगै भएका शब्दको परिवर्तनको कुनै तात्विक भिन्नता भने देखिएको छैन । जुनसुकै शासकीय शब्दको खोल ओढाए पनि नेपाल ले समृद्धि हासिल गर्न हिचकिचाइ रहयो। र आर्थिक बिकासले आसातित फड्को मार्न र बामे सर्न भने खुट्टा कमाइ रहयो।
ब्यबस्था परिवर्तन ले मात्र नहुने, हाम्रो राजनैतिक संस्कार र सभ्यताले पनि कोल्टे फेर्न पर्ने रहेछ। नेपालको एकीकरण संगै सामान्ती ब्यबस्था बाट गुज्रदै आएको नेपाल राणाकाल, पन्चायत काल, र अहिलेको संघिय गणतन्त्रमा पनि हामी रैती मानसिकता बाट माथी उठ्न सकेनौ। हामी मा दास मनोवृत्ति र हनुमान गिरी जबर्जस्त हाबी छ। हामी कसैको मातहतमा शासित हुन खुब मनपराउछौ। तिनै पुराना पार्टी र बारम्बार परिक्षण भएका असफल नेतृत्व प्रतिको आसक्ति यसैको एउटा ज्वलन्त उदाहरण हो।
एउटा नागरिक को रूपमा हामी हस्तक्षेपकारी भुमिका निर्वाह गर्न सकिरहेका छैनौ। सबै नागरिक , नेता र कार्यकर्ता जस्ता भएका छन। राजनीति लाई मुल पेसा मान्ने हरु आफुभन्दा माथिल्लो नेताको खुट्टा मोल्न र चाकडी गर्न मै ब्यस्त देखिन्छन् । भुइँ तलामा रहेका सार्वभौम नागरिक चाहिँ अन्धभक्त समर्थक र कार्यकर्ता रहिरहने अर्थात बाजेको पाला देखि काङ्ग्रेस भएकाहरू काङ्ग्रेस र कम्युनिस्ट भएका हरु कम्युनिस्ट रहिरहने। हामी आज्ञाकारी कार्यकर्ता भएका छौ। हामी उत्पादन मा जोड दिदैनौ अनुत्पादक बहस र छलफलमा समय ब्यतित गर्छौ। अनि आफु सबैभन्दा उत्तम बिस्लेसक बन्छौ। त्यसैको प्रतिफल अहिले हाम्रो राजनीति मा देखिएको छ।
राजनीति संबिधानत : समाजवाद उन्मुख भनिए तापनी ब्यबहारमा ” डनबाद” , र ” धनबाद ” मा परिणत भएको छ । भ्यु टावरे बिकास चलेको छ। उत्पादन , रोजगार र आत्मनिर्भर अर्थतन्त्र त फुस्रा नारा मात्र भएका छन।
बहुदलीय शासन ब्यबस्थाको प्राप्ति पस्चातका नेपाली राजनीतिक घटनाक्रम , विभिन्न समयमा देखिएका उतार चडाव , नेतृत्व ले लिएका निर्णय हेर्दा आज पर्यन्त हाम्रा राजनैतिक दल र तिनका नेतामा राजनीति संस्कार शुन्य प्राय देखिन्छ । जुन नेपाली राजनीतिको सबैभन्दा कमजोर पक्ष रहयो। तथापि 62/63 को जनआन्दोलन पछिको राजनैतिक एकता र भुकम्प बाट शिक्षा लिदै जारी गरिएको संबिधानमा भने राजनैतिक दलको भुमिका स्तुत्री रहेको छ। यश बाहेक कुनै पनि राजनीतिक दल र तिनका नेतामा राजनैतिक संस्कार देखिदैन । यहि पारामा राजनीति अगाडि बढिरहदा अग्रज बाट अनुज ले के सिक्ने??? सहजै अनुमान गर्न सकिन्छ।
गणतन्त्र का लागि युद्द गरेको माओवादी , प्रजातन्त्र को लागि संघर्ष गरेको काङ्ग्रेस , भुमिगत एंव शान्तिपुर्ण आन्दोलन गर्दै आएको एमाले , अघिकारका को लागि लडि आएको मधेसवादी दल र तिनका नेताको बिरासत स्मरण योग्य छ। अहिले त पुर्व राजावादी पनि अटाएका छन। गणतन्त्रका लागि लडेका बैध, र यो ब्यबस्थामा नसमेटिएका बिप्लवको समुहलाइ भने समोचित सम्बोधन हुन बाकी छ। दुई तिहाई नजिक नेकपा मा देखिएको बिग्रह र संसद भंग घटना लाई हेर्दा जनताको आसा पूरा हुने छाटकाट नगन्य छ। ब्यक्तिगत दन्त बझान , आरोप प्रत्यारोप मा अब्बल साबित दलका नेता , कार्यकर्ता , संस्कार बिहिन आदर्श , नैतिकता बिहिन चरित्र र मर्यादा बिहिन राजनीतिमा उनिहरु लागि परेका छन। फलस्वरूप स्वतन्त्र हरुको उदय र जनतामा पार्टी प्रतिको बितृस्णा ह्वात्तै बढेको छ।



१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
४प्रदेश अस्पताल पर्वतबाट गत आर्थिक वर्षमा ८० हजारले लिए स्वास्थ्य सेवा
५फेरि किन भयो ग्यास अभाव ?

प्रतिक्रिया